• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

बागलुङमा तीन वर्षमा ५५ दुर्घटना : ४० जनाको मृत्यु


  •   मङ्गलबार, चैत २०, २०८० मा प्रकाशित
  • ढोरपाटन (बागलुङ) । बागलुङमा हरेक वर्ष दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो तीन वर्षमा सबैभन्दा बढी मृत्यु हुने सङ्ख्या यस वर्षको छ । यस वर्ष १६ जनाले ज्यान गुमाएका छन् ।

    Advertisement

    जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आवको साउनदेखि हालसम्म १२ दुर्घटना भएका छन् । त्यसमा ४८ जना घाइते भएका छन् । आव २०७८÷७९ मा २३ सवारी साधन दुर्घटना भएका थिए । उक्त दुर्घटनामा ११ जनाको ज्यान गएको थियो भने २९ जना घाइते भएका थिए । गत आव २०७९÷८० मा २० दुर्घटना भएका थिए । दुर्घटनामा १३ जनाको मृत्यु भएको थियो भने ३३ जना घाइते भएका थिए । तीन वर्षको तथ्याङ्क हेर्दा हरेक वर्ष दुर्घटना झिनो सङ्ख्यामा घटे पनि मृत्यु र घाइते हुनेको सङ्ख्या भने बढिरहेको छ । पछिल्लो तीन वर्षमा बागलुङमा दुर्घटनामा परी ४० जनाले ज्यान गुमाएका छन्भने एक सय १० जना घाइते बनेका छन् ।

    यस अवधिमा ५५ दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख सुमन निउरेले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा ४९ सवारी साधनमा क्षति पुगेको छ । ट्राफिकले अटेरी गर्ने तथा ट्राफिक नियमको उल्लङ्घन गर्ने ३८ हजार छ सय १६ सवारी साधनलाई कारबाही गरी रु दुई करोड ६९ लाख तीन हजार राजस्व सङ्कलन गरेको छ ।

    बर्सेनि दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएको ट्राफिक प्रमुख निउरेको भनाइ छ । उहाँले चालकको लापरबाही र अप्ठ्यारा सडकका कारण दुर्घटना हुने गरेको बताउनुभयो । दैनिक ग्रामीण सडकमा सयौँ सवारी साधन गुड्ने तर ती सडक व्यवस्थित नहुँदा बढी दुर्घटना हुने गरेको उहाँ बताउनुहुन्छ ।

    तीन वर्षको तुलनामा यस वर्ष थोरै दुर्घटना भए पनि मृत्यु र घाइते हुनेको सङ्ख्या बढी रहेको निउरेको भनाइ छ ।

    उहाँले भन्नुभयो, “दुर्घटना न्यूनीकरणका लागि हरेक नागरिक सजक हुनुपर्छ, चालक जिम्मेवार, यात्रु अनुशासित भयो भने दुर्घटना निकै कम हुने थियो, हामीहरु दुर्घटनालाई न्यूनीकरण गर्न बिहान उठेदेखि रातिसम्म सडकमै हुन्छौँ, कहिलेकाहीँ चालकले लापरबाही गर्दा गम्भीर दुर्घटना हुने गरेका छन्, सबैभन्दा बढी त गाउँका सडकमा दुर्घटना हुने गरेका छन्, सडक साँघुरा छन्, त्यसमाथि सवारी चालकले क्षमताभन्दा बढी यात्रु बोकेर हिँड्छन्, यसमा अन्य सरोकारवाला पनि गम्भीर हुन जरुरी छ ।”

    ग्रामीणसँगै राष्ट्रिय राजमार्गमा पनि ठूला–ठूला दुर्घटना हुने गरेका छन् । यही चैत ६ गते पश्मिच रुकुमबाट काठमाडौँका लागि छुटेको बस बागलुङको निसीखोलामा दुर्घटना भयो । दुर्घटनामा सातजनाले घटनास्थलमै र दुईजनाले अस्पतालमा ज्यान गुमाए । दुर्घटनामा परी २६ जना घाइते भए । घाइतेमध्ये अधिकांश अहिलेसम्म निको भएका छैनन् । दुर्घटनाका कारण भने चालकको लापरबाही रहेको निष्कर्ष छ । दुर्घटना रोक्नका लागि ग्रामीण सडकलाई व्यवस्थित बनाउन जरुरी रहेको यातायात व्यवसायी शेरबहादुर विक बताउनुहुन्छ ।

    उहाँले साँघुरा र अप्ठ्यारा सडकमा दैनिक सयौँ सवारी तथा मालवाहक गाडी गुड्ने गरे पनि वर्षौंअगाडि ‘ट्र्याक’ खुलेका सडकको अहिलेसम्म पनि स्तरोन्नति हुन नसकेको बताउनुभयो । बर्सेनि दर्जन नागरिकले दुर्घटनामा ज्यान गुमाउँदा पनि सरोकारवाला निकायको ध्यान जान नसकेको उहाँको भनाइ छ । ग्रामीण सडकमा ट्राफिक नपुग्दा सवारी चालक अनुमतिपत्र नभएका व्यक्तिले गाडी चलाउँदा पनि दुर्घटना हुने गरेको विक बताउनुहुन्छ ।

    मङ्गलबार, चैत २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.