काठमाडौं । कर्णाली नदीमाथिको झोलुंगे पुलमा अड्किएकामध्ये दुईओटा खच्चडको ज्यान गएको छ ।
Advertisement
पुलमा फसेका १३ मध्ये ११ ओटाको सकुशल उद्धार भएको र २ वटालाई भने बचाउन नसकिएको प्रहरीले बताएको छ।
दैलेख प्रहरी नायब उपरिक्षक (डीएसपी) सुनिल दाहालका अनुसार, सबै खच्चडको उद्धार सकिएको छ। फसेकामध्ये १० वटालाई खोलामा खसालिएको थियो। ती मध्ये ८ वटाको सकुशल उद्धार भयो। बाँकी २ वटा नदीमा खस्दा ढुंगामा बजारिएपछि मृत्यु भएको प्रहरीले जनाएको छ।
आइतबार बिहान पुलको लठ्ठा चुँडिएर खच्चडहरू पुलमै फसेका थिए । पुलमा फसेको केही घन्टापछि सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितको टोली पुगेर उद्धार गरेको हो।
दैलेख र अछाम जोड्ने यो पुलका तारजाली कमजोर भएर चुँडिएसँगै चामल बोकेर फर्किएका खच्चडहरू फसेका थिए ।