• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ८. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ९. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • १०. नेपाली राजनीति र नियति

पोर्चुगलमा आठौँ अन्तर्राष्ट्रिय साहित्य सम्मेलन हुँदै


  •   मङ्गलबार, फागुन ०८, २०८० मा प्रकाशित
  • लिस्बन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलले विश्व साहित्य सम्मेलन गर्ने भएको छ ।

    Advertisement

    समाजले विश्व नारी दिवसको अवसर पारेर पोर्चुगलको लिस्बनमा आगामी मार्च ८ देखि १० सम्म आठौँ अन्तर्राष्ट्रिय साहित्य सम्मेलन गर्ने भएको हो ।

    हरेक वर्ष विभिन्न देशमा सम्मेलन गर्दै आएको समाजले यसपटक युरोपेली मुलुक पोर्चुगलमा सम्मेलन गर्न लागेको समाजद्वारा लिस्बनमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । विश्वभर छरिएर रहेका नेपाली भाषा, साहित्य र संस्कृतिका अध्येता, लेखक र साहित्यकर्मीको भेला रहने सम्मेलनको व्यापक तयारी भइरहेको अनेसास पोर्चुगलका महासचिव एनबी अन्जानले जानकारी दिनुभयो ।

    सम्मेलनमा अनेसासका केन्द्रीय समिति, बोर्ड अफ ट्रस्टी, आजीवन सदस्य, साहित्यकार, भाषाविद्, कलाकर्मी, संस्कृतिविद्लगायत गरी विश्वभरका ५० भन्दा बढी च्याप्टरबाट एक सय बढी साहित्यकर्मीको सहभागिता रहने महासचिव अन्जानले बताउनुभयो ।

    सम्मेलनमा नेपाली साहित्यमा महिला सहभागिताबारे छलफल, अनेसासका बारेमा छलफल, डायस्पोरा साहित्यबारे विशेष छलफल र चर्चा गरिने उहाँले बताउनुभयो ।

    तीन दिनसम्म चल्ने सम्मेलनमा सम्मान तथा नवरत्न पुरस्कार वितरण, पुस्तक लोकार्पण, बहुभाषिक, सांस्कृतिक कार्यक्रम तथा बहुभाषिक काव्यगोष्ठीका साथै विभिन्न भाषा, कला, साहित्य र संस्कृतिमाथि कार्यपत्र प्रस्तुत र छलफल गरिने बताइएको छ ।

    महासचिव अन्जानका अनुसार सम्मेलनको पहिलो दिन विश्व नारी दिवस विशेष कार्यक्रम हुने छ भने दोस्रो दिन विशेष साहित्य सम्मेलन तथा बहुभाषिक काव्यगोष्ठी र तेस्रो दिन काव्यिक भ्रमणको कार्यक्रम तय गरिएको छ ।

    सो अवसरमा अनेसासका केन्द्रीय सदस्य एवम् पत्रकार यादव देवकोटाले “नेपाली साहित्य र अबको चुनौती” विषयमा नेपाली भाषा, साहित्य र संस्कृतिका विज्ञसँग बहस गर्ने कार्यक्रमसमेत रहेको छ ।

    समाजले सम्मेलनलाई भव्य रूपमा सम्पन्न गर्नका लागि विश्वभरका साहित्यकर्मी, कवि, लेखक, पत्रकार तथा सम्पूर्ण सङ्घसंस्थासँग सहयोगको अपिलसमेत गरेको छ । (रासस)

    मङ्गलबार, फागुन ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • २.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ३.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ४.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ५.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ६.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ७.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ८.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.