काठमाडौं । सुर्खेतमा जिप दुर्घटना हुँदा चारजनाको ज्यान गएको छ ।
Advertisement
सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको जिप बोलेरो जिप सुर्खेत–दैलेख सडक खण्ड अन्तर्गत वीरेन्द्रनगर–१४ स्थित रातानाङलामा दुर्घटना भएको हो।
६ जना सवार जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनामा परी जिप चालक र एक यात्रु गम्भीर घाइते भएका छन् ।
मृतक कसैको पनि परिचय खुलेको छैन। एउटा शव रुखमा अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
जिप सडकबाट झण्डै तीन सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।