• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

संसारको सबैभन्दा खुसी देश फिनल्यान्डबाट नेपालले के सिक्न सक्छ ?


  •   शुक्रबार, चैत ०९, २०८० मा प्रकाशित
  • काठमाडौं । वर्ल्ड ह्यापिनेस रिपोर्टमा लगातार सातौँ पटक फिनल्यान्ड पहिलो स्थानमा रहन सफल हुँदा सन् २०२४ को सूचीमा नेपाललाई दक्षिण एशियाको सबैभन्दा धेरै खुसी देशका रूपमा चिनाइएको छ।

    Advertisement

    १४३ देशको खुसीको स्तर मापन गरिएको उक्त प्रतिवेदन ग्यालप, द अक्सफोर्ड वेलबिइङ रिशर्च सेन्टर, संयुक्त राष्ट्रसङ्घीय डिभिलपमेन्ट सोलुसन्स नेटवर्क र एउटा सम्पादकीय बोर्डले तयार पारेको हो।

    प्रतिव्यक्ति कूल गाह्रस्थ उत्पादन, सामाजिक सहयोग, स्वास्थ्य, स्वतन्त्रता, सहृदयता र भ्रष्टाचारबारेका जनमतसहितलाई ध्यान दिएर तयार पारिएको उक्त प्रतिवेदनमा यस पटक संयुक्त राज्य अमेरिका पहिलो पटक विश्वका सर्वाधिक खुसी २० देशमा परेको छैन।

    फिनल्यान्ड र अन्य नर्डिक देशहरू उक्त सूचीको माथिल्लो स्थानमा रहँदा सबैभन्दा पुछारमा अफगानिस्तान रहेको छ।

    फिनल्यान्ड किन सर्वाधिक खुसी देश ?
    संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय खुसी दिवसका अवसरमा १४० भन्दा बढी देशका मानिसहरूबाट सङ्कलन गरिएका विवरणका आधारमा तयार पारिएको प्रतिवेदनमा फिनल्यान्ड लगातार सातौँ वर्ष सर्वाधिक खुसीयाली भएको देश बनेको छ।

    उक्त प्रतिवेदनका संस्थापक सम्पादक तथा युनिभर्सिटी अफ ब्रिटिश कोलम्बियाको भ्यानकुभर स्कूल अफ इकोनोमिक्सका प्राध्यापक जन हेलिवेलले सहभागीहरूले आफूले महत्त्व दिएका चीज र जीवनबारे दिएका अङ्कका आधारमा सो प्रतिवेदन तयार भएको बताएका छन्।

    उनलाई उद्धृत गर्दै सीएनएनले भनेको छ, ‘र, तपाईँले यी सबै कुरामा फिनल्यान्ड धनी पाउनुहुनेछ। जस्तै सडकमा पर्स खस्यो भने त्यो फिर्ता हुनेछ। मानिसहरूले एक अर्कालाई सहयोग गर्छन् र एकदमै उच्च स्तरको स्वास्थ्य र शिक्षाको अवसर सबैलाई उपलब्ध छ। त्यही भएर लगभग सबै जनाले एकैखालको सुरुवातको अनुभव गर्छन्।’

    कोभिड महामारीको समयको सर्वेक्षणको परिणामसँग मिल्दो जुल्दो नतिजा यो वर्षको सर्वेक्षणले पनि दिएको छ जसमा फिनल्यान्डको छिमेकी डेनमार्क दोस्रोमा र सबै पाँच नर्डिक देशहरू सर्वाधिक १० खुसी देशहरूको सूचीमा छन्।

    हाल हेलसिन्की काउन्सीलकी निर्वाचित काउन्सीलर व्योमा ताम्राकारले काम र व्यक्तिगत जीवनबीचको सन्तुलनसहितका कारणले फिनल्यान्ड सर्वाधिक खुसी देश बनेको ठान्छिन्।

