• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

नेपालमाथि हस्तक्षेप गर्न अमेरिकाले रास्वपाको प्रयोग गरेको छ : महामन्त्री सिंह


  •   सोमबार, फागुन ०७, २०८० मा प्रकाशित
  • वसन्त खड्का, अर्घाखाँची ।
    नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले नेपालमाथि अस्तक्षेप गर्न अमेरिकाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रयोग गरेको आरोप लगाउनुभएको छ ।

    Advertisement

    प्रगतिशील पत्रकार संघ, नेपाल अर्घाखाँचीले सोमबार सन्धिखर्कमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महामन्त्री सिंहले सो कुरा बताउनुभएको हो ।

    नेपालमा हस्तक्षेप गर्न अमेरिकाले विगतदेखि नै विभिन्न प्रयास गर्दै आएको उल्लेख गर्दै सिंहले हालका दिनमा रास्वपाको प्रयोग गरेको बताउनुभएको हो ।

    सिंहले राष्ट्रिय स्वतन्त्र पार्टी पूर्णरुपमा अमेरिकाबाट सञ्चालित भएको आरोप पनि लगाउनुभयो ।

    सिंहले पूर्वराजा ज्ञानेन्द्र शाहले धर्मलाई हतियार बनाएको उल्लेख गर्दै उनको मूल उदेस्य राजा बन्नु नै भएको बताउनुभयो । यद्यपि नेकपा मसाल राजा आउनेमा विस्वस्त नभएको तर राजतन्त्र ल्याउने नाममा भैरहने अस्थिरता र अराजकताप्रति भने सतर्क रहिरहन पर्ने आजको आवस्यकता रहेको सिंहको भनाई थियो ।

    यस्तै, नेपाली कांग्रेसभित्र पनि अमेरिका खेलिरहेको भन्दै सिंहले कांग्रेसको शेखर ग्रुप अमेरिकाको पक्षमा रहेको बताउनुभयो ।

    अमेरिकीहरूले कांग्रेसमा देउवा पक्षलाई फालेर शेखर पक्ष हावी गराएर आफ्ना एजेन्डा स्थापित गर्न प्रयास गरिरहेको बताउनुभयो ।

    यस्तै, भारतले पनि आफ्नो निर्देशनमा चल्ने मधेशवादी पार्टीहरू बनाइदिएको र सोही अनुरुप नेपालमा आफ्नो हस्तक्षेप बढाउन साम्राज्यवादी शक्तिहरु उद्दत रहेको स्पष्ट पार्नुभयो ।

    भारत र अमेरिकाको मुख्य उदेस्य नेपालमा रहेर तिब्बत र चीनमाथि आक्रमण गर्ने रहेको पनि महामन्त्री सिंहको भनाइ रहेको छ ।

    फरक प्रशंगमा सिंहले नेकपा मसालको वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चाले सरकारलाई समर्थन गरेतापनि सरकारका कैयौं नीति र कार्यशैलीसँग मतभेद रहेको स्पष्ट पार्नुभयो ।

    देशमा प्रतिगमनको खतरा रहेकोले प्रतिगमनका विरुद्ध मात्रै यो सरकारलाई समर्थन गरेको सिंहको भनाई थियो ।

    संघीयताको विरोध गरिरहेतापनि तत्काल खारेज गर्न सक्ने आफ्नो शक्ति नभएको हुँदा तत्कालिन उपयोग गर्ने नीति अनुरुप संसदीय प्रणाली र संघीयता अनुसारका संरचनागत उपयोग गरिरहेको पनि उहाँले बताउनुभयो ।

    अन्तर्राष्ट्रिय परिस्थितीको विश्लेषण गर्दै महामन्त्री सिंहले तेस्रो विश्वयुद्धको खतरा औँल्याउनुभयो । रुस युक्रेन युद्ध तेस्रो विश्वयुद्धको संकेत भएको उहाँको भनाई थियो ।

    सिंहले अबको युद्ध सामान्य नभएर आणविक हतियारसहितको हुने हुँदा शान्तिको पक्षमा आवाज बुलन्द पार्ने बेला आएको बताउनुभयो ।

    नेपाल लगायतका देशहरू आफू युद्धमा सहभागी नभए पनि त्यसको लपेटाबाट बच्न नसक्ने हुँदा युद्धको विरोध र शान्तिको पक्षमा आवाज उठाउनुपर्नेमा जोड दिनुभयो ।

    शक्तिशाली राष्ट्रहरूको घमण्ड र अधिनायकवादी शैलीका कारण समग्र विश्व युद्धको खतरामा परेको सिंहको भनाइ छ ।

    सोमबार, फागुन ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.