• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

भर्नासमयमा झिमरुकका सातओटा विद्यालय घटुवा, राजमोद्वारा आन्दोलन गर्ने चेतावनी


  •   बिहिबार, बैशाख ०६, २०८१ मा प्रकाशित
  • काठमाडौँ । विद्यार्थी भर्नासमयमा सातओटा विद्यालयलाई घटुवा गरिएपछि राष्ट्रिय जनमोर्चा झिमरुक गाउँपालिका समितिले आन्दोलन गर्ने चेतावनी दिएको छ ।

    Advertisement

    पालिका समितिका अध्यक्ष टीकाबहादुर जिसीको हस्ताक्षरमा २०८१ वैशाख ६ गते बिहीबार प्रेसवक्तव्य जारी गर्दै राजमोले यस्तो चेतावनी दिएको हो ।

    गत वैशाख ४ गतेको निर्णयले झिमरुक गाउँपालिकाका सातओटा विद्यालयलाई घटुवा गरेपछि राजमोले पालिका समितिको उक्त निर्णयलाई गैरजिम्मवार बताएको छ ।

    यस सन्दर्भमा राजमोले उक्त निर्णय तत्कालै फिर्ता लिन पालिकासित आग्रह गर्दै त्यसो नगरिए आन्दोलन गर्ने चेतावनी दिएको छ ।
    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “झिमरुक गाउँपालिकाको मिति २०८१ वैशाख ४ गते कार्यपालिकाको बैठकमा प्रस्तुत “गाउँशिक्षा समितिको सिफारिस सम्बन्धमा” भन्ने प्रस्तावप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।

    उक्त प्रस्तावअनुसार झिमरुक गाउँपालिकाअन्तर्गत रहेका सातओटा विद्यालयहरू दीपेन्द्र प्रावि डाँडाखर्क, बालसुधार प्रावि बडाचौर, गौमुखी प्रावि दारिमचौर, शिद्ध प्रावि दहखोला, भुवनेश्वरी प्रावि नेटा, बालसुधार प्रावि थारुखर्क र बालकल्याण प्रावि हिडडाँडालाई कक्षाघटुवा गरी कक्षा १–५ चल्ने भए कक्षा १–३ र कक्षा १–३ भए कक्षा १ मात्र सञ्चालन गर्ने प्रस्ताव गरिएको छ ।

    उक्त प्रस्तावमा कार्यपालिकामा रहेका राष्ट्रिय जनमोर्चाका सदस्यबाहेक बाँकीले प्रस्तावको समर्थन गरेको र आगामी वैशाख ८ गते उक्त विषयमा कार्यपालिकाले निर्णय लिने तयारी गरेको हुँदा उक्त विषयमा हाम्रो पार्टीको धारणा सार्वजनिक गर्न जरुरी भएकाले यो प्रेस वक्तव्य जारी गरिएको छ।

    १. शिक्षा जनताको प्राथमिक अधिकार र राज्यको प्राथमिक दायित्व हो । नयाँ शत्रको सुरुआत हुने बेलामा झिमरुक गाउँपालिका र त्यहाँ प्रतिनिधित्व गर्ने दलहरू जसरी प्रस्तुत भएका छन्, त्यो अत्यन्तै गैरजिम्मेवार र गम्भीर छ ।

    २. हाम्रो पार्टी झिमरुकको समग्र शिक्षा विकासलाई लिएर अत्यन्त जिम्मेवार र संवेदनशील छ । विगतमा हामी झिमरुक सरकारको नेतृत्वमा रहेको बेला पनि शिक्षाको विकासका लागि केही योजनाबद्ध काम सुरु गरेका थियौँ । झिमरुक गाउँपालिकाको शैक्षिक व्यवस्थापन कार्यविधि निर्माण गर्ने, कक्षा १–१० लाई निःशुल्क बनाउने र गाउँपालिकावाट थप शिक्षक दरबन्दी सिर्जना गरी निजी स्रोतबाट शिक्षक राख्ने व्यवस्थाको अन्त्य गर्ने काम गरेका थियौँ । ती कार्य गर्दा योजनाबद्व, व्यवस्थित, वैज्ञानिक र समतामूलक हिसाबले गरिएको थियो ।

    ३. विगतमा समुदायले विद्यालयको स्थापना गर्दा त्यहाँको आवश्यकताको आधारमा गरेका हुन् । समुदायले चन्दा उठाएर, मानो कटाएर, महिनौँसम्म श्रमदान गरेर, आफ्नो व्यक्तिगत जग्गादान गरेर, समुदायको रगत र पसिना मिसाएर विद्यालय स्थापना भएका हुन् । यस्ता विद्यालयहरू कसैको सनकको सिकारमा घटुवा र बढुवा हुने विषय होइनन् । त्यसकारण हाम्रो पार्टी उल्लेखित विद्यालयलाई घटुवा गर्ने गाउँपालिकाको प्रस्तावको विरुद्धमा छ र त्यसको विरोध गर्दछ ।

