पोखरा । कास्कीको पोखरामा नेकपा (मसाल) कास्की र अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) को आयोजनामा मे दिवस र नेकपा (मसाल) को नवौँ महाधिवेशनको घोषणासभा सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि राजमो पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारीले मजदुर आन्दोलनको उपलब्धिका रूपमा मे दिवस मनाउँदै आएको, माक्र्सले संसारका मजदुरको एकतामा संसारलाई जित्ने ताकत रहेको बताउँदै रुसका मजदुरको तागतले सन् १९१७ मा समाजवादी क्रान्ति सम्पन्न भएको बताउनुभयो ।
सम्बोधनको क्रममा उहाँले नेकपा (मसाल) को नवौँ महाधिवेशनको बारेमा पनि मन्तव्य राख्नुभएको थियो ।
त्यस्तै, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका उपाध्यक्ष कुलबहादुर थापाले पनि कार्यक्रममा मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा राजमो गण्डकी प्रदेश अध्यक्ष शङ्कर बराल, नेकपा (मसाल) कास्कीका प्रवक्ता चन्द्रबहादुर केसी, अखिल (छैठौं) का उपाध्यक्ष गणेश अधिकारी, अखिल नेपाल बुद्धिजीवी सङ्घका प्रवीण पौडेल, राजमो नगर अध्यक्ष विष्णु पुरीलगायतको आतिथ्य रहेको थियो ।
राजमो कास्कीका अध्यक्ष रविमोहन ढकालको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रमको अध्यक्षता अन्टुकका जिल्ला अध्यक्ष नामबहादुर थापाले गर्नुभएको थियो । 


