• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

हामी किन दुःखी छौं ?


  •   सोमबार, फागुन ०७, २०८० मा प्रकाशित
  • योगी विकासानन्द

    Advertisement

    खुसी मान्छेको मात्र होइन प्रााणीको पनि खोज हो । खुसी हुने तरिका फरकफरक हुन्छन् । जिन्दगीभर हामी जे कर्म गर्छौं त्यो खुसी नै खोजिरहेका हुन्छौं । कहाँनेर हामी चुक्यौं भने त्यो खुसी के हो ? यो कुराको बोक्रे पहिचान त भयो तर गुदी पहिचान हुन सकेन ।

    खुसीबारे यसको वैज्ञानिक कारण उप्काउन चाहेँ । हाम्रो मस्तिष्कबाट दुई चिज उत्पादन हुन्छ । एउटा जैविक इलेक्ट्रीसिटी हो । त्यसलाई अल्फा, बिटा, थिएटा, डेल्टा र गामा लेभलमा विभाजन गरेको छ । यो हाम्रो मस्तिष्कले बिजुली उत्पादन गरिरहेका ब्यान्ड हुन् । कोही मान्छेले ओलम्पिकमा या कुनै साहित्यकारले कुनै गज्जबको कुरा आविष्कार गर्छन्, कलाकारले कला प्रस्तुत गर्छन् भने उनले त्यो अघिपछि प्रस्तुत गर्न नसकिरहेको र कुनै एउटा विशेष अवस्थामा आउँछ भने त्यसलाई गामा भनिन्छ ।

    योबेला दायाँबाया सबै बिर्सिइन्छ, जे गर्न खोजेको त्यहीमात्र सोचिन्छ अरु केही सोचिँदैन । धार्मिक दृष्टिमा हेर्दा यसलाई ‘अर्जुनदृष्टि’ भनेर पदावली प्रयोग गर्दै आएका छौं । अर्जुनले अरु साथीजस्तो नानाभाती कुरा गरेनन्, उनले भने – गुरुवर मैले चराको आँखाबाहेक केही देख्दिनँ ।

    हो, जसले आफ्नो लक्ष्यबाहेक केही देख्दैन उसले आफ्नो आधा काम पहिल्यै सक्काइसक्यो । अब आधा काम प्रयोग गरेपछि थाहा हुन्छ । अर्जुनदृष्टिको कुरा सयपल्ट होइन हजारपटक गर्छौं तर हाम्रो अर्जुनदृष्टि किन हुँदैनभन्दा अर्जुनदृष्टि हुन मस्तिष्क बिटाबाट अल्फामा, अल्फाबाट ठेटामा, ठेटाबाट डेल्टामा र डेल्टाबाट पनि पर गामाको लेभलमा इलेक्ट्रिसिटी उत्पादन हुन्छ । त्यो भए हामी सबैसँग अर्जुनदृष्टि हुन्छ । वैज्ञानिकमा भए उसले आविष्कार गर्छ, खेलाडीमा भए खेलमा गोल्डमेडल जित्छ, साहित्यकार भए अब्बल दर्जाको साहित्य, कालजयी कृति जन्मिने गर्दछ ।

    सफल हुनु भनेको दिमाग गामा लेभलमा चल्नु हो । खुसी हुनु भनेको के त ? खुसी हुनु भनेको हाम्रो मस्तिष्क अल्फा लेभलमा आउँछ । अल्फा भनेको इलेक्ट्रिसिटी कम उत्पादन हुनु हो । कम हुनु भनेको हामीले शान्तिको अनुभूति गर्छौं, आनन्द महसुस गर्छौं । सेरोटोनिन रसायन ब्लक हुनासाथ तपाईं हामी खुसी हुन सक्दैनौं । यसको खुसी भनेको न धन, न प्रतिष्ठा, न प्रतिष्ठामा कतै हुँदैन भन्ने धार्मिक हिसाबले पहिल्यै आएको थियो । अहिले वैज्ञानिकले पनि खुसी र दुःख दुवै केमिकलले हो भन्ने वैज्ञानिक रुपले प्रमाण्ीत छ । तनाव छ, दुःख छ भन्ने कुरा आर्थिक, सामाजिक कारणले आएको होला तर यो पीडा स्ट्रोस हर्मोनबाट आउँछ । सफलताा, खुसी, पीडा, असफलता बाहिरको संसारमा हुँदैन । यो सबै कुरा मान्छेको दिमागमा हुन्छ । यो कुरा बुझेन भने जिन्दगीभर हामी खुसी खोज्न जानेहरू दुःख पाएर फर्कन्छौं ।

