काठमाडौँ । विश्व कविता दिवसको अवसर (मार्च २१) मा राष्ट्रव्यापी कविता महोत्सव हुने भएको छ ।
Advertisement
साहित्य सदन नेपालले आगामी चैत ८ गते राष्ट्रव्यापी कविता महोत्सव गर्न लागेको हो ।
सदनका अध्यक्ष प्राडा हेमनाथ पौडेलले उक्त दिन प्रतियोगी कविका साथै अतिथि कविका कविता वाचन, विमर्शका तथा महोत्सव हुने बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई रु ३० हजार, द्वितीय हुनेलाई रु २० हजार र तृतीयलाई रु १० हजारको पुरस्कार दिइने छ ।
सन् १९९९ मा संयुक्त राष्ट्र सङ्घको शैक्षिक तथा सांस्कृतिक सङ्गठन युनेस्कोले हरेक मार्च २१ लाई विश्व कविता दिवस मनाउने निर्णय गरेसँगै नेपाल पनि यो दिवस मनाउन थालिएको हो ।