काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा० नेपालको अध्यक्ष पदमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन्।
Advertisement
मधेस प्रदेशको जनकपुरधामस्थित महेन्द्र नारायण निधि भवनमा जारी महाधिवेशनबाट यादव पुनः अध्यक्ष निर्वाचित भएका हुन् ।
यादव पार्टी स्थापना कालदेखि नै नेतृत्व गर्दै आएका छन् ।
निर्वाचन प्रक्रिया अनुसार जसपा नेपालको नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता भएको थियो। जसमा अध्यक्ष पदका लागि उपेन्द्र यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन्।
अध्यक्षबाहेकका पदमा नेताहरूको उम्मेदवार परे पनि नामावली भने सार्वजनिक भइसकेको छैन। महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय समिति चयन हुनेछ ।