• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

पर्यटकीय गन्तव्य बन्दै बागलुङको हाँडिकोट टापु


  •   आइतबार, जेठ १३, २०८१ मा प्रकाशित
  • गलकोट (बागलुङ) । जैमिनी नगरपालिका–१० राङखानी, वडा नं ७ जैदी र वडा नं ८ छिस्तीको शिरमा रहेको छ हाँडिकोट टापु ।

    Advertisement

    समुद्री सतहदेखि दुई हजार एक सय ९५ मिटर उचाइमा रहेको हाँडिकोट जैमिनी क्षेत्रकै अग्लो पहाड पनि हो ।

    यहाँबाट जैमिनीसहित अन्य रमणीय स्थलको दृश्यावलोकन गर्न पाइने भएकाले पर्यटक आउने गर्छन् । पूर्वाधार निर्माणसँगै हाँडिकोटको प्रचारप्रसार भएपछि पर्यटकीयस्थलको रुपमा विकास भएको छ । यहाँ आउन सडक र पदमार्ग दुबै सुविधा छ । जैमिनी नगरपालिकाले नगरको पर्यटकीय गन्तव्यको रुपमा जैमिनी धामपछि हाँडीकोट टापुको पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको हो ।

    हाँडिकोटका थुपै्र विशेषता छन् । यहाँबाट देखिने सूर्योदय र सूर्यास्तले पर्यटकलाई मोहित बनाउँछ । पहिला बाख्रावस्तु चराउन, बाँको खोज्न टापुमा जान्थ्यौँ, अहिले पर्यटकीयस्थलका रुपमा स्थानीय सरकारले विकास गरेको छ’, स्थानीय लालबहादुर पुनले भन्नुभयो, ‘रु ५० लाख बढीको पूर्वाधार बनिसक्यो, स्थानीयले समेत ठूलो लगानी गरेका छन् । रु २५ लाख टापुमाथि दृश्यावलोकन स्तम्भ निर्माणमा खर्च भएको छ, टावरले पूर्णता पाएको छैन, यहाँ आउने पर्यटकलाई बस्न सत्तल निर्माण गरेपनि खानेपानी सुविधा छैन ।’

    टापुबाट तल हेर्दा बादलले ढाकेका पहाड देखिने भएपछि यहाँ आउने पर्यटकलाई लोभिन थालेका हुन् । पुनका अनुसार व्याडथला र डाँडाखानीबाट पदमार्गमार्फत हाँडीकोटमा अघिल्लो दिन नै पर्यटक आइपुग्ने गर्छन् ।

    बिहानै सूर्योदय हेर्न उनीहरु अघिल्लो दिन नै यहाँ आइपुग्ने गरेका हुन् । यहाँको बाइसे चौबिसे राजाको दरबार भने अहिले भग्नावशेष मात्र बाँकी छ । समथर भू(भाग, राजदरबारका भग्नावशेष, मन्दिर, कुटी, पोखरी र शिला सूसज्जित हाँडिकोट पुगेर सूर्योदय हेर्ने र तस्बिर खिचाउन बागलुङ बजार, पर्वत, म्याग्दी र पोखराबाट पर्यटक आउने गरेका छन् ।

    हाँडिकोटमा विश्रामस्थल, सत्तल, दृश्यावलोकन स्तम्भ, शिव मन्दिर, कुटी, मञ्च, खेल मैदान, टल्कने शीला संरक्षण लगायतका पर्यटकीय पूर्वाधार निर्माण भइसकेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो । उहाँले गण्डकी प्रदेश सरकारको सहयोगमा हाँडिकोटको पर्यटकीय पूर्वाधार निर्माण गरिएको बताउनुभयो ।

    यस ठाउँको प्रचारप्रसारका लागि हाँडिकोट महोत्सव समेत गरिँदै आएको छ । ‘हाँडिकोटलाई जैमिनीको प्रमुख पर्यटकीय गन्तव्य र जैमिनीधामलाई धार्मिक गन्तव्य बनाउन नगरपालिकाले पूर्वाधारमा लगानी बढाएको छ, यहाँ आउने पदमार्ग र सडकमार्ग राम्रो बनाउने, पर्यटकलाई बस्न मिल्ने सत्तल निर्माण र दृश्यावलोकन स्तम्भमा लगानी गरेका छौँ’ उपप्रमुख शर्माले भन्नुभयो, ‘हाँडिकोटको पूर्वाधार र प्रचारप्रसारका कारण आन्तरिक पर्यटक बढेको छ ।’

    यहाँ विसं २०७७ यता पूर्वाधार निर्माण सुरु गरिएको हो । बाइसे चौबिसे राज्यका पालामा भुरेटाकुरे राजा रजौटाहरुले राज्य गरेको स्थान समेत हो यो । यहाँ तत्कालीन राजारजौटाले प्रयोग गरेका जाँतो, ओखललगायतका सामग्री अहिले पनि छन् । हाँडिकोट पुग्न सदरमुकाम बागलुङ बजारदेखि तीन घण्टा मोटर यात्रा गर्नुपर्छ ।

    आइतबार, जेठ १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      सुनसरी घटनाको सन्दर्भमा

    • २.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ३.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ४.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ५.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ६.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ७.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ८.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.