    खुसी हुनु र सुखी हुनु एउटै कुरा होइन । खुसी हुन मःम खाए हुन्छ, एकछिन नाच्दा र हाँस्दा हुन्छ । सुखी हुनु भनेको जीवनप्रति सन्तुष्ट र आनन्दित हुनु हो । यो दुवै कुरामा पनि बायोकेमिकल चाहिन्छ । त्यो कुरा पनि हाम्रै दिमागमा छ । हामी भाग्न खोजिरहेको दुःख पनि हाम्रै शरीरभित्र केमिकलको रूपमा छ । त्यसकारण हामीले सुख जीवन बाँच्ने हो भने मनोविज्ञानलाई बुझ्नपर्छ । जबसम्म हामीले कारण बुझ्दैनौं तबसम्म निवारण गर्न सक्दैनौं । म दुःखी हुनुको कारण मेरा बाबा रिसाएको, श्रीमतीले गड्बड गरेकाले, श्रीमान्ले बेविचार गरेकाले भन्न सकिन्छ । तर त्यसो होइन । बिहान पूर्वबाट सूर्य उदाएको र साँझ डुबेको देख्छौं । न सूर्यको उदय हुन्छ न डुब्छ । आखिर घुम्ने त पृथ्वी हो । अनि घुम्ने पृथ्वी नदेख्ने, नघुम्ने सूर्य घुमेको देख्छौं । बाहिरबाट हामीले धेरै धोखा खाइरहेका हुन्छौं ।

    कहिलेकाहीँ म साथीहरूलाई सोध्छु – तपाईहरूले बोटमा केरा देख्नुभएको छ ? सबैले हात उठाएर देखेका छौं भन्नुहुन्छ । कसैले बोटमा केरा देख्दैन । सबैले देख्ने केराको बोक्रा हो । सुन्तला कसैले देख्दैन, बोक्रा देख्छन् । त्यसकारण मान्छेले सत्य देख्दैनन्, सत्यको बोक्रा देख्छन् । त्यो बोक्रालाई सत्य भन्ठान्छ जसको कारणले ऊ सत्यसम्म कहिल्यै पुग्दैन । सुःखको गुदी, मनोविज्ञान के हो त ? संसारमा सबैभन्दा सजिलोचिज खुसी हुनु हो । किनभने खुसी हुन हाँस्दा, नाच्दा पुग्छ ।

    हामीलाई किन गाह्रो पर्यो ? किनभने हामी धेरै विचार गर्छौं । खुसी हुन एकाग्र हुनपर्छ । म बोलिरहँदा म त्यहाँ केन्द्रीत भइनँ भने मैले बोल्नै सक्दिनँ । स्रोताले सुन्न ध्यान दिएन भने स्रोता खुसी हुँदैन ।

    खुसी भनेको केमिकल भएकाले पैसा चाहिँदैन । खुसी हुन हामी पैसा कमाउन खोज्छौं । खुसी हुन जुन चिज गरिरहेको छ त्यसमा एकाग्र हुनु नै काफी छ ।

    सन् १९७० को दशकमा अमेरिकामा रिकार्ड निक्सनको पालोमा ड्रग्स प्रतिबन्ध लगाउने घोषणा भयो । त्योबेला अफिमबाट बन्ने किसिमकिसिमका ड्रग्स प्रयोग गरिरहेका थिए । तर, वैज्ञानिकहरुको खोजी ड्रग्समा किन लागे भनेर रह्यो । त्यो सेवनपछि डोपमिन भन्ने केमिकल निस्किन्छ । डोपमिन सक्रिय भए खुसी भइन्छ, सक्रिय नभए खुसी भइँदैन ।

