• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

सङ्गठनसम्बन्धी लेनिनवादी धारणा


  •   बुधबार, माघ २४, २०८० मा प्रकाशित
  • दुर्गानाथ खरेल ##

    Advertisement

    सङ्गठनको अर्थ व्यावहारिक काममा एकता हो । पार्टीको सङ्गठन र अनुशासन सर्वहारा क्रान्तिलाई अगाडि बढाउनका लागि हो । कम्युनिस्ट आन्दोलनलाई सिद्धान्त र क्रान्तिको हितको अधीनमा राख्ने तथा जनवादी हित र अधिकारका साथै अन्तरपार्टी अधिकारको सीमाभित्र बुझ्ने, ग्रहण गर्ने र पालना गर्ने गरेपछि मात्र जनवादी केन्द्रीयताले क्रान्तिकारी रूप लिएर क्रान्तिको सेवा गर्छ । अनुशासन र जनवादी केन्द्रीयतालाई सिद्धान्त, क्रान्ति र पार्टीका हितको मातहतमा राख्न सक्नुपर्छ ।

    जनवाद व्यक्तिगत स्वतन्त्रतासँग, केन्द्रीयता अनुशासनसँग र दुवै विश्वदृष्टिकोणसँग जोडिएका विषय हुन् ।

    विश्वदृष्टिकोण शोषणरहित, वर्गरहित र शासनरहित सामाजिक व्यवस्था बनाउने उद्देश्यसँग सम्बन्धित हुन्छ ।

    सामूहिकताले व्यवहारमा सामूहिक अनुशासनको मातहतमा आफू बस्ने पाठ सिकाउँछ ।

    राजनीति खुला गर्ने र पार्टी भूमिगत राख्ने कामको सुरुवात लेनिनका पालादेखि भएको हो । त्यस्तो गर्नुपरेका कारण क्रान्तिमा धेरै धनजनको क्षति हुन नदिने उद्देश्यले गर्दा हो । सदस्यताका तीन शर्त पनि क्रान्ति सम्पन्न गर्ने पार्टीको जिम्मेवारी पूरा गर्नका लागि हो । पहिलो शर्त पार्टीको राजनीति स्वीकार गर्नुपर्ने, दोस्रो शर्त नियमित रूपमा प्रतिमहिना लेबीका रूपमा तोकिएको रकम तिर्नुपर्ने र तेस्रो शर्त कुनै न कुनै समितिमा आबद्ध भएर समितिले दिएको जिम्मा पूरा गर्नुपर्ने हुन् ।

    आफ्नो देशको परिस्थितिको ख्याल गर्न र आफ्ना कामको गतिविधि आफ्नो उद्देश्यको अनुकूल हुने गरी अगाडि बढाउन पनि लेनिनको निर्देशन थियो । केन्द्रीयताको अर्थ कम्युनिस्ट क्रियाकलापको केन्द्रीकरण हो । सर्वहारा वर्गको अधिनायकत्वमा अरू मजदुर, किसान र बुद्धिजिवीले काम गर्न र गराउनुपर्ने लेनिनको प्रयत्न थियो ।

    पार्टीलाई मजदुर वर्गको अगुवा बनाउने काम पहिलो प्राथमिकतासहित आफूले काम गर्नुपर्छ । सर्वसाधारण मजदुर र अरू श्रमजीवी जनताको पिछडिएको राजनैतिक चेतनाबाट फाइदा उठाउन छाडेर उनीहरूलाई सचेत र सङ्गठित बनाउन आफू अगाडि लाग्नुपर्छ ।

    आम जनताको बिचमा पार्टीको नीति र राजनैतिक प्रतिष्ठा छैन भने पार्टीले वर्गको नेतृत्व गर्न सक्दैन । चेतना, अध्ययन, अनुशासन र नैतिकताको ख्याल गर्ने व्यक्तिले मजदुर वर्गका नेतालाई प्रशिक्षित गर्ने सर्वोत्तम पाठशाला हो । सामूहिक काम गर्ने र योग्यताअनुसार काम गर्ने भएपछि गुटबन्दीको कुनै आवश्यकता पर्दैन । अवसरवादी तत्त्वलाई अल्पमतमा पार्न पनि गुटबन्दी बढाएर होइन, चेतनास्तर उठाएर समाधान गर्ने प्रयत्न गर्नुपर्छ । माथिल्ला सङ्गठनले जनताको जीवन र तल्ला सङ्गठनको स्थितिलाई जान्नुपर्छ । त्यसले सही निर्देशनका लागि वस्तुगत आधार प्राप्त हुने छ ।

