• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

साम्यवादी आन्दोलनमा लेनिनको योगदान


  •   बुधबार, फागुन २३, २०८० मा प्रकाशित
  • जनकराज शर्मा ##

    Advertisement

    रुसी बोल्सेभिक क्रान्तिका महान् नेता, विश्व सर्वहारा वर्गका मुक्तिदाता, बहुप्रतिभाशाली भ्लादिमिर लेनिनको जन्म अप्रिल २२, १८७० मा रुसको भोल्गा नदीको किनारको एउटा गाउँमा भएको थियो ।

    माक्र्स र एङ्गेल्सले परिकल्पना गरेर पुस्तकमा उल्लेख गरेको साम्यवादी सिद्धान्तलाई वैज्ञानिक प्रयोगद्वारा विश्वमा पहिलोपटक लेनिनले नोभेम्बर १७, १९१७ मा रुसमा बोल्सेभिक क्रान्ति सम्पन्न गरेर कम्युनिस्ट सरकार बनाउन सफल भए । विश्व सर्वहारा वर्गको मुक्ति आन्दोलनको इतिहासमा यो एउटा नयाँ सुनौलो युगको प्रारम्भ थियो । ६ हजार माइल फैलिएको विशाल सोभियत राज्यको निर्माण गर्न लेनिन सफल भए । लेनिन सोभियत भूमिका मात्र प्यारा नेता बनेनन्, उनी विश्वभरिका सर्वहारा श्रमजीवी वर्गका प्यारा नेताको रूपमा परिचित भए ।

    लेनिनलाई विश्वका श्रमजीवी, सर्वहारा वर्गले मुक्तिदाताको रूपमा सम्झने गर्दछन् भने सामन्त, वुर्जुवा वा पुँजीपति वर्गले ठुलो तानाशाहको रूपमा लिने गर्दछन् किनकि लेनिनले जारशाहीद्वारा विश्वका उत्पीडित मुलुक र त्यहाँका जनता तथा रुसका जनतामाथि गरेको दमन, शोषण र उत्पीडनको स्वर्गलाई रुसी बोल्सेभिक समाजवादी क्रान्तिद्वारा ध्वस्त पारेर रुसमा सर्वहारा श्रमजीवी वर्गको मुक्तिको व्यवस्था समाजवाद स्थापना गरिदिएका थिए ।

    लेनिन रुसका श्रमजीवी सर्वहारा वर्गका प्यारा नेता मात्र नबनेर विश्व सर्वहारा श्रमजीवी वर्गका नेता यसकारणले बने कि विश्व औद्योगिक क्रान्तिपछि विश्वस्तरमा कलकारखानको विकास भयो । मालिकले कारखानामा काम गर्ने मजदुरलाई दैनिक १८ घन्टा काम गराउने र उनीहरूको उचित श्रम नदिएर शोषण गर्ने गरेबाट कामदार वर्ग ठुलो उत्पीडनमा परेका थिए । कामदार वर्गले मालिक वर्गबाट भएको श्रमशोषण, उत्पीडनबाट मुक्तिको बाटो खोजिरहेका थिए । माक्र्स–एङ्गेल्सको साम्यवादी सिद्धान्तको राम्रो ज्ञान भएका लेनिनले औद्योगिक मजदुरको पीडाको सम्बोधन गर्न सफल भए । विश्वभरिका मजदुर वर्गका प्रिया नेता बन्न पुगे ।

    लेनिनका दाइ अलेक्जेन्डर अतिक्रान्तिकारी थिए । उनले जारशाहीको हत्या गर्ने योजना बनाए । लेनिन व्यक्तिहत्याको विरुद्धमा थिए तर जारशाहीले लेनिनको दाइ अलेक्जेन्डरको २१ वर्षको उमेरमा हत्या गरिदियो । यसबाट लेनिन झन् आक्रोशित भए । जारशाहीको सत्ता पल्टाउने अभियानमा लेनिन लागे । जारशाहीको निरङ्कुश सत्ताको विरोध गरेबापत लेनिनले तीन वर्षका लागि साइबेरियामा निर्वासित हुनुपर्‍यो । जारशाहीले लेनिनलाई रुसको भूमिमा टेकेपछि मृत्युदण्ड दिने घोषणा गरेको थियो । साइबेरियामा निर्वासित हुँदाको समयमा लेनिनले जारशाहीको सत्ता ध्वस्त पार्नका लागि रुसी आन्दोलनलाई सङ्गठित गर्ने योजना बनाएका थिए ।