    ड्रग्सले खुसी दिने हो कि केमिकलले दिने हो ? बोक्रामा खुसीको कारण ड्रग्स हो तर वास्तविक कारण दिमागभित्रको त्यो केमिकल हो । यो बुझेपछि वैज्ञानिकले सारा युवा बटुले । उनीहरूलाई बिहान कतै नहेरी दौडने भनेर अह्राए । केही समयपछि भाग्दाभाग्दा नलडेसम्मको विन्दुमा दौडन लगाए । जसले ड्रग्स लिन्थे प्रायले छोड्थे किनकि दौडँदादौडँदा डोपमिन सक्रिय हुन्छ । त्यसलाई अचेल ‘रनर्स हाई’ भनिन्छ । भाग्दा पनि निस्कने केमिकल त्यही हो ।

    ड्रग्समा मान्छे किन लाग्छ ? उसले भाग्दा त्यही केमिकल उत्पादन हुन्छ जुन ड्रग्समा हुन्छ भन्ने थाहा पाउँदैन । मान्छेलाई ड्रग्समा जान आवश्यक नै छैन । आमाबाबाले छोराछोरी, शिक्षकले विद्यार्थीलाई सिकाउन सकेनन् । ड्रग्स लिनु र भाग्नु समान हो । ड्रग्स लिँदा तपाईं खुसी भएपनि परिवार दुःखी हुन्छ । त्यहीकारण कुन बाटो रोज्ने भन्ने कुरा युवा भ्रममा परे भने हामी बोक्रालाई सत्य मानेर बसेका छौं ।

    मान्छेमा जति बढी नकरात्मकता आउँछ त्यति बढी काम गर्न छोड्दिन्छ । जस्तैः डिप्रेसन भएका मान्छे हिँड्दा पनि विस्तारै हिँड्छ, हात पनि विस्तारै चलाउँछ, खाँदा पनि विस्तारै खान्छ । शरीरको मोसन नै सुस्त हुन्छ । जब डिप्रेसनको उल्टो हुन्छ त्योबेला फटाफट हिँड्छ । भनाइको मतलब तपाईं कति खुसी हुनुहुन्छ भन्ने कुरा तपाईंको स्पिडले बताउँछ । जति बढी नकारात्मक विचार आउँछ त्यति काम गर्ने जाँगर घट्छ । काम गर्ने जाँगर नचलेपछि तपाईं असफल हुनुहुन्छ ।

    देश विकास हुन युवा खुसी हुनपर्छ । किनकि जहाँ दुःख छ उसले विकास गर्न चाहँदैन । अचेलका युवामा जोसजाँगर छैन भन्ने कुरा बोक्रामात्र हो । गुदी कुरा के हो भने अचेलका युवालाई हामीले खुसी बनाउन सकेनौं । हाम्रा कलेजले उनीहरूलाई खुसी हुन दिएन, प्रेसरमात्र दियो । घरले पनि सुत्नुपर्ने बच्चालाई बिहानै उठाएर स्कुल पठाउँछ । यी सबैबाट आमाबाबा, परिवार, प्रशासनबाट तनाव दिने काम भयो । देशलाई विकास गर्न खुसी पनि चाहिन्छ ।

    पोखरा आएर जति पोखरा खोजिन्छ हामी खोज्दाखोज्दै बाहिर जान्छौं । खुसी पनि त्यही हो । खुसी खोपडीमा छ । त्यसलाई खोज्ने होइन । जे गर्दा दुःखी भइन्छ त्यो नगरौं । के काम गर्दा दुःखी हुन्छौं ? दुःख रातजस्तो हुन्छ । वैज्ञानिकहरूले अँध्यारो छैन भन्छन् । त्यो प्रकाशको अभावमात्र हो भन्छन् । दुःख भन्ने चिज हुँदैन, त्यो खुसीको अभावमात्र हो ।

    (पोखरामा जारी ११ औं संस्करणको नेपाल लिटरेचर फेस्टिभलमा ‘युवा र खुसी’ सत्रमा योगी विकासानन्दले दिएको प्रवचनको अंश)

    सोमबार, फागुन ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.