• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

त्रिदेशीय टी-२० : नेपाल उपाधि जित्न असफल


  •   मङ्गलबार, फागुन २२, २०८० मा प्रकाशित
  • काठमाडौं । खराब बलिङ गरेपछि नेपालले घरेलु मैदानमा सम्पन्न त्रिदेशीय टी–२० आई श्रृंखला गुमाएको छ । त्रिवी क्रिकेट मैदानमा नेदरल्याण्ड्सबिरुद्धको फाइनलमा १८५ रनको राम्रो लक्ष्य दिए पनि बलिङमा साथ नपाउँदा नेपालले घरेलु मैदानको शृंखला गुमाएको हो ।

    Advertisement

    नेदरल्याण्ड्सले १९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । अनुभवी बलर सोमपाल कामी चल्न सकेनन् भने करण केसी र अविनाशले बिर्सनलायक प्रदर्शन गरे । नेदरल्याण्ड्सले सुरुआती देखि नै आक्रामक ब्याटिङ गर्दै दबाब बनायो ।

    डच टोलीका ओपनर माइकल लेभितले ५४ रन र साइब्रान्ड एंगलबे्रक्टलले ४८ रनको योगदान दिए । लेभितले २९ बलमा ६ चौका र तीन छक्का हिर्काउँदै आक्रामक ब्याटिङ गरे ।

    लेभितले पहिलो विकेटका लागि म्याक्स ओ डोउडसँग ८३ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिए । नवौं ओभरमा ओ डोउड २२ रनमा आउट भए । त्यो विकेटपछि विक्रमजित सिंह र साइब्रान्डको साथ पाएपछि डच टोली जितनजिक पुग्यो । विक्रमजितलले २९ रन जोडे ।

    डेथ ओभरको पहिलो तीन बलमा टिम भान डेरले करणलाई समान एक छक्का र चौका प्रहार गर्दै तीन बल अगावै जित सुरक्षित गराए । टिम भान ५ बल खेल्दै २१ रनमा अविजित रहे ।

    नेपालको बलिङमा कुशल मल्लले चार विकेट लिँदै चुनौती दिए । यद्यपि, उनी महँगा साबित भए । अविनाश बोहरा र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १८४ रनको योगफल बनायो ।

    ओपनर आसिफ शेखले सर्वाधिक ४७ रनको योगदान दिए । ३७ बलमा उनले तीन छक्का र एक चौका हिर्काए । गुल्सन झाले ३४, कुशल मल्लले २६, कप्तान रोहितकुमार पौडेलले २५ र कुशल भुर्तेलले २० रन बनाए । नेपालले सुरुआतदेखि नै आक्रामक ब्याटिङ गर्यो ।

    ओपनर कुशल भुर्तेलले ठूला सट खेल्दै दबाब बनाउने प्रयास गरे । उनी २० रनमा चौथो ओभरमा आउट भए । तर, आसिफ दोस्रो विकेटका लागि रोहितसँग ५९ रनको साझेदारी गरे ।

    पावर प्लेमा ५५ रन जोड्दा एक विकेट मात्र गुमाएको नेपालले १३.३ ओभरसम्म राम्रो ब्याटिङ गर्दै विशाल योगफलतर्फ अग्रसर भयो । तर, १८औं र १९औं ओभरमा चार विकेट गुमाएपछि नेपालको लक्ष्य पूरा भएन । १० रन जोड्दा नेपालका चार ब्याटर पभेलियन फर्किए । नेदरल्यान्ड्सको बलिङ टिम भान डेर गुग्टेन, लेभित, साइब्रान्ड र फ्रेड क्लासेनले समान दुई विकेट लिए ।

    लिग चरणमा चार अंकका साथ नेपाल दोस्रो स्थानमा रहेर फाइनल प्रवेश गरेको हो । डच टोलीले भने पाँच अंक जोडेको थियो । लिग चरणका सुरुआती दुई खेलमा नेपालले नामिबियासँग २० रन र नेदरल्यान्ड्सँग दुई रनको पराजय बेहोरेको थियो । तर पछिल्ला दुई खेलमा नेपालले नामिबियामाथि तीन रन तथा नेदरल्यान्ड्समाथि ६ विकेटको जित निकाल्यो र फाइनल यात्रा तय गर्यो ।

    नेदरल्यान्ड्सले नामिबियालाई पहिलो खेलमा ५९ रनले हराउँदा दोस्रो खेल भने वर्षाले रद्द हुन पुग्यो ।

    मङ्गलबार, फागुन २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.