    निम्न राजनैतिक चेतनास्तर भएका व्यक्तिले सैन्यशक्ति र अधिनायकत्वमा विश्वास गर्छन् । प्रत्येक क्रान्तिकारीले र कम्युनिस्टले विचारधारात्मक सङ्घर्षको हतियार प्रयोग गर्नैपर्छ । उदारवाद निम्नपुँजीवादी स्वार्थबाट जन्मन्छ ।

    आफूसित क्रान्तिकारी सिद्धान्त नभइकन तथा इतिहास र व्यावहारिक आन्दोलनलाई नबुझिकन कसैले पनि विजयी हुने गरी नेतृत्व सम्हाल्न सक्दैन ।

    माक्र्सवाद लेनिनवादमा कुनै रहस्य छैन । यसको अध्ययनले सर्वहारा वर्गको क्रान्तिकारी उद्देश्यलाई विजयतर्फ डोर्‍याउँछ । उद्देश्यपूर्ण समर्पण जनसमूहसित अटुट सम्पर्क, स्वतन्त्र रूपले आफ्नो दायित्व वहन गर्ने क्षमता र अनुशासनको पालना चारओटै शर्तसहित सतर्क र सचेत भई काममा खट्नुपर्छ । सामूहिक व्यवहारबाट जनतालाई आकर्षित गर्न सकिन्छ । छलफल गर्न र सत्यको पक्ष लिन प्रयत्न र प्रोत्साहन गर्नुपर्छ ।

    ाफ्नो वरिष्ठतामाथि नभई सही ढङ्गले समस्या समाधान गर्ने आफ्नो क्षमतामाथि भर पर्नुपर्छ । उपलब्धि र कमजोरीको बयान गर्ने द्वन्द्ववादी विश्लेषणको तरिका हो । मजदुर र किसानमध्ये पनि विशेष गरी सर्वहारा तत्त्वलाई छनौट गरेर उनीहरूको विश्वदृष्टिकोणमा सर्वहाराकरण नगरेसम्म निरन्तर खट्ने र खटिरहने बनाउन सकिन्न । तिनीहरूलाई नै सचेत सङ्गठित र अनुशासित बनाउन प्रयत्न गर्नुपर्छ । कम्युनिस्टको सट्टा गैरकम्युनिस्टको नेतृत्व भयो भने उसले व्यक्तिगत सम्पत्तितर्फ र व्यक्तिगत नेतृत्वतर्फ ढल्काउँछ । नेतृत्वका लागि सर्वहारा जनसमूहसँग घनिष्ट सम्पर्क आवश्यक पर्छ । केन्द्रीयता लागु गर्नु भनेको कामको केन्द्रीकरण नै हो ।

    पार्टीभित्र सत्ताका लागि हुने कुनै प्रतिद्वन्द्विता र प्रभुत्वका लागि हुने सङ्घर्ष कम्युनिस्ट पार्टीको जनवादी केन्द्रीयताको आधारभूत सिद्धान्तसँग पटक्कै मेल खान्न । साझा हितका लागि साझा प्रयत्नको जीवित सामूहिकता हुनुपर्छ । पार्टीभित्र निर्देशक समिति र सदस्यबिच मात्र होइन, पार्टीभित्रका सर्वहारा वर्ग र पार्टीबाहिरका सर्वहारा जनसमूहका बिच जीवन्त एकता र पारस्परिक सम्बन्ध विकासको काम सङ्गठनको केन्द्रीयता निर्माणको आवश्यक शर्त हो ।

    कम्युनिस्ट पार्टी क्रान्तिकारी माक्र्सवादको प्रशिक्षण प्राप्त गर्ने पाठशाला हुनुपर्छ । सबैभन्दा महत्त्वपूर्ण पक्ष पार्टीका दैनिक काममा प्रत्येक सदस्यको सहभागिता हुनु नै हो । समग्र पार्टी नै क्रान्तिका लागि लडाकु सङ्गठनमा विकसित हुनुपर्छ । कम्युनिस्ट पार्टीका सदस्यहरू सर्वसाधारण जनताभन्दा बढी सचेत अनुशासित र जुझारु भए मात्र लेनिनले प्रतिपादन गरेको जनवादी केन्द्रीयता र छलफलको स्वतन्त्रता तथा कामको एकताको सिद्धान्तलाई पालना गर्न सक्छन् । त्यस्ता अग्रगामी र अनुशासित सदस्यद्वारा निर्देशित पार्टी नै क्रान्तिकारी पार्टी बन्न सक्छन् ।

