• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

आशावादी हुन गुटेरेसको आग्रह

महामारी सामना गर्न विश्वलाई थप तयारी आवश्यक

विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. सर्वदलीय बैठक जारी

  • ९. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

अवसरवाद विरुद्धको सङ्घर्षमा लेनिनको महत्त्वपूर्ण भूमिका


  •   शुक्रबार, फागुन २५, २०८० मा प्रकाशित
  • भैरवराज रेग्मी ##

    Advertisement

    (क) लेनिनवाद : माक्र्सवादमा एक सृजनात्मक खुडकिलो
    १. माक्र्स–एङ्गेल्सको माक्र्सवादी सिद्धान्तको उदयसँगै सर्वहारा–मजदुर आन्दोलनमा अवसरवाद विरुद्ध माक्र्स–एङ्गेल्सले जटिल सङ्घर्षको सुरुआत गर्नुपर्‍यो । माक्र्सवादसँगै सर्वहारा अवसरवादी धारले विश्वव्यापी रूप लिइसकेको थियो । रुसको पार्टी निर्माणदेखि सर्वहारा वर्गको रुसी क्रान्तिका दौरान र समाजवादी सोभियतको स्थापना तथा विकासकालमा अवसरवादी धारका विरुद्ध लेनिनले तीव्र सङ्घर्ष चलाउनुपरेको थियो । बोल्सेभिक क्रान्तिको विजयपश्चात् समाजवादी सोभियत सत्ताको स्थापनापछि पनि अवसरवाद विरुद्धको सङ्घर्ष निरन्तर अगाडि बढिरह्यो ।

    सामन्ती युग र सामन्ती व्यवस्थाको वर्गसङ्घर्ष सामन्त–जमिनदारसँग र बुर्जुवा पुँजीवादको विरुद्धको सङ्घर्ष पुँजीवादीसँग वर्गसङ्घर्ष प्रमुख रूपमा रहेको हुन्छ । यसरी वर्गसङ्घर्षभित्र वा सँगसँगै अवसरवाद विरुद्धको सङ्घर्ष पनि सँगै जोडिएको हुन्छ । वर्गसङ्घर्षलाई अवसरवाद विरुद्धको सङ्घर्षबाट अलग गरियो भने सर्वहारा वर्गको वर्गसङ्घर्ष पूर्ण हुँदैन र सर्वहारा वर्गको जित टाढाको विषय बन्न पुग्छ ।

    २. अवसरवाद उग्रवामपन्थी र दक्षिणपन्थी दुवै रूपमा प्रकट हुन्छ । उग्रवामपन्थी र दक्षिणपन्थी अवसरवादभित्र अराजकतावाद पैदा हुन्छ । माक्र्स, एङ्गेल्सदेखि लेनिन, स्टालिनसम्म यस प्रकारका अवसरवाद विरुद्ध आफ्नो समयमा तीव्र सङ्घर्ष चलिरहेको थियो ।

    लेनिनले अवसरवादका विरुद्धको सङ्घर्ष मात्र चलाउनुभएन, माक्र्सवादभित्र लेनिनवादको सिर्जनात्मक विकास गर्नुभयो ।

    वर्गसङ्घर्षभित्र अवसरवाद विरुद्धको सङ्घर्षमा सैद्धान्तिक प्रस्थापना थपिन पुगे, जुन लेनिनवादको अंश बन्न गएको छ ।

    ३. माक्र्स–एङ्गेल्सको युग पुँजीवादको विकासक्रमको युग थियो । पुँजीवादले एकाधिकार स्वरूपमा विकास गरिसकेको थिएन ।

    माक्र्स–एङ्गेल्सपछि पुँजीवादले एकाधिकार स्वरूपमा विकास गर्‍यो । पुँजीवादको एकाधिकारको परिणाम प्रथम विश्वयुद्ध जन्मियो । प्रथम विश्वयुद्धको दौरानमा लेनिनको नेतृत्व अर्थात् रुसी सर्वहारा वर्गको नेतृत्वमा बोल्सेभिक क्रान्ति सफल भयो । विश्वमा सर्वहारा

    वर्गले पुँजीपतिको तख्ता पल्टाएर पहिलोपटक समाजवादको स्थापना गर्न सफल भयो । साम्राज्यवादको चरित्रले सैद्धान्तिक र दार्शनिक रूपमा व्याख्या गरेर लेनिनले माक्र्सवादमा नयाँ आयामको व्याख्या गर्नुभयो र साम्राज्यवादलाई परास्त गर्ने बाटो पहिल्याउनुभयो । साम्राज्यवादको व्याख्या माक्र्सवादमा लेनिनको थप भूमिका थियो ।

    आजको युग साम्राज्यवादी युगबाट परिवर्तन भएको छैन । साम्राज्यवादको कैयौँपटकको सङ्कटपछि पनि साम्राज्यवादी स्वरूप नयाँ नयाँ नीतिमा प्रकट भइरहेको छ । एकाधिकार पुँजीवादको कर्पोरेट स्वरूपसँगै उदारवादका नवउदारवाद स्वरूपहरू साम्राज्यवादले ग्रहण गर्दै गइरहेको छ । भाषा, संस्कृति, शिक्षामा साम्राज्यवादीले जरा गाडेको छ । कृषिक्षेत्रमा समेत साम्राज्यवादले कब्जा जमाउन पुगेको छ । विज्ञान र सूचनामा समेत एकलौटी कब्जा जमाउन पुगेको छ । ब्रÞमाण्डका ग्रहउपग्रहमा समेत एकाधिकारको होडबाजी चलिरहेको छ । उत्पीडित र सर्वहारा वर्गभित्र प्रत्येक व्यक्तिमाथि साम्राज्यवादी नियन्त्रण गर्ने दिशामा विज्ञानलाई आफ्नो नियन्त्रण कायम गरेको छ ।

