काठमाडौं । भारतको मुम्बईमा भीषण आँधीका कारण ठूलो होर्डिङ खसेर लाग्दा ८ जनाको मृत्यु भएको छ ।
Advertisement
सोमबार साँझ भएको सो दुर्घटनामा ६० जना घाइते भएका छन्।
प्रहरीका अनुसार घाटकोपर (ई) क्षेत्रको समता कोलोनीमा रहेको रेलवे पेट्रोल पम्प नजिकै राखिएको होर्डिङ सोमबार अपराह्न ४ः३० बजे एक्कासी आएको भीषण हावाहुरीले खसेको हो।
वर्षा र हावाहुरी आएपछि पेट्रोल पम्पमा बसेका मानिसको भीडमा होर्डिङ बोर्ड खसेको थियो।
उद्धारको क्रम राति अबेरसम्म जारी रहेको र केही मानिस अझै फसेको आशंका गरिएको बीबीसीले जनाएको छ।
एनडीआरएफ टोली पनि राहत तथा उद्धारमा खटिएको छ। राति उद्धारमा संलग्न एजेन्सीहरूले घटनास्थलमा अझै २० देखि ३० जना फसेको आशंका गरेका छन्।