• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

भूमिकास्थान : सङ्घीय संसद्कै झल्को दिने नमुना युवा नगरसभा


  •   बिहिबार, चैत २९, २०८० मा प्रकाशित
  • टेकराज भुसाल, सन्धिखर्क ।

    Advertisement

    भूमिकास्थान नगरपालिका अर्घाखाँचीको आयोजना तथा राष्ट्रिय युवा परिषद् सानोठिमी भक्तपुरको सहजीकरणमा सङ्घीय संसद्कै झल्को दिने गरी नमुना युवा नगरसभा सम्पन्न भएको छ ।

    युवा नेतृत्व, नगरबारे जानकारी, युवालाई व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको कार्य तथा अन्तरसम्बन्धको ज्ञान गराई असल संस्कार र सुझबुझपूर्ण व्यवहार सिकाउनका लागि २०८० चैत २५ देखि २८ गतेसम्म यस प्रकारको कार्यक्रम सञ्चालन भएको हो ।

    भूमिकास्थान नगरपालिकाका नगर प्रवक्ता तथा ४ नम्बर वडाअध्यक्ष बाबुराम पन्थी सुनार, ३ नम्बरका अध्यक्ष कृष्णप्रसाद बन्जाडे, ५ नम्बरका अध्यक्ष जयगोपाल श्रेष्ठ, ८ नम्बरका अध्यक्ष राजकुमार श्रेष्ठ, भूमिकास्थान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द आचार्य, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तुवलाल सापकोटा, सूचना अधिकारी हरिश्चन्द्र भुसाल, नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा पालिकाभित्र माध्यमिक विद्यालयका प्राचार्यहरूको उपस्थितिमा सहभागी युवाले नमुना नगरसभाको प्रस्तुति दिएका थिए ।

    नमुना नगरसभाको प्रमुख पदमा टेकराज भुसाल, सरोज बेल्वासे र सुष्मा परियारको उम्मेदवारी परेपछि निर्वाचन भएको थियो । निर्वाचनमा टेकराज भुसाल र सरोज बेल्वासेले समान १०/१० मत प्राप्त गरे भने अर्को उम्मेदवार सुष्मा परियारले १ मत मात्रै प्राप्त गरेपछि समान मत ल्याउने टेकराज र सरोजबिच चिठ्ठा गर्दा सरोज प्रमुख पदमा निर्वाचन बने भने उपप्रमुखमा बसन्ता नेपाली, सचिवमा सपना सुनारले र वडाध्यक्ष, लेखा तथा विधेयक समिति संयोजक, कार्यपालिका सदस्यलगायतका पदमा अन्य प्रतिनिधि निर्विरोध छनोट भएर आफ्नो भूमिका निर्वाह गरेका थिए ।

    नमुना युवा नगरसभाका लागि नगरपालिकाको सभाहलमा राष्ट्रिय युवा परिषद् लुम्बिनी प्रदेशका कार्यकारी सदस्य सरोज खनाल, लिलबहादुर विक र सङ्घीय नमुना सांसद विक्रम नेपालीले तीन दिनको प्रशिक्षण दिएका थिए ।

    नमुना नगरसभामा नगरपालिकाका १० ओटा वडा क्लबबाट छनोट भएर आएका २० जना प्रतिनिधि र पालिकाभित्रका सात विद्यालयबाट आएका सात जना १६–२४ उमेर समूहका २७ जना युवा प्रतिनिधिको सहभागिता थियो ।

    नमुना संसदीय अभ्यासको पहलमा युवालाई देशको संविधान नियम कानुन, संसदीय व्यवस्था र अनुशासन सिकाइ भविष्यमा असल नेतृत्व गर्न सक्षम जनशक्ति उत्पादन गर्नका लागि कार्यक्रमको आयोजना गरिएको नगरका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सापकोटाले जानकारी दिए ।

    समापन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रवक्ता तथा ४ नम्बर वडाका वडाध्यक्ष बाबुराम पन्थी सुनारले अहिलेका युवा देशका भोलिका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि सम्पूर्ण जनप्रतिनिधि र कर्मचारी भएकाले अहिलेबाटै जिम्मेवार बनाउन कार्यक्रम महत्त्वपूर्ण रहने उल्लेख गरे ।

    कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत आचार्य, जनप्रिय माविका प्राचार्य पूर्णप्रसाद श्रेष्ठ, प्रशिक्षक तथा राष्ट्रिय युवा परिषद् लुम्बिनी प्रदेशका कार्यकारी सदस्य सरोज खनाल, सहभागी टेकराज भुसाल र मनिसा खनालले बोल्दै यी र यस्ता कार्यक्रमले युवा नेतृत्वमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै वडा, टोल र विद्यालयमा समेत पुर्‍याउनुपर्ने बताए ।

    नगरसभा समापनपछि टेकराज भुसालको नेतृत्वमा १३ सदस्यीय नगर युवा सञ्जालको गठनसमेत गरिएको थियो ।

    वडा क्लब गठन तथा नमुना युवा संसद् कार्यविधि–२०७५ अनुसार प्रत्येक दुई/दुई वर्षमा नमुना नगरसभा गर्नुपर्ने उल्लेख छ ।

    बिहिबार, चैत २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.