    द्वितीय विश्वयुद्धपछि युद्धको स्वरूपमा परिवर्तन गरेको छ । विश्वको समग्र बजारलाई नियन्त्रण गर्ने दिशामा वैज्ञानिक प्रविधिहरू बढाइरहेको छ । यस प्रकारको साम्राज्यवादको सैद्धान्तिक व्याख्या लेनिनवादले गरेको छ । विश्व सर्वहारा वर्गको आम उत्पीडन साम्राज्यवादले गरिरहेको छ । त्यसैले विश्व सर्वहाराको जित साम्राज्यवादको पतनबिना पूर्ण हुँदैन । लेनिनको शतवार्षिकी समारोह मनाइरहँदा लेनिनवादबिना विश्व सर्वहाराको क्रान्ति अगाडि बढ्न सक्दैन भन्ने आम सत्यलाई विश्व सर्वहारा आन्दोलनमा स्थापित गर्नुपर्ने आवश्यकता छ ।

    (ख) अवसरवाद विरुद्ध माक्र्स–एङ्गेल्सको सङ्घर्ष
    १. अवसवादका विरुद्ध सङ्घर्ष गर्ने आधार
    लेनिनको लागि अवसरवादका विरुद्ध सङ्घर्ष गर्ने दिशाको आधार माक्र्सवाद नै थियो । त्यसैले माक्र्स–एङ्गेल्सको अवसरवाद विरुद्धको सङ्घर्षको सन्दर्भ उल्लेख गर्नु आवश्यक छ । माक्र्सवादी सिद्धान्तको स्थापना र विकासका लागि अवसरवाद विरुद्धको सङ्घर्ष अनिवार्य थियो । सर्वहारा वर्गको अस्तित्व र मुक्तिको कुरा गर्ने, सर्वहारा वर्गको मुक्तिको सही कार्यदिशा र सिद्धान्तलाई तोडमोड गर्ने र त्यो बाटोमा नलाग्ने—यो नै अवसरवाद थियो र माक्र्स–एङ्गेल्सले यस प्रकारको अवसरवादको विरुद्ध गम्भीर सङ्घर्ष चलाउनुपरेको थियो ।

    २. माक्र्स, एङ्गेल्स र लेनिनको बाकुनिनको अवसरवादी धारका विरुद्धको सङ्घर्ष
    एमए बाकुनिन सन् १८१४ मा जन्मेका थिए र सन् १८७६ मा उनको मृत्यु भएको थियो । उनी प्रथम इन्टरनेसनलको सदस्य थिए । उनले सन् १८४८–४९ मा जर्मनीको क्रान्तिमा भाग लिएका थिए । पछि उनी माक्र्सवादको कट्टर विरोधी हुन पुगे । उनको अवसरवादी चिन्तन, बुर्जुवा सङ्कीर्णवादी धाराको रूपमा विकास भयो । बाकुनिनवादको यस प्रकारको अवसरवाद विरुद्ध माक्र्सले तीव्र सङ्घर्ष गर्नुपर्‍यो । सन् १८७२ मा इन्टरनेसनलबाट निष्काशित भए । उनी नरोदनिकवाद र अराजकतावादका सिद्धान्तकार थिए ।

    रुसी क्रान्तिमा अराजकतावादी चिन्तनको ठुलो प्रभाव रह्यो । माक्र्सवादलाई स्थापित र विकसित गर्ने क्रममा अवसरवादको भूमिकाका लागि अराजकतावादी बाकुनिनको मात्र भूमिका रहेन, प्रुधोँँको पनि भूमिका रह्यो । प्रुधोँँ फ्रान्सेली पत्रकार थिए । सन् १८०९ मा जन्मिएका उनको सन् १८६५ मा मृत्यु भयो । उनी अर्थशास्त्री, समाजशास्त्री निम्नपुँजीवादी बुर्जुवा विचारक थिए तर अराजकतावादका सिद्धान्तकार थिए ।

    रुसी क्रान्तिमा अवसरवादको अराजकतावादी चिन्तनको विरुद्ध लेनिनले ठुलो सङ्घर्ष गर्नुपरेको थियो । वर्नस्टिनको अराजकतावादी चिन्तनको विरुद्ध पनि लेनिनले काफी सङ्घर्ष चलाउनुपर्‍यो ।

    ३. लेनिनको बर्नस्टिनको अवसरवाद विरुद्धको सङ्घर्ष
    सन् १८५० मा जन्मेका र सन् १९३२ मा मृत्यु भएका एडवर्ड वर्नस्टिन जर्मन सामाजिक जनवादी पार्टीका सदस्य र द्वितीय इन्टरनेसनलका अवसरवादी गुटका नेता थिए । उनी अराजकतावादी, संशोधनवादी र सुधारवादी थिए । रुसको समाज क्रान्तिको दिशाबारे बर्नस्टिन र प्रुधोँको अवसरवादी चिन्तनको तीव्र प्रभाव थियो । माक्र्सले कम्युनिस्ट घोषणापत्रको सन् १८७२ को भूमिकामा जोड दिनुभएको थियो : “मजदुर वर्गले राज्यको बनिबनाउ यन्त्र हातमा लिएर आफ्नो उद्देश्यपूर्तिको निम्ति प्रयोग गर्न सक्दैन” (लेनिन, सङ्कलित रचना, भाग ४, नेपाली अनुवाद, पृ. १२४) ।

