काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता लिन खोज्ने तीनजना भारतीय नागरिक पक्राउ परेका छन्।
Advertisement
पक्राउ पर्नेमा भारत घर भई हाल काठमाडौं महानगरपालिका–१४ बस्ने वर्ष ५१ को हरियोम गुप्ता भन्ने हरिओम कुमार, वर्ष २० को ऋषि गुप्ता र वर्ष १८ को हर्ष गुप्ता रहेका छन्।
जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिएको प्रहरीले मंगलबार उनीहरुलाई पक्राउ गरेको हो।
हर्ष गुप्ता र ऋषि गुप्ता द्वयले आफ्ना बुबालाई बेपत्ता भएको बनाई वंशजको नाताले नागरिकता ऐन २०६३ अनुसार अंगीकृत नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका थिए।
उनीहरुमाथि नागरिकता ऐन अन्तर्गतको कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।