• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

बाँसको सिन्का उत्पादन गर्दै काठेखोला


  •   बिहिबार, माघ २५, २०८० मा प्रकाशित
  • ढोरपाटन (बागलुङ) । काठेखोला गाउँपालिकाले यस वर्षदेखि प्राङ्गारिक मल, चिया र बाँसको सिन्का उत्पादन गर्ने भएको छ ।

    Advertisement

    दुई वर्षदेखि काठेखोला –७ स्थित रेशमा औद्योगिक ग्राम निर्माण थालेको गाउँपालिकाले हालसम्म दुई टहरा निर्माण सम्पन्न भइसकेको र उपकरण जडान गरेर उत्पादनमा लाग्ने भएको हो । सङ्घीय सरकारको तीन करोड लागतमा निर्माण हुन लागेको औद्योगिक ग्रामसम्म सडक र विद्युत् पुर्‍याइ सकेको हुँदा बनेका संरचनामा उद्योग सञ्चालन गर्ने काठेखोला –७ का अध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो ।

    गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ देखि नै उद्योग निर्माण सुरु गरेको उहाँले बताउनुभयो । सङ्घीय सरकारले रु तीन करोड मात्रै औद्योगिक ग्राममा लगानी गर्ने भए पनि काठेखोलाले रु ५० करोडको विस्तृत योजना प्रतिवेदन (डिपीआर) गराएका काम अगाडि बढाएको उहाँको भनाइ छ । निर्माण भएका संरचनालाई प्रयोग गरी उत्पादनसँग जोडिँदै जाने र नयाँ संरचना पनि थप्दै जाने योजना रहेको अध्यक्ष लामिछानेले बताउनुभयो । गाउँमा उत्पादन हुने कृषिउपज वस्तुको बजारीकरण, व्यापार व्यवसायको प्रवद्र्धनका लागि औद्योगिक ग्रामले महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो, सबै संरचना निर्माण भइसक्दा धेरै सयम लाग्छ, निर्माण भएका संरचनालाई प्रयोग गरि केही उद्योग सञ्चालन गरौँ भनेर लागेका छौँ, अहिले बनेका संरचनामा विद्युत् र सडकको पहुँच पुर्याएका छौँ, त्यसले गर्दा उपकरण जडान गरेर प्राङ्गारिक मल, चिया र बाँसको सिन्का उत्पादन गरौँ भनेर लागेका छौँ, संरचना थपिँदै जान्छन्, अन्य उद्योग पनि विस्तारै सञ्चालनमा ल्याउँदै जाने छौँ ।

    गाउँपालिकाका इन्जिनियर विनोद लामिछानेले सङ्घीय सरकारबाट आउनुपर्ने रु तीन करोडमध्ये आव २०७७/०७८ मा पहिलो किस्तामा ९२ लाख, २०७९/०८० मा ८० लाख आएको र चालु आवमा पनि ८० लाख आउने बताउनुभयो । यस वर्ष गण्डकी प्रदेश सरकारबाट पनि रु २० लाख विनियोजन भएको जनाउँदै कार्यान्वयनको चरणमा रहेको उहाँको भनाइ छ । औद्योगिक ग्रामसम्म जाने सडक स्तरोन्नति भएको जनाउँदै सीमित उद्योग सञ्चालनका लागि संरचना उपयोगी रहेको इन्जिनियर लामिछानेले बताउनुभयो ।

    काठेखोला गाउँपालिकाका प्रवक्ता टीकासङ्गम विकले औद्योगिक ग्रामले स्थानीयलाई स्वरोजगार बनाउनुका साथै उत्पादनलाई बजारीकरण गर्नका लागि टेवा पुग्ने बताउनुभयो । औद्योगिक ग्राम निर्माणपश्चात् यहाँ साना, मझौला र ठूला सबै उद्योग यहाँ सञ्चालन हुने जनाउँदै उद्योग गर्न चाहने स्थानीयले यस ठाउँ गाउँपालिकाले उपलब्ध गराउने उहाँको भनाइ छ । गाउँपालिकामा रहेका युवा शक्तिलाई उद्योगधन्दा, व्यापार व्यवसाय गर्न प्रेरितसमेत गाउँपालिकाले गर्ने उहाँले बताउनुभयो ।

    बिहिबार, माघ २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

    • २.
      सुनसरी घटनाको सन्दर्भमा

    • ३.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ४.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ५.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ६.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ७.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ८.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.