महेन्द्रनगर । फुटबलका पूर्व राष्ट्रिय खेलाडी नरी चन्दको थ्रेसरमा बेरिएर मृत्यु भएको छ ।
Advertisement
कञ्चनपुरको भीमदत्तनगरपालिका–५ बनगाउँका चन्दको ट्रयाक्टरले गहुँ थ्रेसिङ गर्ने क्रममा सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । पट्टामा बेरिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
मृतक चन्दको शव महाकाली अस्पतालमा राखिएको छ । चालक र ट्रयाक्टर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।