    केन्द्रीयता वा एकताका पक्षमा काम गर्नु भनेको आफ्नो इच्छा विरुद्ध काम गर्नु पनि हो । त्यो कार्यान्वयन गर्न अप्ठेरो पनि हुन्छ । सचेत तत्त्वलाई नै पार्टीमा भर्ना गर्ने, लेनिनवादी सङ्गठनात्मक सिद्धान्तबारे लगातार प्रशिक्षण दिने, पार्टी अनुशासनको लगातार निरीक्षण गर्ने तीनओटै काममा बेवास्ता गर्दा पार्टीभित्रको एकता र अनुशासनमा क्षति पुग्न जान्छ ।

    पार्टीसदस्यले पार्टीको सिद्धान्त र राजनैतिक लाइनलाई समर्थन गर्नुका साथै इमान्दारीपूर्वक जिम्मेवारी पूरा गर्ने र अनुशासनको पालना गर्ने गर्नुपर्छ । विधान र सङ्गठनात्मक सिद्धान्तको प्रशिक्षण दिएर अनुशासनको अवस्थालाई सुधार्ने प्रयत्न गर्नुपर्छ । वर्तमान व्यवस्थामा आमूल परिवर्तन नगरिकन समस्या समाधान नहुने सैद्धान्तिक चेनता पनि दिंँदै जानुपर्छ । वैधानिक मोर्चा र जनवर्गीय सङ्गठनको विस्तार गर्दै जाने पेसेवर कार्यकर्ताको निर्माण र परिचालन गर्दै जाने आधारभूत वर्ग र श्रमिक जनताका बिचबाट कार्यकर्ता निर्माण गर्ने, साथै कार्यकर्ता तथा पार्टीको आर्थिक पक्षमा ध्यान दिनु पनि आवश्यक छ । आर्थिक पक्षलाई सैद्धान्तिक, राजनीतिक, सङ्गठनात्मक र आन्दोलनसित पनि सम्बन्धित विषयका रूपमा बुझ्नुपर्छ । अनुशासित, सक्रिय र जिम्मेवार बनाउन माथिल्लोबाट तल्लो समितिमा, पार्टी सदस्यबाट समर्थकमा र खास अवस्थामा पार्टीबाट निष्काशनसमेत गर्नुपर्ने हुन्छ ।

    पार्टीसदस्य इमान्दार भएर मात्र पुग्दैन, सक्रिय भई जिम्मेवारी पालन गर्न सक्ने र अनुशासित पनि हुनुपर्छ । कुनै खास अवस्थामा पार्टीमा शुद्धीकरण अभियान चलाएर पार्टीका नीति, कार्यक्रम आदिको कार्यान्वयनमा भएको कमजोरीलाई पनि प्रशिक्षण, आलोचना र कारबाहीबाट हटाउनुपर्ने हुन्छ ।

    पार्टीसङ्गठनले मात्र होइन, विभिन्न मोर्चा र जनवर्गीय सङ्गठनले पनि आआफ्नो स्तरमा केन्द्रदेखि विभिन्न तल्ला तहसम्म अध्ययन र अनुसन्धानका लागि विभाग वा समितिको गठन गर्ने र कार्य पूरा गर्न ध्यान दिनुपर्छ ।

    पार्टीबाहिर सरकार विभिन्न सङ्घसस्था र देशभित्र वा बाहिरका शोधकर्ताको अध्ययन–अनुसन्धानबाट फाइदा उठाएर आफ्नो अध्ययन–अनुसन्धानको क्षेत्रलाई विस्तार गर्नुपर्ने आवश्यकतासमेत पार्टीले औल्याएको छ ।

    पेसेवर कार्यकर्ताको सैद्धान्तिक स्तर उठाउन र उनीहरूका लागि आर्थिक आधार तयार पार्न योजनाबद्ध प्रकारले काम गर्नुपर्ने छ । पार्टीस्कुललाई नियमित र व्यवस्थित पार्ने कामसमेत गर्नुपर्छ । केन्द्र र जिल्लास्तरमा समेत धेरैभन्दा धेरै सङ्गठनकर्ता तयार पार्न प्रयत्न गर्नुपर्छ ।