    साइबेरियामा निर्वासित हुँदाकै समयमा लेनिनको क्रुप्सकायासँग भेट भयो । उनी क्रान्तिकारी विचारकी थिइन् । रुसको क्रान्तिकारी आन्दोलनलाई सङ्गठित गर्ने काममा उनको पनि ठुलो भूमिको रहेको छ । लेनिनले पछि उनीसँग विवाह गरे । साइबेरियामा बसेर लेनिनले इस्क्रा (झिल्को) नामक पत्रिका प्रकाशन गरेर रुसी क्रान्तिकारी आन्दोलनलाई ठुलो ऊर्जा दिएका थिए ।

    भ्लादिमिर लेनिनको जीवनमा धेरै आरोहअवरोह आए । क्रान्तिकारी आन्दोलनको उठान गर्ने क्रममा उनलाई कैयौँपटक भूमिगत बस्नुपर्ने, निर्वासित हुनुपर्ने, नाम परिवर्तन गर्नुपर्ने अवस्थाको सिर्जना भयो । त्यस क्रममा उनलाई १५० ओटा उपनामबाट चिनिनुपर्ने भयो । ती सबै नाममध्ये लेनिन नाम सबैले चिन्न थाले।

    सन् १९०५ मा रुसी मजदुरले गास, बास, कपासको माग गर्दै आन्दोलन सुरु गरे । रुसी मजदुरले गरेको उक्त आन्दोलनमाथि जारशाही सरकारले गास, बास, कपास दिनुभन्दा तातो गोली दिएर लाखौँ आन्दोलनकारीको हत्या गर्‍यो । उक्त आन्दोलन असफल भयो । उक्त आदोलनलाई अक्टोबर क्रान्तिको नामले चिनिन्छ । अक्टोबर क्रान्तिपछि लेनिन साइबेरियाबाट रुस आउँछन् ।

    रुसी क्रान्तिमा स्टालिनको महत्त्वपूर्ण भूमिका थियो । लेनिनलाई स्टालिनको ठुलो सहयोग मिलेको थियो । रुसका युवाहरूले लेनिनलाई ठुलो साथसहयोग गरेका थिए । लेनिनको बलप्रयोगको सिद्धान्तबाट जारशाहीको सत्ता पल्टाउन सकिन्छ भन्ने अठोटलाई रुसका प्रायश: युवाहरूले साथ दिएका थिए ।

    रुसको क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउने क्रममा पार्टीबाहिर र पार्टीभित्र लेनिनले कडा सङ्घर्ष गर्नुपरेको थियो । एकातर्फ सामाजिक प्रजातन्त्रवादी (पुँजीवादी) र अर्कोतर्फ अराजकतावादी (मार्तोेभ) सँग कडा सङ्घर्ष गर्नुपरेको थियो । सुरुमा सामाजिक प्रजातन्त्रवादीसँगको कडा सङ्घर्षद्वारा उनीहरू अलग्गिए भने त्यसपछि मार्ताेभ (मेन्सेभिक) सँगको कडा सङ्घर्ष भयो र उनीहरू अलग भए । लेनिनले बोल्सेभिक (बहुमत) को नेतृत्व गर्नुभयो ।

    क्रान्तिकारी सिद्धान्त, नीति, विचार तथा त्यसको आधारमा गरिने क्रान्तिकारी आन्दोलनको रक्षा र विकासका खातिर लेनिनले विरोधी पक्षसँग गरेको कडा र चुनौतिपूर्ण सङ्घर्षको इतिहासबाट शिक्षा लिएर अगाडि बढ्न सकेपछि मात्र हामी क्रान्तिको नजिक पुग्ने छौँ ।

    दक्षिणपन्थी विसर्जनवाद र वामपन्थी अवसरवादका विरुद्धको सङ्घर्ष माक्र्स–एङ्गेल्सको समयमा नै गर्नुपरेको थियो यद्यपि लेनिनले पनि त्यसको सामना गर्नुपर्‍यो र आज पनि त्यस विरुद्धको सङ्घर्ष क्रान्तिकारीले गर्नु परिरहेको छ ।

    अक्टोबर क्रान्तिपछि लेनिनले रुसी जनताको जनजीवनसँग जोडिएको गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारको विषयलाई लिएर सङ्घर्षको सुरुआत गरे । मजदुर आन्दोलन, किसान आन्दोलन शैक्षिक हडताल आदिको उठान गरेर जनतालाई जारशाही सत्ताको विरुद्धमा उतार्ने काम गरे ।

