• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सुमनालक्षित ओलीको अभिव्यक्तिले एमाले र रास्वपाबीच खटपट


  •   बिहिबार, जेठ २४, २०८१ मा प्रकाशित
  • रास्वपाले ओलीको टिप्पणीप्रति प्रतिवाद गर्दा एमालेले उठायो सहकारी

    Advertisement

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठप्रति सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी ओलीले गरेको टिप्पणीले एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच दुरी बढेको छ ।

    रास्वपा नेतृसमेत रहेकी मन्त्री सुमना श्रेष्ठलाई ‘विदेशमा बिहे गरेर नेपाल घुम्न आउँदा मन्त्री भएको’ भन्ने ओलीको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै सो दलले कडा प्रतिवाद गरेको छ ।

    ओलीको अभिव्यक्ति स्त्रीद्वेषी भएको रास्वपाको ठहर छ ।

    यता, गृहमन्त्री एवं रास्वपाका सभापति रवि लाछिाने मुछिएको सहकारी ठगी प्रकरणमा नरम बनेका एमाले अब आक्रामक बन्न थालेको छ । एमालेले संसदीय छानबिन समिति बन्नै नदिने रणनीति लिएको थियो भने बनिहाले पनि रवि लामिछानेको नाम राख्न दिएको थिएन ।

    तर, रास्वपा नेताहरूले ओलीको अभिव्यक्तिको विराध गर्न थालेपछि भने एमालेले ‘सहकारी ठगीमा जो कोही मुछिए पनि नछाड्ने’ अभिव्यक्ति दिन थालेको छ ।

    सुमनाको पश्न : विदेशीसँग सम्बन्ध हुँदैमा देशद्रोही हुन्छ ?
    मन्त्री सुमना श्रेष्ठले आफूलक्षित एमाले अध्यक्ष ओलीको अवाञ्छित टिप्पणीको प्रतिवाद गरेकी छन्। ओलीको नाम नलिईकन शिक्षामन्त्री श्रेष्ठले बुधबार सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै गुनासोसहित आक्रोश पोखेकी हुन्।

    ‘महिलालाई हेर्ने मानसिकता विकराल छ र झनै बढी प्रहार हुने रहेछ। समाजको नियम भनेर के लगाउने, के बोल्ने हरेक कुरामा लक्ष्मणरेखा कोरिदिने र त्यहीभित्र बसोस् भन्ने सोच हुनेरहेछ, यही भएर होला प्रायः हाम्रा बहिनी छोरी विदेशबाट फर्कन खोज्दैनन्’, सुमनाले प्रश्न गरेकी छन्, ‘अनि बिहे भएपछि जन्मेको घरप्रति कुनै जिम्मेवारी हुँदैन ? श्रीमान्‌को पहिचानबाहिर नारीको आफ्नो पहिचान हुँदैन ? के विदेशसँग कुनै सम्बन्ध हुँदैमा मान्छे देशद्रोही भइहाल्छ ?’

    सुमनाको विवाहलाई सम्मान बाहेक केही गर्न सक्नुहुन्न : रवि
    यता, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पनि सुमनालक्षित ओलीको टिप्पणीप्रति आपत्ति जनाएका छन्।

    बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले शिक्षामन्त्री श्रेष्ठको अन्तरदेशीय विवाह लक्षित ओलीको टिप्पणीप्रति पार्टीले गम्भीर रुपमा आपत्ति जनाएको बताए।

    उनले भने, ‘शिक्षामन्त्रीलाई लक्षित गरेर आएको टिप्पणीप्रति पनि हामीले गम्भिर आपत्ति जनाएका छौँ। तपाईले कसलाई माया गर्ने, कोसित बिबाह गर्ने, तपाईको व्यक्तिगत जीवन कस्तो हुने ? भन्नेकुरा तपाईको निर्णय हो, मात्र तपाईको। अरु कसैको निर्णय होइन। तपाईलाई कोसँग माया गर्नुछ, तपाईले कोसँग विवाह गर्नुहुन्छ, त्यो तपाईको व्यक्तिगत निर्णय हो। त्यो निर्णयको सम्मान गर्ने बाहेक अरुले त्यसमा केही पनि गर्न सक्दैन।’