    बर्नस्टिन र प्रुधोँले ‘बनिबनाउ’ राज्ययन्त्रमाथि सर्वहारा वर्गले ‘कब्जा’ गरेर समाजवादलाई रूपान्तरण गर्नुपर्दछ भन्ने अवसरवादी विचार राख्न पुगे । लेनिनले अझ जोडदार रूपमा भन्नुभएको छ : “माक्र्सले, जस्तो कि हामीले देखिसकेका छौँ, के भन्न चाहनुभएको थियो भने मजदुर वर्गले राज्यको पूरै यन्त्र चकनाचुर पार्नुपर्दछ, भाँचभुँच पार्नुपर्दछ, धुलोपिठो तुल्याउनुपर्दछ” (लेनिन, सङ्कलित रचना, भाग ४, नेपाली अनुवाद, पृ. १२४) ।

    कार्ल काउत्स्की बर्नस्टिन विरुद्ध उत्रिएता पनि उनको अझ मिहीन पाराको अवसरवादी विचारलाई लेनिनले औल्याउनु भएको थियो : “बन्र्सटिनको विरुद्ध काउत्स्कीले लेखेका थिए– सर्वहारा वर्गको अधिनायकत्वसम्बन्धी समस्याबारे प्रश्नको समाधानलाई हामी पूरै निश्चिन्त भएर भविष्यको निम्त छाडिदिन सक्दछौँ” (लेनिन, सङ्कलित रचना, भाग ४, नेपाली अनुवाद, पृ. १२५) ।

    आज आफूलाई कम्युनिस्ट भन्ने अवसरवादीले बाकुनिन र प्रुधोँको विचारको आधारमा प्रतिक्रियावादीको बनिबनाउ राज्ययन्त्रमाथि कब्जा गरेर समाजवाद स्थापना गर्ने उद्देश्य राख्दछन् । राज्ययन्त्रलाई “चकनाचूरै पार्ने, भाँचभुच पार्ने, धुलोपिठो तुल्याउने” विषयलाई काउत्स्कीको “….निश्चिन्त भएर भविष्यको निम्ति छोडिदिन सक्छौँ” भनेर सर्वहारा वर्गको क्रान्ति पर सार्ने वा अब “क्रान्ति हुन सक्दैन” वा “पुँजीवादको राज्ययन्त्रभित्र प्रवेश गरेर पुँजीवादीसँग प्रतिस्पर्धा गर्ने” भनेर तथाकथित कम्युनिस्ट पार्टीको झन्डा बोकिरहेका छन् ।

    (ग) सर्वहारा वर्गको पार्टी निर्माण र क्रान्तिसम्बन्धी लेनिनको कार्यनीतिप्रति अवसरवादी धार विरुद्धको सङ्घर्ष
    १. “अक्टोबर क्रान्तिअघि र त्यसपछिको बोल्सेभिकवादको सम्पूर्ण इतिहास नै दाउपेच, सहमति र बर्जुवा पार्टीसमेत अन्य पार्टीसँगको सम्झौताका उदाहरणले भरिपूर्ण छ” (लेनिन, सङ्कलित रचना भाग ७, “वामपन्थी” साम्यवाद : एक बालरोग, नेपाली अनुवाद, पृ. ६४) ।

    माथिको लेनिनको भनाइले के बताउँछ भने समाजवादी क्रान्तिको लागि सर्वहारा वर्गको पार्टीले “दाउपेच, सहमति र बुर्जुवा पार्टीसमेत अन्य पार्टीसँगको सम्झौता” गर्नुपर्ने आवश्यकता पर्दछ । यो आवश्यकता नदेख्ने “वामपन्थी” साम्यवाद अर्थात् “वामपन्थी” अराजकतावादीले क्रान्तिको खुड्किलो देख्दैनन् । एकैपटक “छलाङ” मार्न खोज्दछन् ।

    क्रान्तिको खु्डकिलो (रुसी क्रान्तिमा लेनिनले सन् १९०५ मा डुमाको बहिष्कार, १९०६ को बहिष्कार बेठिक भन्दै १९०७ पछि केरेन्स्कीको सरकार आउनुभन्दा पहिले डुमामा भाग लिएको, त्यसपछि रुसको सम्पूर्ण प्रतिक्रियावादी राज्ययन्त्रलाई “भाँचभुच” गरी

    सोभियत सत्ता स्थापना गरेको) देख्दैनन् । क्रान्तिको “खुडकिलो” मा माक्र्सले गरेको सङ्घर्ष सम्झन पनि चाहँदैनन् ।
    माक्र्सले भन्नुभएको कुरा लेनिनले यसरी राख्नुभएको थियो : “माक्र्स र एङ्गेल्सले भन्नुभएको थियो, हाम्रो दर्शन कोरा सिद्धान्त मात्र होइन, यो काम गर्नको लागि हो” (लेनिन, “वामपन्थी” साम्यवाद : एक बालरोग, नेपाली अनुवाद, पृ. ६५) ।

