• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

रक्तिम सांस्कृतिक अभियान रुकुम पश्चिम सम्मानित


  •   आइतबार, फागुन १३, २०८० मा प्रकाशित
  • मुसिकोट । रक्तिम सांस्कृतिक अभियान रुकुम पश्चिमलाई राप्ती साहित्य परिषद्ले सम्मान गरेको छ ।

    Advertisement

    भाषा, साहित्य र कलाको क्षेत्रमा योगदान दिएको भन्दै २०८० फागनु १२ गते रुकुमको मुसिकोटमा आयोजित एक कार्यक्रममाझ रक्तिमलाई सम्मान गरिएको हो ।

    सो दिन परिषद्ले आफ्नो सोह्रौँ वार्षिकोत्सव तथा पाँचौँ अधिवेशन आयोजन गरेको थियो । रुकुम साहित्यमालाको एक सय दशौँ शृङ्खलाको उत्कृष्ट व्यवस्थापन गरी रुकुम जिल्लाको भाषा, साहित्य र कलाको क्षेत्रमा योगदान गरेको भनी परिषद्ले अभियानलाई सम्मानित गरेको आयोजकले बताएको छ ।

    त्यसैगरी, कार्यक्रममा कला र साहित्यको क्षेत्रमा योगदान पुर्‍याउने अन्य स्रष्टा तथा सङ्घसंस्थालाई पनि परिषद्ले सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

    यसरी पुरस्कृत हुनेहरूमा रुकुम साहित्यमाला पुरस्कारबाट गणेशा विष्ट कार्की, सुमुना–सुमन साहित्य पुरस्कारबाट श्रीकृष्ण शर्मा र हरिकला बुढा, मुसिकोट नगरप्रमुख साहित्य पुरस्कारबाट प्रसाद खड्का, जलसा खड्का र सत्यनारायण श्रेष्ठ, बलबहादुर श्रेष्ठ स्मृति साहित्य पुरस्कारबाट सीता बुढा, योगमाया लोकसाहित्य पुरस्कारबाट अरुणकुमार शाह हुनुहुन्थ्यो ।

    त्यसैगरी रुकुमको साहित्यिक एवम् साङ्गीतिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएबापत यज्ञबहादुर ओली, प्रेम घर्ती, खेमराज खड्का, खगेश्वर भण्डारी, ओमबहादुर खत्री, अर्जुनकुमार ओली, भूपेन्द्रा मल्ल, गिरिप्रसाद बुढा, कमलमणि देवकोटा, हरिकला बुढा, कमानसिंह विष्ट, शशिराम कार्की, जिल्ला समन्वय समिति रुकुम पश्चिम, मुसिकोट नगरपालिका वडा नं. १ र १०, जनकल्याण माविलगायतका व्यक्ति तथा सङ्घसंस्थालाई परिषद्द्वारा सम्मानस्वरूप कदरपत्र प्रदान गरिएको थियो ।

    परिषद्कै केन्द्रीय वरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट अतिथिहरू नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य प्राज्ञ शशिराम कार्की, प्रगतिशील लेखक सङ्घका नेपालका केन्द्रीय सचिव गिरिप्रसाद बुढा, राप्ती साहित्य परिषद् रुकुम पूर्वका अध्यक्ष कमानसिंह विष्ट र रुकुमेली वाङमय अधिष्ठानका अध्यक्ष भूपेन्द्रा मल्लले शुभकामना दिनुभएको थियो ।

    कार्यक्रममा वरिष्ठ लोकगायक अरुणकुमार शाह, अन्य स्रष्टाहरू प्रेम घर्ती, अर्जुन ओली, एक्कबहादुर केसी, प्रसाद खड्का, पूर्णबहादुर बुढा, खगेश्वर भण्डारी, अरुणकुमार शाह, कृपाराम ओली, श्रीकृष्ण शर्मा, विक्रम पालुङ्गा, प्रेमा सेर्पाली, दिलमाया खनाल, अनुसा रोका, खेमराज खड्का, गणेशा विष्ट कार्की, दक्षकुमार ओली, लक्ष्मी धिताललगायतका स्रष्टाले रचना प्रस्तुत गर्नुभएको थियो।
    अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ ।

    मनलाल ओलीको अध्यक्षतामा गठित नौ सदस्यीय कार्यसमितिमा उपाध्यक्ष एक्कबहादुर केसी, सचिव ओमबहादुर खत्री, सहसचिव सीता बुढा, कोषाध्यक्ष शशिराम घर्ती, सदस्यहरू नारायणप्रसाद शर्मा, अनुसा रोका, प्रेमा सेर्पाली र दिलमाया खनाल हुनुहुन्छ ।

    परिषद्का जिल्ला अध्यक्ष मनलाल ओलीको अध्यक्षता एवम् परिषद्कै सल्लाहकार मुकुन्द शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव ओमबहादुर खत्रीले गर्नुभएको थियो ।

    आइतबार, फागुन १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.