टुकबहादुर रामदाम, मस्कट ।
ओमानमा नेपाल तामाङ समाज ओमानको आयोजनामा सोनाम ल्होसार कार्यक्रम सम्पन्न भएको छ ।
फेब्रुअरी ९, २०२४ शुक्रबारका दिन मस्कटस्थित अल्खुदअल रफा पार्टी हलमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि राजदूत डोरनाथ अर्याल र विशेष अतिथि गैरआवासीय नेपाली सङ्घका डिबी क्षेत्री हुनुहुन्थ्यो ।
उक्त कार्यक्रममा विभिन्न अतिथि, कलाकार, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिलगायतको आतिथ्य रहेको थियो ।
समाजका अध्यक्ष मोक्तानको सभापति एवम् संरक्षक फुर्बा रुम्बा तामाङ, सल्लाहकार उर्मिला वाइबा तामाङ, सल्लाहकार जोगेन मोक्तान रहेको सो कार्यक्रम औपचारिक र सांस्कृतिक दुई चरणमा सम्पन्न भएको थियो ।
बहुचर्चित सेलोलगायतका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको उक्त कार्यक्रममा समाजका शुभचिन्तक एवम् सहयोगीहरूलाई प्रशंसापत्रले सम्मान गरिएको थियो ।
कार्यक्रमको सञ्चालन सानुमाया तामाङ र सन्जय तामाङ (भाइ कान्छा) ले गर्नुभएको थियो भने स्वागत मन्तव्य समाजका अध्यक्ष पासाङ मोक्तानले गर्नुभएको थियो ।

