• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ८. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ९. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • १०. नेपाली राजनीति र नियति

नवलपुरको देवचुलीमा मगर सङ्ग्रहालय निर्माण


  •   मङ्गलबार, फागुन ०८, २०८० मा प्रकाशित
  • कावासोती । मगर संस्कृति संरक्षणका लागि नवलपुरको देवचुलीमा सङ्ग्रहालय निर्माण गरिएको छ ।

    Advertisement

    नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–१० पृथ्वीनगरमा सङ्ग्रहालय निर्माण गरिएको हो ।

    मगर समुदायको मौलिक कला संस्कृति नै लोप हुने गरी देखिएको आधुनिकताले मगर पहिचान गुम्न थालेको भन्दै सङ्ग्रहालय निर्माण गरिएको मगर सङ्ग्रहालयका अध्यक्ष भूवनसिं आलेले बताउनुभयो ।

    सङ्ग्रहालयमा मगर समुदायको कला, संस्कृति, रहनसहन र भेषभूषालाई संरक्षण गरिने अध्यक्ष मगरले बताउनुभयो । मगर समुदायका पुराना कला, संस्कृति, भेषभूषाका विषयमा नयाँ पुस्ताले जानकारी हासिल गर्न सकुन् भन्ने उद्देश्यसमेत रहेको उहाँले बताउनुभयो ।

    ‘मगर समुदायका विविध परम्परागत संस्कृति, भेषभूषा, रहनसहन छन् । यो हराउँदै जानेको हो कि भन्ने चिन्ताले संरक्षणमा सहयोग पुर्‍याउन सङ्ग्रहालय निर्माण गरेका हौँ’ सङ्ग्रहालयका अध्यक्ष मगरले भन्नुभयो– ‘नयाँ पुस्तालाई संस्कृति, रहनसहन, भेषभूषा हस्तान्तरणमा समेत सहयोग पुग्ने विश्वास छ ।’

    मगर समुदायले प्रयोग गर्ने भाँडा, लत्ताकपडा, बाजागाजा र जीविकासँग सम्बन्धित सामग्री सङ्ग्रहालयमा राखिएका छन् । मगर सङ्ग्रहालयमा राखिएका सामग्री आम सर्वसाधारणले समेत अवलोकन गर्न सक्ने छन् ।

    देवचुली नगरपालिका, वडा र स्थानीयको सहयोगमा सङ्ग्रहालय बनाइएको हो । मगर सङ्ग्रहालय निर्माणका लागि करिब रु २२ लाखको लागतमा घुमाउने घर निर्माण गरिएको छ । सङ्ग्रहालयको फागुन १५ गते उद्घाटन गर्ने तयारी गरिएको सङ्ग्रहालयका सचिव गनबहादुर रानाले बताउनुभयो ।

    पर्यटन प्रवद्र्धनका लागि समेत मगर सङ्ग्रहालय सहयोगी हुने देवचुली नगरपालिका–१० का वडाध्यक्ष रेप्तीकुमार घर्तीमगरको विश्वास छ ।

    मगर समुदायका संस्कृति, भेषभूषा अवलोकनका लागि पर्यटक आउने हुँदा पर्यटकीय केन्द्र साथै मगर समुदायको संस्कृति, रहनसहन अध्ययनका लागि केन्द्रका रूपमा समेत सङ्ग्रहालयलाई विकास गर्न सकिने उहाँले बताउनुभयो ।

    ‘हिजोआज विभिन्न समुदायका संस्कृति, रहनसहन, भेषभूषासमेत पर्यटकको आकर्षण बन्ने गरेको छ । सङ्ग्रहालयलाई सोहीअनुसार पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सकिन्छ । पर्यटन प्रवद्र्धनमा यसले सहयोग पुग्ने विश्वास छ’ अध्यक्ष मगरले भन्नुभयो ।

    हिजोआज पुराना घुमाउने घरसमेत लोप हुँदै जान थालेकोमा यहाँ निर्माण गरिएको घुमाउने घरसमेत आकर्षणको केन्द्र बन्ने उहाँले बताउनुभयो । (रासस)

    मङ्गलबार, फागुन ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • २.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ३.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ४.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ५.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ६.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ७.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ८.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.