    अन्तरदेशीय विवाह पितृ सत्तालाई मन नपरेको भन्दै कयौँ टिप्पणीहरु आइरहेको बताए।

    ओलीप्रति संसद बैठकमै रास्वपाको आपत्ति
    बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाका सांसद शिशिर खनालले ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाए ।

    संसदमा बोल्दै रास्वपा सांसद खनालले सुमनालाई ‘घुम्दा घुम्दै मन्त्री बनेको’ भनेर ओलीले गरेको टिप्पणी आपत्तिजनक रहेको बताए।

    उनले नेपालकै इतिहासमा विदेशीसँग विवाह गर्ने नेपाली महिलाहरू सम्मानित रहेको स्मरण गरे।

    ‘कुनै एउटा यस्तो युग थियो, जहाँ काठमाडौँकी राजकुमारी तिब्बतका राजासँग बिहे गरिन्। जनकपुरकी राजकुमारी अयोध्याका राजकुमारसँग बिहे गरे र ती दुवै पुज्य भए,’ उनले भने।

    सहकारीमा भएको बद्मासी छानबिन समितिले ल्याउनुपर्छ : एमाले
    यता, एमालेले सहकारीमा भएको बद्मासी छानबिन समितिले बाहिर ल्याउनुपर्नेमा जोड दिएको छ । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले तीन महिनाभित्रै प्रतिवेदन ल्याउनुपर्नेमा आफ्नो पार्टी स्पष्ट रहेको बताएका छन्।

    बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले तीन महिनाभित्रै प्रतिवेदन ल्याउनुपर्ने एमालेको स्पष्ट अडान रहेको बताएका हुन्।

    उनले भने, ‘यो छानबिन समितिले दुई, चारवटा सहकारीको मात्रै होइन, सिंगो देशभरीका सहकारीमा जहाँ जहाँ नागरिकहरुले दुःख पाएका छन्, बचतको अपचलन भएको छ, ठगी भएको छ, बद्मासी भएको छ, सार्वजनिक रुपमा जनताको गुनासो लिने र मसिनो छानबिन गरेर दोषिहरुलाई आवश्यक कारबाहीको प्रक्रियामा सिफारिस गर्ने प्रक्रियामा यो समिति अब्बल हुन्छ। समितिमै बस्ने, समितिकै काम, प्रक्रियालाई अवरोध सिर्जना गर्नका लागि दुषित वक्तव्यबाजी गर्नेहरुबाट हामी सचेत छौँ।’

    छानबिन समितिको पहिलो बैठक

    यसैबीच सहकारीको रकम अपचलनसम्बन्धी छानबिन गर्न गठित संसदीय विशेष समितिको पहिलो बैठक बुधबार बसेको छ।समितिको पहिलो बैठकले समितिको आन्तरिक कार्ययोजना र कार्यविधि बनाउने निर्णय गरेको छ ।

    बैठकले समितिको आन्तरिक कार्ययोजना र कार्यविधि बनाउन सचिवालयलाई जिम्मेवारी दिने निर्णय गरेको समितिका सभापति सूर्यबहादुर थापाले जानकारी दिए ।

    समितिको आन्तरिक कार्ययोजना र कार्यविधि बनेपछि शुक्रबार पुनः बैठक बसेर छलफल गर्ने तय भएको छ ।

    यही जेठ १५ गते प्रतिनिधि सभाको बैठकबाट एमाले सांसद सूर्य थापाको नेतृत्वमा गठित ७ सदस्यीय समितिमा कांग्रेसका सांसदहरू बद्री पाण्डे र ईश्वरी देवी न्यौपाने, सत्तारूढ एमालेबाट सूर्य थापा र सरिता भुसाल, नेकपा (माओवादी केन्द्र) बाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवबहादुर प्रधान सदस्य छन्।

    समितिको कार्यावधि ३ महिना तोकिएको छ।

    उक्त समिति गठनसँगै संसदको गतिरोध अन्त्य भएको थियो। त्यसअघि समिति गठनको माग गर्दै कांग्रेसले लामो समय अवरोध गरेको थियो।

    केही ठूला सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पनि नाम जोडिएका कारण सत्तापक्षले समिति गठन गर्न मानेको थिएन।

    बिहिबार, जेठ २४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.