    लेनिनले अझ यो पनि भन्नुभएको छ : “सन् १९०७ मा बोल्सेभिकले डुमाको लागि भएको चुनावमा थोरै समयको लागि ‘सामाजिक जनवादी क्रान्तिकारीसँग’ औपचारिक राजनीतिक मोर्चा बनाएका थिए । सन् १९०३ र १९१२ को बिचमा कति वर्षसम्म यस्ता अवधि थिए, जुन बेला मेन्सेभिकसँग औपचारिक रूपमा राजनीतिक मोर्चा बनाएका थिए । रुसमा एउटै सामाजिक जनवादी पार्टीभित्र बसेर काम गरेका थियौँ तर अवसरवादी र सर्वहारा वर्गमा बुर्जुवा प्रभाव फैलाउने तत्त्वको रूपमा उनीहरूको विरुद्ध वैचारिक तथा राजनीतिक सङ्घर्ष गर्न कहिल्यै छोडेनौँ…” (उही, पृ. ६७) । यसरी क्रान्तिभन्दा पहिलेका ‘खुडकिला’ लाई उपयोग गर्न अस्वीकार गर्नेहरू अन्तमा माक्र्सले भने जस्तै बर्नस्टिन र प्रुधोँको अवसरवादी सिद्धान्तअनुसार पुँजीपतिको “बनिबनाउ यन्त्रमाथि” सर्वहारा वर्गलाई समाजवादी रूपान्तरण गर्ने दिशामा अघि सार्दछन् ।

    आज विश्व कम्युनिस्ट आन्दोलन र नेपाल कम्युनिस्ट आन्दोलनभित्र “वामपन्थी” सङ्कीर्णवाद र अराजकतावादी चिन्तनधारा दक्षिणपन्थी संशोधनवादको रूपमा तथा बाकुनिन र प्रुधोँका साथसाथै बन्र्सटिन र काउत्स्कीका अवसरवादी धारहरूको रूपमा प्रयोग भइरहेका छन् । अझ अर्को अवसरवादी धार मिलेराँवादका आधारमा बनिबनाउ “राज्ययन्त्रभित्र” पुँजीवादी प्रतिक्रियावादीसँग प्रतिस्पर्धा गर्न सरकारमा सहभागी समाजवादमा रूपान्तरण हुने अवसरवादले नेपाली कम्युनिस्ट आन्दोलनलाई क्षत्विक्षत् बनाइरहेको छ । हामीले लेनिनको अवसरवाद विरुद्धको सङ्घर्षलाई मध्यनजर गर्दै मुख्यत: लेनिनकै सन्दर्भलाई कसरी दक्षिणपन्थी र वामपन्थी अवसरवादले नेपालको कम्युनिस्ट आन्दोलनलाई प्रभाव पारेको छ भन्ने कुराको विवेचना गर्नेछौँ ।

    (घ) वामपन्थी अवसरवाद र अराजकतावादी चिन्तनसम्बन्धी प्रश्न
    १. अंश र समग्र विषयसम्बन्धी अवसरवादी दृष्टिकोण
    आज अंश र समग्रबिच द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणमा अवसरवादी चिन्तन हावी रहेको छ । लेनिनले भने जस्तै ठोस वस्तुको ठोस विश्लेषण समग्रताको आधारमा कुनै पनि विषयको परिभाषा बन्दछ । अंशलाई मात्र समातेर सही विश्लेषण गर्न सकिँदैन अर्थात् सही परिभाषा बन्न सक्दैन । कम्युनिस्टले पुँजीवादी साम्राज्यवादीको बनिबनाउ घरभित्र पसेर उनीहरूसँग प्रतिस्पर्धा गर्न सक्दैन । लेनिनले भने जस्तै पुँजीपति वर्गको “राज्यको पूरै यन्त्र चकनाचूर पार्नुपर्छ, भाँचभुच पार्नुपर्दछ, धुलोपिठो तुल्याउनु पर्छ ।” त्यसको निष्कर्ष यो निस्कन्छ कि सर्वहारा वर्गले क्रान्ति सम्पन्न गरेपछि मात्र आफ्नो व्यवस्था कायम गर्न सक्छ ।

    दक्षिणपन्थी अवसरवादीले लेनिनको अर्को भनाइ अंशलाई लिएर “सुँगुरको खोरभित्र” सङ्घर्ष गर्ने अंशलाई मात्र टेकेर मिलेराँवादी सिद्धान्त प्रयोग गरेका छन् । अर्कोतिर ‘वामपन्थी’ सङ्कीर्णवादी तथा अराजकतावादीले लेनिनकै रचनाको अंश… “दाउपेच सहमति र बुर्जुवा पार्टीसमेत अन्य पार्टीसँगको सम्झौता” (लेनिन, सङ्कलित रचना, भाग ७, नेपाली अनुवाद, पृ. ६४) लाई समातेर समाज विकासका खुडकिलाहरू (“…हामी बिचका स्टेसनमा नथामिएर, सम्झौता नगरिकन, जुनसुकै सम्झौताले विजय दिवसलाई पछि पछि सही र दासत्वको अवधिलाई लत्याउँछ मात्रै…. ब्लाकीवादीले आफ्नो घोषणापत्रमा लेखेका थिए…” (उही, पृ. ६४) अस्वीकार गर्छन् ।

    उनीहरूले नेपालमा आएको पुँजीवादी गणतन्त्रलाई अस्वीकार गर्दछन्, गणतान्त्रिक संविधानलाई प्रगतिशील देख्दैनन्, बुर्जुवा वा सबै प्रकारका सम्झौता, सहमति, कार्यगत एकतालाई अस्वीकार गर्दछन् । दक्षिणपन्थी अवसरवाद र ‘वामपन्थी’, सङ्कीर्णतावाद दुवैले अंशलाई मात्र समातेर जनवाद/समाजवादी व्यवस्थामा जाने कुरा गर्दछन् । विषयवस्तुको समग्रतालाई तिलाञ्जली दिन्छन् ।

