काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको रिक्त सदस्यमा ४ जनालाई नियुक्त गरेको छ।
Advertisement
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ४ जनालाई आयोगको सदस्यमा नियुक्त गरेको सरकारकी प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
ललितपुरका डा. अरनिको पाण्डे, काठमाडौंकी प्रा संगीता सिंह, जुम्लाका डा. कुशरेन्द्रबहादुर महत र पाल्पाका प्रा. शिवराज अधिकारीलाई आयोगको सदस्य नियुक्त गरिएको हो।