    रुसी क्रान्तिकारी आन्दोलनको प्रभाव युरोपका देशमा पर्‍यो । पुर्वी युरोपका धेरै देशमा मजदुर आन्दोलनको आँधिबेहरी सिर्जना भयो । ले

    निनले ती आन्दोलनको पनि सहजीकरण गरे । त्यस प्रकारको आन्दोलनको बलबाट आधा विश्वमा एकछत्र कायम भएको जारशाहीको सत्ता अन्तत: थर्कमान भयो । लेनिनले नेतृत्व गरेको रुसी क्रान्तिकारी कम्युनिस्ट पार्टी बोल्सेभिकले नोभेम्बर १७, १९१७ मा रुसी भूमिमा पहिलोपटक समाजवादी व्यवस्थाको झन्डा फहरायो । रुसमा समाजवादी क्रान्ति सफल भयो । लेनिन क्रान्तिकारी सोभियत राज्यको पहिलो राष्ट्राध्यक्ष बने । लेनिनको नेतृत्वमा सोभियत सत्ताको स्थापनापछि सर्वहारा वर्गको अधिनायकत्वको सिद्धान्तअनुसार नयाँ कानुन, नयाँ प्रशासनको सुरुआत भयो । सम्पत्तिमाथिको निजी स्वामित्वको अन्त्य, व्यक्तिगत सम्पत्तिको राष्ट्रियकरण, नि:शुल्क स्वास्थ्य, रोजगार, शिक्षाको व्यवस्था, योग्यताअनुसारको काम, कामअनुसारको ज्यालाको व्यवस्था, पञ्चवर्षीय योजनाको थालनी आदि समाजवादी आर्थिक–सामाजिक स्वरूपका तमाम रूपान्तरणमुखी कार्यक्रमको थालनी गरेर रसियालाई विश्व समाजवादी व्यवस्थाको आधारस्तम्भको रूपमा चिनाउन लेनिन सफल भए ।

    पार्टी, क्रान्तिको विकासको खातिर लेनिन यति काममा व्यस्त हुन्थे कि जीवनको उत्तरार्धमा उनलाई प्यारालाइस भएर दाहिने हातले लेख्न नसक्दा पनि बायाँ हातको सहारा लिएर पार्टीको कामलाई निरन्तरता दिने गरेको पाइन्छ । लेनिनको पार्टी र क्रान्तिप्रतिको निष्ठा, समर्पणलाई आजका कम्युनिस्ट क्रान्तिकारीले शिक्षाको रूपमा लिनु जरुरी छ ।

    आजका प्रायश: कान्तिकारीमा कम्युनिस्ट पार्टी, क्रान्तिकारी आन्दोलनप्रति निष्ठा, त्याग, समर्पण र बलिदानीको भावना हराएको पाइन्छ । पार्टी र क्रान्तिप्रति लेनिनले निर्माण गरेको इतिहासबाट आजका क्रान्तिकारीहरूले शिक्षा लिनु जरुरी छ ।

    सन् १९१७ देखि सन् १९२४ सम्म रुसी समाजवादी व्यवस्थाको सफल नेतृत्व गरेका महान् नेता लेनिनको रोगको कारण अल्पायुमा जनवरी २१, १९२४ मा निधन भयो । लेनिनको मृत्युपछि सोभियत सत्ताको नेतृत्व स्टालिनले गरे । रुसी कम्युनिस्ट पार्टीभित्र सुशुप्त अवस्थामा रहेका क्रातिकारी कम्युनिस्ट सिद्धान्त र नीतिविरोधी सोचविचार बोकेका केही संशोधनवादी दक्षिणपन्थीको रुसी कम्युनिस्ट पार्टीमा बाहुल्यता भयो ।

    स्टालिनको मृत्युपछि रुसी कम्युनिस्ट पार्टीको नेतृत्व पार्टीभित्रका अवसरवादी, शंसोधनवादीको हातमा गयो । स्टालिनले पार्टीभित्रका अवसरवादीलाई समयमा चिनेर किनारा लगाउन नसकेको परिणाम स्टालिनपछि खु्रस्चेव जस्ता संशोधनवादीले आफ्नो हातमा सत्ता लिइसकेपछि सन् १९९० मा सोभियत सङ्घको विघटन भयो । विश्व समाजवादी व्यवस्थाको आधार कमजोर भयो ।
    लेनिनको मृत्यु भएको जनवरी २१, २०२४ का एक सय वर्ष पूरा भएको छ । यो एक सय वर्षको अवधिमा विश्व कम्युनिस्ट आन्दोलनमा

