काठमाडौं । गायन रियालिटी शो नेपाल आइडलको पाँचौ संस्करण आजबाट प्रसारण सुरु हुँदैछ। साँझ ८:३० बजे एपिवान टेलिभिजनबाट प्रसारण हुने कार्यक्रमको सात प्रदेशका आठ सहरमा अडिसन भएको थियो।
कार्यक्रमको पहिलो एपिसोडमा बिर्तामोड अडिसन देखाइने नेपाल आइडलका निर्देशक सुरेश पौडेलले बताए।
निर्देशक पौडेल भने ‘यो सिजनले दर्शकलाई भरपुर मनोरंजन दिने र नेपाली संगीत क्षेत्रका लागि असाध्यै प्रतिभावान गायक गायिका खोजि गर्नेछ ।’
यस्तै जज मध्येका एक न्य्हू बज्राचार्य विगतका सिजनमा भन्दा यो सिजनमा अझ बढी सक्षम सिङ्गरहरु अडिसनमा आएको बताउछन्।
अस्मिता अधिकारी, रचना रिमाल, निशान भट्टराई, प्रताप दाश लगायतका गायक गायिकाहरु नेपाल आइडलबाट उदाएका हुन्। उनीहरू नेपाली संगीतमा सक्रिय त छन् नै संगीत क्षेत्रको अग्रस्थानमा पनि छन्।
‘सिजन ५’ मा ‘सिजन २’ का प्रस्तोता र जजहरु एकत्र भएका छन्। जजका रुपमा न्य्हू बज्राचार्यसँगै इन्दिरा जोशी र कालीप्रसाद बास्कोटा छन् भने कार्यक्रमलाई आशिफ शाह र रीमा विश्वकर्माले सन्चाल गर्नेछन्।
कार्यक्रम हरेक शुक्रबार र शनिबार ८ः३० देखि १० बजे सम्म एपिवान टेलिभिजनबाट प्रसारण हुनेछ। आइडलको यो सिजनलाई भिभोले टाइटल स्पोन्सर गरेको छ।