• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सामुदायिक वन उपभोक्ता समूहको बत्तिसौँ साधारणसभा

किन्नौर महोत्सवमा मूल प्रवाहले गायो– ‘यो नेपाली शिर उचाली’

रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त

पुसदेखि स्वास्थ्य बिमा गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी

सडक दुर्घटनामा एकको मृत्य, दुई जना गम्भीर घाइते

फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

इरानसँगको सङ्कटमा सैन्य समाधान पर्याप्त नहुने युएईको भनाइ

वन पैदावार बिक्री विरणमा लगाइएको रोक खुलाउन व्यवसायीको माग

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ३. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ४. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ५. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ६. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ७. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ८. वेदकालीन समाज

  • ९. हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

  • १०. कवि

ललिता निवास जग्गा प्रकरण : पूर्वसचिव र पूर्वअख्तियार प्रमुखसहित १२ जना दोषी ठहर

"मन्त्रीहरूले पाए सफाइ "

  •   बिहिबार, फागुन ०३, २०८० मा प्रकाशित
  • काठमाडौं । विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जनालाई दोषी ठहर गरेको छ ।

    Advertisement

    विशेष अदालतका सदस्यहरु डा. खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको जग्गा प्रकरणमा उनीहरुलाई दोषी ठहर गरेको हो ।

    दोषी ठहर हुनेमा कलाधर देउजा, सुरेन्द्रमान कपाली, युक्तप्रसाद श्रेष्ठ, जगतप्रसाद पुडासैनी पनि रहेको सर्वोच्च अदालतका प्रवक्ता धनबहादुर कार्कीले अलालतको फैसला सुनाउने क्रममा बताए। उनकाअनुसार अदालतले राजीनामा वा बकसपत्रबाट ६५ जनाको नाममा दर्ता भएको जग्गा जफत हुने ठहर गरेको छ ।

    सो जग्गा व्यक्तिको नाममा ल्याउन भुमिका खेल्ने रामकुमार सुवेदी, शोभाकान्त ढकाललाई पनि दोषी ठहर गरेको छ । विशेष अदालतले सुवर्ण शमशेरका परिवारलाई पनि दोषी ठहर गरेको प्रवक्ता कार्कीले बताए ।

    उनले मन्त्रिपरिषद्को निर्णयको आवरणमा सरकारी जग्गा व्यक्तिको नाममा लैजाने कर्मचारीसहित सुवर्ण शमशेरको परिवारलाई पनि दोषी ठहर गरेको बताए । अदालतले शुरुमा उक्त जग्गा व्यक्तिको नाममा लैजाने भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेकामध्ये हेमाद्री समशेर राणालाई भने सफाइ दिएको छ ।

    बालुवाटारस्थित सरकारी निवासको जग्गा र अन्य जग्गा साटफेर तथा निवास विस्तार क्षेत्रको जग्गाका सन्दर्भमा नक्कली मोही खडा गरेकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात, तत्कालीन भौतिक पूर्वाधार मन्त्रालयका सचिव छविराज पन्त पनि दोषी ठहर भएको बताए ।

    छविराज पन्त र दीप बस्न्यातसहित तत्कालीन मालपोत र भूमिसुधार कर्मचारीलाई १९ रोपनी जग्गा हिनामिनामा ९ करोड भन्दा बढी हानि नोक्सानी गरेको अदालतले ठहर गरेको छ । उनीहरुसँग दामासाही ८० लाख बिगो असुल उपर गर्ने र २ वर्ष कैद सजाय तोक्ने निर्णय भएको छ ।

    अदालतले ललिता निवास जग्गा प्रकरणमा पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार, डम्बरकुमार श्रेष्ठ र चन्द्रदेव जोशीको आरोप दाबी पुग्न नसकेको ठहर गर्दै सफाइ दिएको छ ।

