• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

नेपाल बाह्य शक्तिको नियन्त्रणमा छ, पूर्णरुपमा स्वतन्त्र बनाउने नीति चाहिन्छ : केसी


  •   बिहिबार, चैत ०१, २०८० मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाल पूर्णरुपमा स्वतन्त्र राष्ट्र नरहेको बताउनुभएको छ ।

    Advertisement

    नेपाल अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा रहेको भन्दै केसीको यहाँको जलस्रोतलगायत उत्पादनका साधन विदेशीको पोल्टामा पुगेको बताउनुभयो ।

    बिहीबार प्रतिनिधि सभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्दै अध्यक्ष केसीले नेपालको अर्थतन्त्र कमजोर भएका कारण पश्चिमाहरूको प्रभाव रहेको उल्लेख गर्नुभयो ।

    ‘पश्चिमाहरूले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा निजीकरणको अवधारणा संसारभर फैलाएको र नेपाल पनि प्रभावित भएको केसीको भनाई थियो ।

    ‘जब पश्चिमाहरूले सरकारले त्यो देशको जनताको शिक्षा, स्वास्थ्य, रोजगारीको जिम्मा लिन हुन्न, त्यो व्यापारीलाई दिने भने’ उहाँले भन्नुभयो, ‘नेपालको अहिलेको अर्थतन्त्रको अवस्थाको मुख्य सैद्धान्तिक कारण यहाँनेर छ।’

    उहाँले निरंकुश पञ्चायतकालमा बरु नेपाल अहिलेभन्दा आत्मनिर्भर रहेको चर्चा गर्नुभयो । केसीले त्योबेला उद्योगधन्दा र कलकारखाना अहिलेभन्दा धेरै रहेको उल्लेख गर्दै स्वास्थ्य र शिक्षाको जिम्मा पनि धेरै हदसम्म राज्यले लिएको बताउनुभयो ।

    पश्चिमाहरुको प्रभावका कारण नेपाल अहिले पनि अर्ध औपनिवेशिक अवस्थामा रहेको सांसद केसीले स्पष्ट पार्नुभयो।

    ‘अहिले पनि हामी पूर्ण रूपले स्वतन्त्र छैनौं । नेपालका प्राकृतिक साधन स्रोतमाथि हाम्रै स्वामित्व छ कि छैन ?’ अध्यक्ष केसीले प्रश्न गर्नुभयो, ‘नेपालको सबैभन्दा ठूलो स्रोत जलस्रोत हो । यसमाथि कब्जा कसको छ ? छातीमा हात राखेर भन्नुस् त– नेपालका ठूला नदी नालामाथि कसको कब्जा छ ? कोशी कसको कब्जामा छ ? महाकाली कसको कब्जामा छ ? माथिल्लो कर्णाली कसको कब्जामा छ ?’

    नेपालले लिएको वर्तमान अर्थतन्त्र सम्बन्धी नीतिमै पुनरावलोकन आवश्यक रहेको उहाँको भनाइ छ । नेपाली स्रोतमाथि नेपालकै स्वामित्व स्थापित हुने गरी राज्यले नीति लिनुपर्ने केसीको सुझाव छ ।

    ‘नेपालको जलस्रोत नेपाली जनताको स्वामित्वमै छैन’, उहाँले भन्नुभयो, ‘नेपालको ठूलो स्रोत जलस्रोत हो । त्यो हाम्रो पूरा नियन्त्रणमा छैन ।’

    शिक्षामा उदारीकरण भएसँगै नेपालको पाठ्यक्रममा विदेशी प्रभाव परेको पनि उहाँले बताउनुभयो ।

    केसीले भननुभयो, ‘हामीले हाम्रा विद्यार्थीहरूलाई पढाइरहेको के हो ? यो देशमा केही हुन्न, यहाँ संसदभित्र रहेका सबै सांसदका छोराछोरी कहाँ छन् छातीमा हात राखेर भन्नुहोस् त।’

    नेपालका अन्तर्राष्ट्रिय विमानस्थल चल्न नसक्नुमा पनि बाह्य कारण रहेको केसीले बताउनुभयो ।

    ‘हामी एयरपोर्ट बनाउँछौं, प्लेन किन्छौं तर, बाटो पाउँदैनौं । भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल छ, पोखरामा छ, तर छिमेकीले बाटो दिन्न । हामी कक्रक्क परेर बसिराखेका छौं’, उहाँले भन्नुभयो ।

    नेपाल पूर्ण स्वतन्त्र हुन नसकेको वा अर्ध औपनिवेशिकतामा रहेकाले यस्तो भएको अध्यक्ष केसीको जिकीर छ ।

    उहाँले भन्नुभयो, ‘हामी अर्ध औपनिवेशिकताबाट मुक्त हुन सकेका छैनौं । स्वतन्त्र देखिए पनि हामी शक्ति राष्ट्रहरूको नियन्त्रणमा छौं ।’

    बिहिबार, चैत ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.