    ४. उक्त प्रस्ताव अत्यन्तै नियतवश, दूरासय र गलत मनसायबाट आएको छ । यस्तो गम्भीर विषयमा निर्णय गर्दा न त सम्बन्धित विद्यालय, शिक्षक, अभिभावक र समुदायसँग छलफल, विचारविमर्श गरिएको छ, न त राष्ट्रिय नीतिनियम, तथा ऐनकानुनको पालना नै गरिएको छ । हचुवाको भरमा यस प्रकारका प्रस्ताव आउनु दुर्भाग्यपुर्ण छ ।

    समान अवस्थाका समान विद्यालयमा एउटालाई घटुवा गर्ने र अर्कोलाई थप दरबन्दीको सिफारिस गर्ने, कम विद्यार्थी सङ्ख्या भएको एउटा विद्यालयलाई ३ कक्षासम्म कायम गर्ने र त्योभन्दा धेरै विद्यार्थी सङ्ख्या भएको अर्को विद्यालयलाई घटुवा गर्ने, फर्जी तथ्याङ्क राखेर सङ्ख्या देखाउनेलाई कायम राख्ने र आधिकारिक सङ्ख्या उल्लेख भएका विद्यालयलाई कारबाही गर्ने जस्ता प्रस्ताव असमान र अन्यायपूर्ण छन् ।

    ५. विद्यालयमा विद्यार्थीको सङ्ख्या कम हुनुको कारण जनसङ्ख्या वृद्धिमा भएको कमी, सहरकेन्द्रित बसाइँसराइ, अभिभावकको अङ्ग्रेजीमोह, विद्यालयको गुणस्तरलगायत प्रमुख हुन् । यी समस्या झिमरुक गाउँपालिकाका मात्रै समस्या होइनन्, यो राष्ट्रिय समस्या हो । राष्ट्रिय समस्याको समाधान गर्ने जिम्मा केन्द्रीय सरकारको हो । उसले नै ठोस नीति र कार्यक्रम निर्माण गर्नुपर्दछ । झिमरुकले हावादारी रूपमा सातओटा विद्यालय घटुवा गर्दैमा समस्याको समाधान हुने होइन ।

    यसरी घटुवा गर्दा कुनै समुदायको पाँच वर्षको बच्चा कक्षा दुईमा पढ्न दिनमा चार घण्टा हिँड्नुपर्ने स्थिति सिर्जना हुन्छ । जनसङ्ख्या नबढ्नुको सजाय अर्को कुनै बच्चालाई दिने गरी गरेको पालिकाको निर्णय मौलिक हक, शिक्षासम्बन्धी हक, बालबालिकासम्बन्धी हक र मानव अधिकार विरुद्ध छ । अझ कतिपय विद्यालय घटुवा गर्दा त्यहाँ बाँकी रहेका विद्यार्थीलाई जबरजस्त निजी स्कुलमा पठाउने वातावरण तयार गरिएको छ । यतिसम्म निर्लज्ज नीति कसरी बनाउन सकिन्छ ? जबकि पालिकाले सामुदायिक विद्यालयलाई गुणस्तरीय बनाउने, निजी लगानीमा सञ्चालित विद्यालयलाई नियमन गर्ने र दर्ताबिना नै सञ्चालित निजी विद्यालयलाई दर्ता नगरी सञ्चालन गर्न अनुमति नदिनुपर्ने हो ।

    ६. कुनै विद्यालयमा विद्यार्थी सङ्ख्या अत्यन्त कम भएको र शिक्षकको सङ्ख्या बढी भएमा त्यसलाई मिलान गर्न सकिन्छ । शिक्षकको मिलान गर्न विद्यालय घटुवा गर्नुपर्दैन । विद्यार्थी नभएको स्थितिमा त्यहाँ भएको शिक्षक दरबन्दीलाई पुल दरबन्दी बनाएर अर्को विद्यालय पठाउने र भविष्यमा त्यहाँ विद्यार्थी हुँदा फर्केर आफ्नै विद्यालयमा पढाउने विधि बनाउन सकिन्छ तर एकपटक विद्यालय घटुवा र खारेज गरेपछि फेरि त्यसलाई बढुवा गर्न वा स्थापना गर्न अर्को लामो र झन्झटिलो विधिमा लाग्नुपर्छ । विद्यालयको ढोका विद्यार्थीको लागि जहिल्यै खुला हुनुपर्दछ, बन्द गर्न मिल्दैन र पाईँदैन ।

    अन्तमा, हाम्रो पार्टीले विद्यार्थीहरूको भर्नाको समयमा आएर गरिएको यस प्रकारको गैरजिम्मेवारपूर्ण नीतिको घोर भर्त्सना गर्दछ र उक्त प्रस्ताव तुरुन्त फिर्ता लिन अनुरोध गर्दछ साथै निर्णय फिर्ता नलिए थप आन्दोलनमा जाने चेतावनी दिन चाहान्छौँ ।”

    बिहिबार, बैशाख ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.