    उनले टेलिफोनमा बीबीसीसँग भनिन्, ‘फिनल्यान्डमा आम्दानीमा सन्तुलन छ। धनी गरिबमा त्यति ठूलो भिन्नता छैन र भएपनि देखिदैँन। मानिसहरू सामान्य जीवनमा विश्वास गर्छन्। मान्छे खुसी हुने भनेको एकदमै धनी हुनु पनि होइन वा एकदमै गरिब पनि होइन। ठ्याक्कै बीचमा रहँदा मान्छे खुसी हुन्छ भन्ने यहाँ एउटा भनाइ पनि छ।’

    उनले मानिसहरूलाई आवश्यक पूर्वाधार सरकारले बनाइदिएको उल्लेख गर्दै कसैलाई आर्थिक समस्या परेको खण्डमा सरकार वा सामाजिक सुरक्षासम्बन्धी सहयोग प्राप्त हुने बताइन्।

    उनले थपिन्, ‘घरबारविहीनहरू पटक्कै छैनन्। धनीसँग बढी कर लिन्छ। गरिबलाई कम कर र बढी सुविधा पुर्‍याउँछन्। पढाई लेखाई निःशुल्क छ। र, सबैभन्दा महत्त्वपूर्ण कुरा समानता छ। त्यो भनेको आर्थिक, लैङ्गिक सबै खालको समानता छ।’

    के उसो भए फिनल्यान्डमा सबै मानिसहरूले खुसी महसुस गर्छन् ? त्यसको जवाफमा ताम्राकारले भनिन्, ‘खान बस्नलाई आनन्दले पुग्छ। मानिसहरू व्यस्त हुन्छन्। सरकारले सहयोग पुर्‍याउँछ। एकल परिवार भयो भने, बाबुआमा काम गर्छन्। बच्चालाई पढ्ने ठाउँ वा सानो बच्चाहरूलाई डे केअरमा लैजानुपर्ने हुन्छ जुन सुविधा सरकारले पुर्‍याइदिएको हुन्छ।’

    उनले नेपालमा जस्तो टोल टोलमा रमाइलो गर्न फिनल्यान्डमा मौसमले साथ नदिने उल्लेख गर्दै दैनिकीको व्यस्तताले पनि त्यो अवसर नदिने बताइन्।

    नेपालमा युवाभन्दा ज्येष्ठ नागरिक धेरै खुसी रहेको उक्त प्रतिवेदनमा उल्लेख छ ।

    दुई विशाल छिमेकी भारत र चीनबीचमा अवस्थित भूपरिवेष्टित देश नेपालमा अझै पनि २० प्रतिशत भन्दा बढी नागरिक गरिबीको रेखामुनि रहेको सरकारी आँकडा छ।

    ह्यापिनेश इन्डेक्समा चीन ६० औँ स्थानमा छ भने भारत १२६ औँ स्थानमा छ।

    दक्षिण एसियाका मालदिभ्स र भुटानलाई समावेश नगरिएको उक्त सूचीमा नेपाल ९३ औँ स्थानमा परेको छ।

    नेपालभन्दा पछाडि भारतबाहेक पाकिस्तान, श्रीलङ्का र बाङ्ग्लादेश पनि छन्। यस वर्षको प्रतिवेदनको सर्वाधिक पुछारमा कङ्गो, सिएरा लिओन, लेसथो, लेबनान र अफ्गानिस्तान छन्।

    केन्द्रीय मानवशास्त्र विभागका एक जना प्राध्यापक सुरेश ढकाल उक्त सूचीसँग सहमत हुने वैज्ञानिक आधार आफूले नपाएको बताउँछन्।

    उनले भने, ‘मलाई कहाँ कहाँ नमिलेको चित्र यो प्रतिवेदनले प्रस्तुत गरेको जस्तो लाग्यो। बुढा बुढीहरू युवाभन्दा बढी खुसी छन् भनिएको छ। अहिले वृद्धवृद्धाले सामाजिक सुरक्षा भत्ता पाउँछन् तर सबै छोरा छोरी विदेश जाने जस्ता कारणले उनीहरू एक्लिए भन्ने छलफल नेपालमा चलिरहेको छ। बुढाबुढीको तुलनामा युवाहरूलाई यति धेरै अवसर छ तर उनीहरू पछाडि पर्ने, यो अलिक मिलेजस्तो लागेन।’