    ठुलो उथलपुथल भएको छ । लेनिनको मृत्युपछि चीन, उत्तर कोरिया, भियतनाम, क्युबालगायतका देशमा समाजवादी क्रान्ति सम्पन्न भएका थिए भने रुसलगायत पूर्वीयुरोपका समाजवादी व्यवस्थाको विघटन भएका छन् । चीन, उत्तर कोरिया, भियतनाम, क्युबालगायतका देशमा पनि आज नाम मात्रको समाजवादी व्यवस्था छ । त्यहाँ पनि प्रतिक्रान्तिद्वारा समाजवादी व्यवस्थाको विघटन भइसकेको छ ।

    आज विश्वका कुनै पनि देशमा क्रन्तिकारी कम्युनिस्ट पार्टीको सत्ता छैन । विश्व कम्युनिस्ट आन्दोलन कमजोर तथा रक्षात्मक अवस्थामा छ । यो तात्कालिक अवस्थाको सन्दर्भमा सत्य हो । दीर्घकालीन रूपमा कम्युनिस्ट आन्दोलनको भविष्य भने उज्ज्वल छ । तात्कालिक रूपमा विश्व साम्राज्यवादी व्यवस्था बलियो जस्तो देखिए पनि साम्राज्यवादी देशको साम्राज्यवादी स्वार्थको लागि भएको आपसी द्वन्द्वको कारण राजनीतिक रूपले उनीहरू कमजोर हुँदै जाने छन् । साम्राज्यवादी शक्तिद्वारा उत्पीडित राष्ट्र र त्यहाँका मुक्तिकामी जनताको आन्दोलनबाट भविष्यमा साम्राज्यवादी विश्व व्यवस्था कमजोर हुँदै जाने छ र पुनश्च: विश्व समाजवादी व्यवस्थाको उदय हुने छ ।

    आज हामी बाँचेको युग पनि लेनिनकै युग हो । साम्राज्यवाद र सर्वहारा क्रान्तिको लेनिनवादी युगमा हामी बाँचेका छौँ । आजको युगमा लेनिनले अवलम्बन गरेको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको कार्यदिशा समयसापेक्ष रूपमा सही छन् । विश्व कम्युनिस्ट आन्दोलनमा लेनिनले खेलेको भूमिका र क्रान्तिकारी पार्टीसङ्गठन निर्माणको सवालमा उनले प्रतिपादन गरेको सङ्गठनात्मक सिद्धान्त “जनवादी केन्द्रीयता”, “छलफलमा स्वतन्त्रता र कार्यमा एकता” को नियमको प्रयोग आज पनि कम्युनिस्ट पार्टीको सङ्गठनलाई व्यवस्थित, अनुशासित, चलायमान, जुझारु बनाउन उत्तिकै आवश्यक र सान्दर्भिक छ ।

    जनवादी केन्द्रीयताको सिद्धान्त कम्युनिस्ट पार्टीको सङ्गठनात्मक क्षेत्रको आधारस्तम्भ हो । यो सानो लेखमा लेनिनले कम्युनिस्ट पार्टीको सङ्गठन निर्माण गर्ने सवालमा पुर्‍याएको योगदानको जति चर्चा गरे पनि कमी हुन्छ । लेनिनले प्रतिपादन गरेको “जनवादी केन्द्रीयता” को सिद्धान्त क्रान्तिकारी कम्युनिस्ट आन्दोलन र क्रान्तिकारी कम्युनिस्ट पार्टीको निर्माण तथा विकासको लागि लेनिनको समयमा जति महत्त्वपूर्ण र आवश्यक थियो पनि त्यतिकै आवश्यक छ ।

    माक्र्स–एङ्गेल्सले पुस्तकमा लेखेका दार्शनिक सिद्धान्तलाई क्रान्तिको विज्ञानद्वारा विश्वमा पहिलोपटक रुसमा प्रयोग लेनिनले नगरेको भए सायद आज विश्वभरि साम्यवादी सिद्धान्तको चर्चापरिचर्चा यो रूपमा कमै हुन्थ्यो होला । क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गर्नको लागि क्रान्तिकारी सिद्धान्त, नीति, विचार, चिन्तन वा दृष्टिकोणबाट लेस भएका समाजका सचेत, अग्रगामी, चलायमान अनुशासित श्रमजीवी सर्वहारा वर्ग अनिवार्य शर्त हुन् भन्ने विषयमा लेनिनले हमेसा जोड दिने गरेको पाइन्छ ।

