• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

स्कुल हाताभित्रबाट शैक्षिक सामग्री बिक्री गरे कारबाही गर्न निर्देशन


  •   बिहिबार, चैत १५, २०८० मा प्रकाशित
  • काठमाडौँ । निजी विद्यालयले शैक्षिक सामग्री विद्यालय हाताभित्रबाट विक्री गरे कानुनी कारबाही गर्न सरोकारवालाले निर्देशन दिएका छन् ।

    Advertisement

    बुढानीलकण्ठ नगरपालिकाले पालिकाभित्रका निजी विद्यालयलाई निर्देशन जारी गर्दै कानुन विपरीत गए कानुनी कारबाही गर्ने चेतावनी दिएको हो ।

    पछिल्लोपटक नगरपालिकाको तर्फबाट उपसचिव ललितविक्रम सिंहले २०८० चैत २ गते पुनः निर्देशन जारी गरेका थिए ।

    निर्देशनको तेस्रो बुँदामा कक्षा १ मा भर्ना शुल्क लिइसकेपछि सोही विद्यार्थीबाट भर्ना शुल्क नलिन, विद्यालय हाता वा कुनै पसलबाट विद्यार्थी पोशाक किन्न बाध्य नपार्न भनिएको छ । यसअघि नै नगरपालिकाले बेग्लै निर्देशन जारी गरेर पुस्तक, कपी तथा अन्य शैक्षिक सामग्री विद्यालयले तोकेको स्थानबाट किन्न बाध्य नपार्न निर्देशन गरिसकेको जनाएको छ ।

    पालिकाले पाठ्यपुस्तकको विवरण प्रकाशन गृहसमेत खुलाई विद्यालयको वेबसाइट वा सूचनापाटीमा प्रकाशन गर्ने र सोही विवरण पालिकाको शिक्षा शाखामा बुझाउन पनि भनेको छ ।

    त्यस्तै, पालिकाले छात्तवृत्तिको सम्बन्धमा पनि आवश्यक निर्देशन दिनुका साथै प्रत्येक शुक्रबार नियमित अतिरिक्त क्रियालकलाप आयोजना गर्ने, आवासीय विद्यालयमा अध्ययनरत बालबालिकाको पूर्ण सुरक्षा प्रबन्ध गर्नुपर्ने, नियमित सामाजिक, मनोवैज्ञानिक परामर्श प्रदान गर्ने, निर्माणात्मक मूल्याङ्कन कार्यान्वयन गर्ने, बालबालिकालाई विद्यालयमा कुनै पनि प्रकारको शारीरिक, मानसिक, साङ्केतिक दण्ड नदिन पनि निर्देशन दिएको छ ।

    काठमाडौँका निजी स्कुलले शैक्षिक सामग्री खरिद, छात्रवृत्ति र विभिन्न शुल्कबारे मनोमानी गरेपछि काठमाडौँ महानगरपालिका र अन्य पालिकाले पनि यस्तै खालका निर्देशन जारी गरेका हुन् । त्यस क्रममा चैत ७ गते काठमाडौँ महानगरपालिका र टोखा नगरपालिकाले पनि यस्तै निर्देशन जारी गरिसकेका छन् ।

    यता, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चैत १२ गते दश बुँदे परिपत्र जारी गर्दै भर्ना, मासिक शुल्कलगायतका विभिन्न शुल्क नलिने निर्देशन दिइसकेको छ ।

    प्रशासनले संस्थागत विद्यालय सञ्चालन निर्देशिका–२०६९, सर्वोच्च अदालतका विभिन्न मितिका फैसला, अनिवार्य तथा निःशुल्क शिक्षा ऐन–२०७५ र त्यसको नियमावली, स्थानीय सरकार सञ्चालन ऐन–२०७४ लगायतका ऐननियममाथि आधारित रहेर यस खालको निर्देशन जारी गरेको स्मरण गराएको छ ।

    बिहिबार, चैत १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.