    २. सर्वहारा वर्गको अधिनायकत्व
    माक्र्स–एङ्गेल्स, लेनिनको समयमा सर्वहारा वर्गको अधिनायकत्वको विषयमा दक्षिणपन्थी र ‘वामपन्थी’ कोणबाट ठुलो सङ्घर्ष चलाउनपरेको थियो । अहिले सर्वहारा वर्गको अधिनायकत्वलाई ‘शास्त्रीय माक्र्सवाद’, विज्ञान टेक्नोलोजीको विकासले ‘एक्काइसौँ शताब्दीको माक्र्सवाद’ भन्दै दक्षिणपन्थी अवसरवादी र विसर्जनवादीले ठाडै अस्वीकार गरेका छन् ।

    माक्र्सवादको वर्गसङ्घर्षको सिद्धान्तअनुसार पार्टी निर्माणको प्रक्रियाभित्र बुर्जुवा सिद्धान्त अनुकरण गरेर लेनिनको प्रसिद्ध सिद्धान्त “लेनिनवादी सङ्गठनात्मक सिद्धान्त” लाई “भाँचभुँच”, “च्यातचुत” पारेर कम्युनिस्ट पार्टीभित्र बहसको स्वतन्त्रता “पार्टीभित्र जनवाद” प्रवेश गराई “एक्काइसौँ शताब्दीको जनवाद” को सिद्धान्त ल्याएका छन् । माक्र्सवादी–लेनिनवादी सिद्धान्तलाई तिलाञ्जली दिएर युरोपका पहिलेका समाजवादी देशले पुँजीवादीसँग सहकार्य गर्दै समाजवादलाई विसर्जन गरेर ल्याएको “युरोप कम्युनिज्म” को सिद्धान्तलाई लिएर नेपालमा बहुदलीय जनवादको नयाँ सिद्धान्त प्रयोग गरिरहेका छन् ।

    आज युरोप कम्युनिज्मभित्रका देशहरू (फ्रान्स–जर्मन) साम्राज्यवादी देशमा परिणत भइसके । ‘ग्लासनोस्त र पेरेस्त्रोइका अपनाएर सोभियत युनियन विघटन गरे । क्रान्तिकारी कम्युनिस्ट आन्दोलनभित्र सर्वहारा वर्गको अधिनायकत्वमाथि नयाँ नयाँ भ्रम पैदा गराइरहेका छन् । बुर्जुवा पुँजीवादभित्रको कथित प्रजातन्त्रको नाराले पार्टीभित्रको अनुशासनलाई बुर्जुवा वर्ग जस्तै “पार्टी भनेको गुटको सङ्गठन हो” भन्ने गलत प्रयोगले असर पारिरहेको छ ।

    ३. लेनिनवादको प्रसिद्ध सिद्धान्त – साम्राज्यवादको व्याख्या
    पुँजीवाद, एकाधिकारमा प्रवेश गरेपछि यसले साम्राज्यवादमा प्रवेश गर्दछ । माक्र्स–एङ्गेल्सको समय पुँजीवादको विकासकाल थियो ।

    यो बेला पुँजीको बजार विकसित भइसकेको थिएन । औद्योगिक उत्पादन र वित्तीय पुँजीको एकाधिकारवादी वितरण प्रणालीको विकासले साम्राज्यवादमा प्रवेश गर्दछ । बजारको एकाधिकारका लागि आपसी प्रतिस्पर्धाको कारण युद्ध निम्त्याउँछ । यसरी पुँजीवाद साम्राज्यवादमा प्रवेश गर्दछ ।

    प्रथम विश्वयुद्ध, द्वितीय विश्वयुद्ध, शीतयुद्ध र अहिले चलिरहेको साम्राज्यवादी प्रतिस्पर्धा र युद्ध सबै पुँजीको एकलौटी नियन्त्रण, साम्राज्यवादी चरित्र हो । अहिलेको सर्वहारा वर्गको लडाइँ साम्राज्यवाद विरुद्ध लक्षित नगरिकन विजय प्राप्त हुँदैन । साम्राज्यवादको विरुद्ध आफ्नो देशको आर्थिक, सामाजिक र राजनीतिक वर्गीय विश्लेषणको आधारमा क्रान्तिको रणनीति र कार्यनीति निर्धारण हुन्छ ।

    अहिलेको युग साम्राज्यवादी युग हो अर्थात् लेनिनवादी युग हो । साम्राज्यवादी युगमा हुने क्रान्तिको मार्गदर्शन लेनिनवादी सिद्धान्तले नै गर्दछ । माक्र्सवादको आधारमा नै लेनिनवादको विकास भएको हो ।

    समाज विकासको क्रमसँगै विज्ञान र टेक्नोलोजीको विकासले वर्गसङ्घर्ष झन् तिखो बन्दै गएको साम्राज्यवाद हरेक दशकको असफलतापछि आफ्नो स्वरूपमा परिवर्तित परिमार्जित गर्दै आइरहेको छ । युद्धको तरिका पनि परिमार्जित गर्दै आइरहेको छ ।