    कम्युनिस्ट पार्टीको सङ्गठनलाई क्रान्तिकारी दिशामा रूपान्तरण गर्ने तथा राजनीतिक सङ्घर्षका कार्यनीति र रणनीतिलाई द्वन्द्वात्मक रूपमा निर्धारित गर्ने काममा लेनिनको ठुलो योगदान रहेको छ । सङ्गठनात्मक प्रणालीको क्षेत्रमा लेनिनले गरेको वैज्ञानिक र व्यावहारिक प्रयोग क्रान्तिकारी कम्युनिस्ट पार्टीको सङ्गठनले मात्र गरेका छैनन्, कतिपय कम्युनिस्ट विरोधी बुर्जुवा पार्टीले पनि अनुसरण गरेको देखिन्छ ।

    लेनिन स्मृति शतवार्षिकी कार्यक्रमको सिलसिलामा विश्वभरिका क्रान्तिकारी कम्युनिस्ट पार्टी तथा सङ्गठनले लेनिनको योगदानको बारेमा केवल स्मरण मात्र गरेको पाइन्छ । लेनिनले गरेको योगदानको स्मरण मात्र गरेर उनको समयमा गरे भएका क्रान्तिकारी आन्दोलन र सङ्गठनात्मक क्षेत्रमा भएको विकासको प्रतिफल इतिहासमा जे जति प्राप्त भएका थिए, ती सबै प्रतिफल आज हामीले प्राप्त गर्न सक्दैनौँ किनकि लेनिनको समयमा विश्वस्तरमा निर्माण गरिएका कम्युनिस्ट पार्टीका सबै आधारक्षेत्र आज भत्किएका छन् ।

    लेनिनको मृत्युपछि विश्वस्तरमा तयार भएका कम्युनिस्ट पार्टीका आधारक्षेत्र पनि धेरै कमजोर अवस्थामा छन् ।

    साम्यवादी आन्दोलनको वर्तमान परिस्थितिमा साम्यवादी आन्दोलन तथा सङ्गठनात्मक सिद्धान्त विकासको लागि भ्लादिमिर लेनिनले जुन गतिमा काम गरेका थिए, त्योभन्दा पनि उच्च प्रकारको वा गतिशील सङ्घर्षको तयारी आजका क्रान्तिकारी कम्युनिस्ट पार्टी या सङ्गठनले गर्नुपर्दछ ।

    त्यसका लागि लेनिनले निर्माण गरेको क्रान्तिको विज्ञानको जगमा उभिएर कामको सुरुआत गर्नुपर्दछ । काम सुरु गर्ने सिलसिलामा माक्र्सवादी सिद्धान्त, नीति, लेनिनवादी सङ्गठनात्मक प्रणालीको बारेमा पार्टी कार्यकर्तालाई प्रशिक्षित गर्ने, पार्टीसङ्गठनको विस्तार गर्ने, सङ्गठनको सुदृढीकरण र शुद्धीकरण गर्ने, क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको विकास गर्ने, कम्युनिस्ट पार्टीका आधारक्षेत्रको निर्माण गर्ने र निर्माण भएका आधारक्षेत्रको रक्षा गर्ने, कम्युनिस्ट पार्टीलाई श्रमजीवी सर्वहारा वर्गको संरक्षक वा अभिभावक हो भन्नेबारेमा परिचित गराउने, जनताको नैतिक, भौतिक सहयोगबाट कम्युनिस्ट पार्टीको शक्ति आर्जन गर्ने, जनताको दैनिक जनजीविकाको सवालमा आवाज बुलन्द गर्ने, कम्युनिस्ट पार्टी तथा पार्टी नेतृत्व हमेशा सर्वहारा श्रमजीवी वर्गको हितको पक्षमा उभिने, पार्टी सदस्य तथा कार्यकर्तालाई वर्गसङ्घर्षमा सामेल गर्न उत्प्रेरणा गर्ने, वर्गसङ्घर्षको उठान गर्ने, कम्युनिस्ट पार्टीको सङ्गठन तथा सङ्घर्षसँग जोडिएका विषयवस्तुमा सैद्धान्तिक र व्यवहारिक दुवै प्रकारले पार्टी समिति, सदस्य र कार्यकर्तालाई प्रशिक्षित गरेर नै लेनिनको शतवार्षिकी कार्यक्रमको अवसरमा लेनिनप्रति सच्चा सम्मान हुने छ अर्थात् लेनिनले स्थापना गरेको विश्व सर्वहारा वर्गको मुक्तिको व्यवस्था पुनस्र्थापित हुने छ ।

    बुधबार, फागुन २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.