    उनले भारत र अन्य दक्षिण एशियाली देशका नागरिकभन्दा नेपालीहरू खुसी रहेको आफूलाई नलाग्ने बताए।

    ‘इन्डेक्सहरू हेर्नुभयो भने नेपालमा भ्रष्टाचार बढेको देखिएको छ। भारतले प्रतिनिधित्व गर्ने औद्योगीकरण, सिनेमा वा खेलकुद यस्ता कुराले पनि मानिसलाई खुसी नै राख्ने होला। यो प्रतिवेदनलाई मात्रै आधार बनाएर नेपालीहरू यो क्षेत्रमा नै सबैभन्दा धेरै खुसी छन् भन्ने विश्वास गर्न सकिँदैन।’

    उक्त प्रतिवेदनमा ६० वर्षभन्दा बढीको उमेरको जनसङ्ख्याका नागरिक खुसी रहेका देशको सूचीमा नेपाललाई ७६ औँ स्थानमा राखिएको छ।

    ६० वर्षभन्दा माथिको उमेरका व्यक्तिहरूको खुसी सम्बन्धी सूचीमा नेपाल इन्डोनेशिया र दक्षिण अफ्रिका जस्ता देश भन्दा माथि रहेको छ।

    ३० वर्ष भन्दा कम उमेर समूहमा नेपाल ९२ औँ स्थानमा छ। सो समूहमा सबैभन्दा माथि लुथिएनीया रहेको छ।

    समग्रमा पाँचौँ स्थानमा रहेको इजरेल ३० वर्ष भन्दा कम उमेरका नागरिकका लागि दोस्रो र ६० वर्ष भन्दा बढी उमेरका नागरिकका लागि १८ औँ स्थानमा छ।

    नेपालले लिनुपर्ने बाटो
    आर्थिक र लैङ्गिक समानता जस्ता सवाल पनि फिनल्यान्डबाट अनुकरण गर्न सकिने जानकारहरू बताउँछन्

    खुसीलाई हेर्ने मानिसका दृष्टिकोण फरक फरक हुनसक्नेमा विज्ञहरू सहमत छन्।

    प्राध्यापक ढकाल शान्ति, वातावरण, स्वास्थ्य प्रणाली र सामुदायिक भावनाजस्ता कुराहरूमा खुसी निर्भर हुने ठान्छन्।

    फिनल्यान्डमा ३२ वर्षदेखि बसोबास गरिरहेकी व्योमा ताम्राकार चाहिँ शिक्षाजस्ता कतिपय आधारभूत क्षेत्रमा सुधार गर्नुपर्ने कुरा नेपालले फिनल्यान्डबाट सिक्नुपर्ने ठान्छिन्।

    उनले भनिन्, ‘मलाई लाग्छ देशप्रतिको माया र देश प्रतिको इमानदारिता फिनल्यान्डबाट सिक्नुपर्छ। तर सबैभन्दा पहिला नेपालीहरू शिक्षित हुनुपर्छ। नेपालमा जनताहरू धनी छन् तर देश गरिब छ। तर यता नर्डिक देशहरूमा देशहरू धनी छन् र उनीहरूले धेरै सुविधा दिन सक्छन्।’

    उनले गरिबहरूलाई माथि उठाउने संयन्त्र फिनल्यान्ड जस्ता देशमा रहेको उल्लेख गर्दै थपिन्, ‘यहाँ गरिबहरूलाई उकास्ने तालिमहरू र सुविधाहरू छन्। सब कुरा सरकारले उपलब्ध गराउँछ जुन हाम्रो देशमा छैन। धनी धनी भइरहने र गरिब गरिब रहिरहने अवस्था अन्त्य गर्नुपर्छ।’ बीबीसीबाट

    शुक्रबार, चैत ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      जनजाति मुक्ति आन्दोलन

    • २.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ३.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ४.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ५.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ६.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ७.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ८.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.