    उदारवाद, नवउदारवाद साम्राज्यवादी नीति हुन् । सूचना, विज्ञान, टेक्नोलोजी, बैङ्क, वित्तीय क्षेत्र, सामाजिक सञ्जाल, अन्तरिक्ष क्षेत्रमा साम्राज्यवादी कब्जा व्याप्त छ । औद्योगिक उत्पादनबाट कृषि क्षेत्रमा समेत साम्राज्यवादी कब्जाको विकास भएको छ । जमिन, खनिज पदार्थ, पानीमा समेत उसको कब्जा बढ्दै गइरहेको छ । शिक्षा, अनुसन्धान, संस्कृति, बौद्धिक सम्पत्तिमाथि पनि साम्राज्यवाद हावी हुँदै गइरहेको छ । बजार र आवागमनका समुद्री र हवाई मार्गमाथि साम्राज्यवादको एकाधिकार कायम गर्ने होडबाजीमा साम्राज्यवादीहरू युद्धमा लागिरहेका छन् । आणविक हतियार र जैविक हतियारको उत्पादन र त्यसलाई प्रयोग गर्ने विषयमा साम्राज्यवादीबिच होडबाजी बढिरहेको छ । एकातिर साम्राज्यवादको पन्जा पृथ्वीलगायत अन्य ग्रहमा पनि फैलाइरहेछ भने अर्कोतिर मानिसको ब्रेनलाई नियन्त्रण गर्ने प्रविधिको विकास गरेर विश्वभरिका जनतालाई साम्राज्यवादको कब्जामा हिँडाउने दिशामा अघि बढिरहेको छ । मानव जातिको संहारमा लागेको साम्राज्यवाद जतिसुकै नयाँ रूप र शैली अपनाएता पनि साम्राज्यवादी उत्पीडनमा परेका जनताको चेतना विकासमा वृद्धि हुँदै गइरहेको छ । यसले गर्दा साम्राज्यवाद बारम्बार सङ्कटमाथि सङ्कटबाट गुज्रिरहेको छ र अत्यन्त कमजोर बन्दै गइरहेको छ । समाज विकासको प्राकृतिक नियमले साम्राज्यवादको पतन अवश्यम्भावी छ ।

    ४. विश्व सर्वहाराबिचको सङ्गठित एकता र उत्पीडित राष्ट्रबिच साम्राज्यवाद विरुद्धको संयुक्त मोर्चामा लेनिनवादी–सिद्धान्तको भूमिका
    माक्र्स–एङ्गेल्सले विश्व सर्वहारा बिचको एकतालाई महत्त्व दिएर प्रथम इन्टरनेसनल स्थापना गर्नुभयो । बर्नर्टिन, मिलेराँ, हिडमेन, बोम्पर्स, कार्ल काउत्स्की जस्ता समाजवादी अवसरवादीको कब्जाले दोस्रो इन्टरनेसनल विघटन हुन पुग्यो । लेनिनलाई तेस्रो इन्टरनेसनलको स्थापनाका लागि दोस्रो इन्टरनेसनलका अवसरवादी राजनीतिक विचारधाराको विरुद्ध तिखो आलोचना र भण्डाफोर गर्नुपर्‍यो । प्रथम विश्वयुद्धताका समाजवादी अवसरवादीको अन्धराष्ट्रवादको विरुद्ध पनि सङ्घर्ष सञ्चालन गर्नुपर्‍यो । विश्व समाजवादी क्रान्तिको लागि सर्वहारा अन्तर्राष्ट्रियतावादसम्बन्धी स्पष्ट दृष्टिकोण (ढुलमुल, मध्यपन्थी, अवसरवादी चिन्तनको विरुद्ध) आवश्यक शर्त हुने कुरामा तिखो सङ्घर्ष गर्नुपर्‍यो । कुनै पनि देशमा सर्वहारा क्रान्तिको सफलता अन्तर्राष्ट्रिय सर्वहाराबिचको सङ्गठित एकता आवश्यक रहने कुरामा लेनिनवादले स्पष्ट दिशाबोध गरेको छ ।

    ५. लेनिनवादी सङ्गठनात्मक सिद्धान्त : सङ्गठनको निर्माण र विकासमा मूल मार्गदर्शक सिद्धान्त
    रुसमा बोल्सेभिक पार्टी निर्माणभन्दा पहिले माक्र्सवाद अवलम्बन गर्ने थुप्रै गुट र उपगुट थिए । लेनिनको अग्रतामा ती गुटलाई एकजुट बनाएर सामाजिक जनवादी पार्टी निर्माण भयो । सर्वहारा वर्गको पार्टी निर्माणका शर्त पार्टीलाई नियमित लेबी दिने, पार्टीसदस्य कुनै पनि कमिटीमा अनिवार्य बस्नुपर्ने, पार्टीको निर्णयलाई लागु गर्ने, जिम्मेवारी लिनुपर्ने प्रस्ताव लेनिनले राख्नुभयो ।

    सामाजिक जनवादी पार्टीभित्र विभिन्न गुटउपगुट थिए । पार्टी कमिटीभित्र आफ्ना विचार स्वतन्त्र हुन्छन् । पार्टी कमिटीले निर्णय गरेपछि (बहुमत–अल्पमत भएर गरिएको निर्णय पार्टीको निर्णय हुन्छ) आफ्ना स्वतन्त्र विचार बाहिर लैजानेको कुरा अनुशासनको विषय हुन्छ भनेर प्रस्ताव गर्नुभयो । नेपालमा पार्टी कमिटीभित्र रहने स्वतन्त्र विचारलाई पार्टीबाहिर प्रचार गर्ने, आफ्ना ती विचारको समूह–गुट बनाउने, आफ्ना त्यस प्रकारका विचार पत्रिका, सामाजिक सञ्जालमा प्रचार गर्ने प्रवृत्ति व्यापक रूपमा प्रयोग हुँदै आएको छ ।