    कसलाई कति सजाय ?
    रामकुमार सुवेदी, शोभाकान्त ढकाल, कलाधर देउजा, सुरेन्द्रमान कपाली, युक्तप्रसाद श्रेष्ठ, मुकुन्द्र प्रसाद आचार्य, जगतप्रसाद पुडासैनी, सुनिती राणा, शैलजा राणा, हेमन्त शमशेर, हाटक शमशेर र रुक्म शमशेरलाई २ वर्षका दरले कैद र ९ करोड बिगो दामासाहीले ७५ लाख रुपैयाँका दरले भराउने फैसला भएको छ।

    यस्तै रामकुमार सुवेदी र शोभाकान्त ढकाललाई अर्को मुद्दामा पनि विशेष अदालतले दोषि ठहर गर्दै सजाय तोकेको छ। मिनबहादुर गुरुङसहित उनीहरुलाई मुख्य प्रतिवादी सरह जनही २ वर्ष कैद र ० लाख ४ हजार रुपैयाँका दरले जरिवाना हुने ठहर गरेको छ।

    तालिका नम्बर २ का मोहीहरु बिलबहादुर महर्जन समेत ५७ जना र आरोप पत्रको तालिका नम्बर ३ का इन्द्रबहादुर थापा समेत १२ जना गरी ७२ जनालाई पनि २ वर्षका दरले कैद सुनाइएको छ। उनीहरुको हकमा आरोप पत्रमा माग भएबमोजिमको बिगो बमोजिमको जरिवाना सजाय पनि तोकिएको छ।

    तत्कालीन मालपोत अधिकृत टिकाराम घिमिरे, हुपेन्द्रमणी केसी, मोहम्मद साविर हुसैनसहित ६ जनालाई ७ लाख रुपैयानका दरले जरिवाना र ६ महिना कैद सुनाएको छ।

    छविराज पन्त, दीप बस्न्यात, प्रेमबहादुर खापुङ, अर्जुन खतिवडा, शंकरप्रसाद सुवेदी, अंगुर सिग्देल, केदार प्रसाद श्रेष्ठ, हरिकृष्ण तिमल्सिना, परशुराम पोख्रेल, कृष्ण प्रसाद पौडेल, प्रकाश भट्ट र टंक पौडेललाई ० लाख ४ हजार रुपैयाँका दरले जरिवाना र जनही २ वर्षका दरले कैद हुने फैसला भएको छ।

    यस्तै प्रतिवादीहरु श्रीकृष्ण महर्जन, तीर्थमाया महर्जन, द्धारीकामान महर्जन, ग्वाराभाइ महर्जन, मचानानी महर्जन, बाबुराजा महर्जन, रेना गुरुङ, तीर्थमाया महर्जन, कान्छा महर्जन, हर्ष महर्जनलाई मतियारको कसुर गरेको ठहर गर्दै जनही २ वर्ष कैद र आरोपदाबी बिगो बमोजिम जरिवाना हुने ठहर गरेको छ।

    यस्तो छ फैसला

    बिहिबार, फागुन ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सामुदायिक वन उपभोक्ता समूहको बत्तिसौँ साधारणसभा
    किन्नौर महोत्सवमा मूल प्रवाहले गायो– ‘यो नेपाली शिर उचाली’
    रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त
    पुसदेखि स्वास्थ्य बिमा गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य
    भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी
    सडक दुर्घटनामा एकको मृत्य, दुई जना गम्भीर घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ३.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ४.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ५.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ६.
      सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

    भर्खरै

    • १.
      सामुदायिक वन उपभोक्ता समूहको बत्तिसौँ साधारणसभा

    • २.
      किन्नौर महोत्सवमा मूल प्रवाहले गायो– ‘यो नेपाली शिर उचाली’

    • ३.
      रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त

    • ४.
      पुसदेखि स्वास्थ्य बिमा गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

    • ५.
      भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी

    • ६.
      सडक दुर्घटनामा एकको मृत्य, दुई जना गम्भीर घाइते

    • ७.
      फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

    • ८.
      इरानसँगको सङ्कटमा सैन्य समाधान पर्याप्त नहुने युएईको भनाइ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.