त्याग्नै पर्छ घमण्ड, यो अमुल्य कुनै रसपान हैन
मात्र एकपटक जन्मन्छौं बारबार निस्कने सोपान हैन
Advertisement
खुल्ला आकाशमा स्वतन्त्र उडिरहेछन् चरा
संसार मेरै हो भन्थेउ, कोठामा बन्दी झैँ बिचरा
थोरै भए पनि तिम्रो घैटोमा घाम पार
शौखिनमा बन्दक सुगालाई आजाद पार
मिठो भाषण दिँदै उनैलाइ लुट्ने तिम्रो नियती
बदलिदेउ छन् ज–जस्का खराब कुकृर्ती
किन पाप कटाउन मठमन्दिर धाउनु पर्यो
आफ्नै शरीर भित्रको मन सफा राख्नु पर्यो
कसैलाई लुटी छली न थुपार धन तेत्रो
जब देह त्याग हुन्छ, चाहिन्छ दुई हातको कात्रो
हिजो कसैलाई मान्छे नभन्ने उ आज लुक्न पस्यो दुलो
मर्दा पाउने उपाधी लास नै हो, को सानो को ठुलो ?
वसन्ता कुमारी बिसी भगवती ४, दैलेख