    सर्वहारा क्रान्तिको चरणमा सर्वहारा वर्गबिच बलियो एकता आवश्यक हुन्छ । सर्वहाराबिचको आपसी अन्तरविरोधलाई पुँजीवादी प्रतिक्रियावादीले बडो मिहीनपूर्वक उपयोग गर्छन् र सर्वहाराबिच फुट पैदा गरेर सर्वहारा वर्गलाई कमजोर बनाउँछन् । लेनिनवादले सर्वहाराबिच लौह एकताका लागि यस प्रकारका धेरै गहन साथ यस्ता विषयलाई उठाएको छ । नेपाली कम्युनिस्ट आन्दोलन सर्वहारा वर्गको अधिनायकत्वलाई तानाशाही पार्टी वा तानाशाही नेता भयो भनेर बुर्जुवा सङ्गठनात्मक सिद्धान्तको वकालत गर्ने, लेनिनवादी सङ्गठनात्मक सिद्धान्तलाई अँगालेर बनेको पार्टीलाई ‘मोनोलिथिक’ तानाशाही पार्टी भनेर प्रचार गर्ने यो पुँजीवादी–साम्राज्यवादीको कुटिल बुर्जुवा नीति हो ।

    सर्वहारा वर्गबिचको बलियो एकताको आधार जनवादी केन्द्रीयता हो । जनवादी केन्द्रीयता लेनिनवादी सङ्गठनात्मक सिद्धान्तको मूल आधार हो । जनवादी केन्द्रीयता सर्वहारा वर्गको फलामे एकता हो, पुँजीवाद र साम्राज्यवाद विरुद्धको क्रान्तिको लागि मजबुत शक्ति हो, शक्तिशाली तागत हो । यो तागतलाई तोड्न पुँजीवादी साम्राज्यवादले सर्वहारा वर्गको दृष्टिकोण फेर्न बौद्धिक र सैद्धान्तिक र पुँजीवादी दर्शन, नयाँ कलेवरमा प्रतिपादन गर्दछन्, जसलाई हामी अवसरवाद, संशोधनवाद भन्दछौँ । यो संशोधन दुवै रूपमा आउँछ : दक्षिणपन्थी संशोधनवादी अवसरवाद तथा उग्र‘वामपन्थी’ र ‘वामपन्थी’ अवसरवाद । लेनिनको समयमा रुसको पार्टी निर्माणको प्रक्रियामा सामाजिक जनवादी पार्टीभित्र यी सबै प्रकारका अवसरवादी विचार बोकेको नेताहरू थिए ।

    लेनिनले राखेका पार्टी सदस्य, लेबी र जिम्मेवारी तोक्ने प्रस्तावलाई अस्वीकार गर्नेहरू अल्पमतमा परे, जसलाई मेन्सेभिक भनिन्थ्यो, जसको नेतृत्व मार्तोभले गर्दथे । पछि लेनिनले नेतृत्व गरेको पार्टी बोल्सेभिक (बहुमत) को नामले स्थापित भए । अक्टोबर क्रान्तिमा मेन्सेभिकले क्रान्तिको विरोधमा उत्रिए ।

    सर्वहारा वर्गको पार्टीले लेनिनवादी सङ्गठनात्मक सिद्धान्तको आधारमा पार्टी निर्माण र विकास गर्नुपर्दछ । यदि त्यो पार्टी त्यस आधारमा विकास हुन्छ भने क्रान्तिको सफलतापछि त्यो पार्टीले इमानदार र अनुशासित सत्ता चलाउन सक्छ । जनता र समाजलाई अनुशासनको स्थापना गराउन सक्छ । सफलतापूर्वक सत्ता सञ्चालन गर्न सक्दछ । त्यसैले पुँजीपतिको बनिबनाउ राज्ययन्त्रमाथिको सत्तामा सर्वहारा वर्ग पुग्यो भने त्यसको पतन छिटै हुन्छ । माक्र्सले फ्रान्सको क्रान्तिको अनुभव र विश्वका विभिन्न पार्टीको निर्माण भएका बेलाको अनुभवलाई आधार बनाएर यो सिद्धान्त निकाल्नु भएको हो ।

    ६. लेनिनवादलाई पढौँ, फेरि पनि पढौँ, दशकौँपटक पढौँ र यसलाई देशव्यापी बनाएर बहस र छलफलमा उतारौँ र पार्टी र क्रान्तिलाई सफलता पूर्वक विकास गरौँ

    नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले शतवार्षिकी स्मृति दिवसको अवसरमा लेनिनको लेनिनवादी सिद्धान्तलाई सम्पूर्ण पार्टी तहमा लैजाने र छलफल चलाउने निर्णय ऐतिहासिक र महत्त्वपूर्ण छ । माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओका रचनालाई समग्र अध्ययन नगर्ने, सूत्र र अंश निकालेर त्यसैलाई आफ्नो माक्र्सवाद–लेनिनवाद र माओ विचारधारा मान्ने तथा व्यावहारिक रूपमा माक्र्सवाद–लेनिनवाद र माओ विचारधारालाई नै बिर्सँदै जाने प्रवृत्तिलाई रोक्न यसले महत्त्वपूर्ण भूमिका खेल्ने छ । पार्टी र पार्टीबाहिर मजदुर–सर्वहारा वर्ग र त्यसप्रति आस्था गर्ने इमानदार परिवर्तनकारी देशभक्त व्यक्तिको दिमागमा आजको युग लेनिनवादी युग हो । आजको क्रान्ति माक्र्सवाद–लेनिनवाद, माओ विचारधाराको क्रान्तिको युग हो । सर्वहाराको मुक्ति उत्पीडित राष्ट्रको मुक्ति यही सिद्धान्तको मार्गदर्शक सिद्धान्त हो । यो वैज्ञानिक र अकाट्य सिद्धान्त हो । यसको बाटोबिना सर्वहारा वर्गको मुक्ति सम्भव छैन । राष्ट्रको मुक्ति सम्भव छैन ।

