• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

न्युगिनीमा पुरिएका सयौँ गाउँलेको खोजी, थप पहिरोको जोखिम देखिएपछि उद्धार रोकिने


  •   बुधबार, जेठ २३, २०८१ मा प्रकाशित
  • पपुवा । पपुवा न्युगिनीको पहिरोमा पुरिएका सयौँ गाउँलेको खोजीका लागि खटिएको सेनाले बुधबारदेखि उद्धार कार्य रोकिएको जनाएको छ ।

    Advertisement

    थप पहिरो आउने जोखिमका कारण शव निकाल्ने सबै प्रयास स्थगित गरिएको छ, मेजर जो अकुले एएफपीसँग भन्नुभयो ।

    यो अवस्थामा उद्धारका लागि तत्काल कुनै सम्झौता हुँदैन, उहाँले भन्नुभयो, बाँचेकाहरूको प्रियजनहरूलाई पुनःप्राप्त गर्ने आशामा धक्का लागेको छ ।

    घटनास्थलको रेखदेख गरिरहेका एक प्रमुख सैन्य अधिकारी अकुले पहाडी पहिरोस्थल क्षेत्रलाई ‘सबैका लागि प्रवेश निषेध क्षेत्र’ घोषणा गर्नुभएको छ ।

    यसलाई अर्को सूचना जारी नभएसम्मका लागि समुदाय र अधिकारीको प्रवेश निषेधसहित घेराबन्दी गरिनेछ ।

    पपुवा न्यू गिनीको सरकारले एङ्गा प्रान्तको पहाडी दुर्गम वस्तीलाई विस्थापित गरेको ६०० मिटर लामो पहिरोस्थलमा कम्तीमा दुई हजार व्यक्ति पुरिएको हुन सक्ने अनुमान गरेको छ ।

    अहिले उद्धारको प्रयास बन्द भएकोले विपत्तिको कारण वास्तविक कति जनाको मृत्यु भयो भन्नु अनुमान मात्र हो ।

    “यो चरणमा घटनास्थलमा रहनु र उद्धार कार्य जारी हुनु धेरै खतरनाक छ । यो मैले देखेको सबैभन्दा घातक र ठूलो पहिरो हो,” उहाँले भन्नुभयो ।

    पपुवा न्यू गिनी विश्वको सबैभन्दा बढी विपद् जोखिमयुक्त क्षेत्रमध्ये एक हो र यसको उच्च भूमिमा पहिरो जानुलाई अत्यन्तै सामान्य मानिन्छ ।

    पपुवा न्यु गिनीको पहिरो तथा भौगोलिक विपद् नियन्त्रण विभागको मङ्गलबार एएफपीले प्राप्त गरेको प्रतिवेदनमा ‘निकट भविष्यमा’ उक्त स्थानमा थप पहिरो जाने उच्च सम्भावना रहेको उल्लेख गरिएको छ ।

    प्रतिवेदनमा गाउँलेहरूको स्थानान्तरणमा ‘कुनै सम्झौता हुन नहुने’ तर पुनःस्थापनाको प्रयासले पहिरोस्थलमा अर्को पहिरो निम्त्याउन सक्ने जोखिम रहेको कारण उद्धार कार्य स्थगन गर्नुको विकल्प छैन ।”

    विशेष गरी, हालसालै आइपुगेको हेभी मेशिनरीको प्रयोगले माथि थुप्रिएका ढुङ्गाहरू खस्न सक्ने जोखिमपछि उद्धार कार्यलाई रोकिएको छ ।

    प्रतिवेदनमा भनिएको छ, मेसिनबाट निस्कने गति वा कम्पनले यी ढुङ्गाहरू सर्ने र खस्ने सम्भावना बढेपछि तत्कालका लागि उद्धार कार्य रोमिएको छ ।

    जोखिमका कारण वरपरका समुदायलाई सुरक्षित स्थानमा सारिएको र धेरैले नजिकैको ‘आश्रयस्थलमा’ मा शरण लिएको अकुले बताउनुभयो ।

    उनीहरू बाँच्नका लागि सहयोगी सङ्घसंस्था वा साझेदार मुलुकबाट प्राप्त हुने सहायतामा भर परिरहेका छन् ।

    यद्यपि, घटनास्थलको दुर्गम स्थानको कारण सहायता प्रयासमा गम्भीर रूपमा बाधा पुगेको छ । नजिकैको आदिवासी हिंसा र पहिरोले प्रमुख सडक सम्पर्कहरू विच्छेद गरेको छ ।

    अकुका अनुसार भग्नावशेषमा पुरिएकाहरूको सम्भावित स्मारकबारे समुदाय र स्थानीय अधिकारीहरूसँग छलफल भइरहेको छ ।

    बुधबार, जेठ २३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.