    असफलतातिर लम्किरहेको साम्राज्यवाद सर्वहारा वर्गलाई विभाजित गरेर सफलताको डिङ हाँकिरहेको छ र मानव समाजलाई ध्वस्त बनाउँदै छ । यसको गहिरो अध्ययन र विश्लेषणले हाम्रो देशको वस्तुगत परिस्थितिलाई केलाउन मदत गर्दछ । क्रान्तिको रणनीति र कार्यनीति निर्धारण गर्न मदत गर्दछ । क्रान्तिको रणनीति र कार्यनीतिलाई सही रूपमा पहिल्याउन मदत गर्दछ । सामन्तवाद, दलाल पुँजीवाद, अमेरिकी साम्राज्यवाद, रुसी साम्राज्यवाद, चिनियाँ साम्राज्यवाद, युरोपियन साम्राज्यवाद, भारतीय साम्राज्यवादको उत्पीडन, शोषण, उनीहरूको साम्राज्यवाद र ती साम्राज्यवादले हाम्रो राष्ट्र, नयाँ जनवादी क्रान्तिलाई पार्ने असरलाई बुझ्न सक्ने छौँ, केलाउन सक्ने छौँ । नेपालकै वस्तुगत अवस्थाको सही विश्लेषण गरेर नयाँ जनवादी क्रान्तिको सफलता प्राप्त गर्ने छौँ ।

    “मानव समाजको इतिहास वर्गसङ्घर्षको इतिहास हो” भन्ने सन् १८४८ मा कम्युनिस्ट घोषणापत्र जारी भएको अवस्थादेखि अहिलेसम्म आइपुग्दा हाम्रो चिन्तन र दृष्टिकोणमा सामन्ती, बुर्जुवा पुँजीवाद, साम्राज्यवादका मिहीन दृष्टिकोण भरिएका छन् । यस प्रकारको दृष्टिकोणले क्रान्तिको बाटो पहिल्याउन सक्दैन, यसले विचलन जन्मिरहन्छ र लामो सङ्घर्ष गरे पनि अवसरवादी चिन्तन हावी हुन पुग्छ र हामी विसर्जनमा पुग्छौँ अनि क्रान्तिलाई मृगतृष्णा ठानेर पलायन बनाइदिन्छ वा प्रतिक्रियावादी कित्तामा पुर्‍याइदिन्छ । लेनिनवाद शास्त्रीय होइन, कुरान, बाइबल, वेद जस्ता पोथा होइन, वैज्ञानिक तथ्य, प्राकृतिक नियमको वैज्ञानिक विश्लेषण हो । यसबारे पटक पटक अध्ययन र विश्लेषण आवश्यक पर्दछ ।

    आज मानवको क्षमताको विषय, जीवनशैलीको विषय, पारिवारिक सम्बन्धको विषय, विज्ञानको अध्ययन–अनुसन्धान गर्ने विषय, समाज विकासको प्राकृतिक नियमको विषय आम मानवको उत्पत्ति र उसको सामथ्र्य तथा उद्देश्यको विषय अर्थात् दर्शनको विषयमा लेनिनको सिद्धान्तमा लाखौँ विषय बोलेको छ । एउटा च्याप्टर, एउटा सूत्र, एउटा विषयको अध्ययनले अल्पज्ञान प्राप्त हुन्छ । अल्पज्ञान मानव समाजको सबैभन्दा खतरनाक ज्ञान हो । यस्तो अल्पज्ञानले सर्वहाराको वर्गदुस्मन दलाल पुँजीवाद–साम्राज्यवाद ठुलो फाइदा पुगिरहेको हुन्छ र परिणाम सर्वहारा वर्गसँगै मानव समाज पनि ध्वस्त हुन्छ । मानव समाजलाई ध्वस्त बनाउने तत्त्व साम्राज्यवादलाई निमिट्यान्न पार्ने अठोट हामीले लिनुपर्ने बेला भएको छ ।

    मानव समाज साम्यवादी युगमा नपुग्दासम्म वर्गसङ्घर्ष जारी राख्नुपर्दछ । सर्वहारा वर्गले साम्यवादमा पुग्नुभन्दा पहिले समाजवादी क्रान्ति गर्नुपर्दछ । समाजवादमा पुग्नुभन्दा पहिले सर्वहारा वर्गले पुँजीवादी क्रान्ति गर्नुपर्दछ । हाम्रो जस्तो अर्धसामन्ती देशमा नयाँ जनवादी क्रान्ति गर्नुपर्दछ । नयाँ जनवादी क्रान्ति गर्नुभन्दा पहिले सर्वहारा वर्ग, मजदुर किसान, जाति/जनजातिलाई सङ्गठित गरेर आन्दोलनमा उतार्नुपर्दछ । माक्र्सले भने जस्तै प्रत्येक स्टेप नचाल्दासम्म साम्यवादको लक्ष्य पूरा हुँदैन । त्यसका लागि कैयौँ पुस्ता जान सक्छ ।

    पुँजीवादी–साम्राज्यवादीहरू मानव समाजलाई ध्वस्त बनाउँदै छन् । मानव समाजको रक्षा र विकासको जिम्मेवारी सर्वहारा वर्गले मात्र लिन सक्छ ।

    महान् माक्र्सवादी दार्शनिक, मानव इतिहासमा प्रथम पल्ट र सर्वहारा वर्गको सत्ता स्थापित गराउने महान् लेनिनप्रति हार्दिक श्रद्धाभाव व्यक्त गर्दछु ।

    शुक्रबार, फागुन २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • २.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ३.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ४.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ५.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    • ६.
      इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

    • ७.
      आशावादी हुन गुटेरेसको आग्रह

    • ८.
      महामारी सामना गर्न विश्वलाई थप तयारी आवश्यक

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.