    जनवादी केन्द्रीयता तथा छलफलमा स्वतन्त्रता र काममा एकता लेनिनवादी सङ्गठनात्मक आधार हुन् । तिनैमाथि पार्टीको अनुशासन टिकेको हुन्छ । सबै पार्टी समिति र सदस्यले अनुशासन कायम राख्न र बलियो बनाउन सधैँ ध्यान दिनुपर्छ । सिद्धान्त र राजनीतिको प्रश्नमा सही र दृढ नीति अपनाएकाले र लेनिनवादी सङ्गठनात्मक प्रणालीको आधारमा पार्टीको सङ्गठन र अनुशासनलाई कायम राख्ने प्रयत्नले हाम्रो पार्टी बलियो सैद्धान्तिक, राजनीतिक र सङ्गठनात्मक धरातलमा स्थापित छ । जनवादपछि केन्द्रीयता र छलफलपछि एकता उल्लङ्घन नगरिकन विधानअनुसार सबै चल्नुपर्छ ।

    दर्शन र सिद्धान्तको क्षेत्रमा माक्र्स–एङ्गेल्सको र सङ्गठनात्मक प्रणाली र अनुशासनको विषयमा लेनिनको बढी योगदान रहेको छ । लेनिनवादी सङ्गठनात्मक सिद्धान्तअनुसार पार्टीमा अनुशासन कायम राख्नु कठिन र जटिल काम हो । एकातिर प्रशिक्षण अर्कोतिर अनुशासनको कारबाही गर्दै अगाडि बढ्ने र गोपनियता कायम राख्ने गर्दा अनिश्चितकालका लागि पार्टीबाट निष्काशितहरू मात्रैको सबै विवरण बाहिर आउछन् । सङ्गठनसम्बन्धी दक्षिणपन्थी वा उदारवादी सोचाइबाट बचेर लेनिनवादी प्रणालीअनुसार पार्टीसङ्गठन र अनुशासनलाई सुदृढ पार्नुपर्छ । यो विश्वदृष्टिकोणसँग पनि जोडिएको प्रश्न भएकाले स्तर उठाएर अनुशासित, मिलिट्यान्ट र जुझारु पार्टीको निर्माणतर्फ लाग्नैपर्छ अन्यथा कम्युनिस्ट पार्टी हुने छैन ।

    पार्टीको सङ्ख्यात्मक वृद्धिलाई मात्र नभएर गुणात्मक वृद्धि गर्न सदस्यता दिने बेलामै लेनिनवादी प्रणालीलाई कडाइपूर्वक लागु गर्नुपर्छ । बुर्जुवा र संशोधनवादी पार्टीहरूले आफ्नो प्रणालीलाई सर्वश्रेष्ठ राजनीतिक पार्टी बताएर लेनिनवादी प्रणालीलाई अधिनायकवादी बताउने गरेको हुनाले क्रान्तिकारी कम्युनिस्ट पार्टीले कडा सङ्घर्ष गर्नुपरेको छ । कम्युनिस्ट पार्टीले अपनाउने गरेको अनुशासनको पद्धति सर्वहारा वर्गको अनुशासन हो । सानो प्रकारको उत्पादन प्रणाली र जीविकाको व्यक्तिगत तरिका दुवैले गर्दा निम्नपुँजीवादी चिन्तन उत्पादन भइरहन्छ ।

    सर्वहाराकरण, विधान र नियमावली तीनओटै पक्षमा अनुशासनको स्तर उठाउनुपर्दछ । नकारात्मक प्रवृत्तिलाई पनि सम्भव भएसम्म सैद्धान्तिक र मैत्रीपूर्ण तरिकाले समाधानको प्रयत्न गर्नुपर्छ । विधान, नियमावली जानकारी गराएर सङ्गठनात्मक प्रणालीलाई व्यवस्थित पार्दै लग्दा अनुशासनको मुख्य समस्या समाधान हुन्छ । गैरसर्वहारा प्रवृत्ति नहटाउने, गल्तीमा पछुतो नगर्ने र अकाट्य तथ्यबाट शत्रुको दलाल र गद्दार र दलाल तत्त्वलाई पार्टीबाट निकालेर फेरि प्रवेश बन्द गराउनुपर्छ । अनुशासनको आधारमा मात्र पार्टी एकता कायम हुन सक्छ । लेनिनवादी सङ्गठनात्मक सिद्धान्त र पार्टीका हितको पक्षमा बाहेकको एकता सम्भव र उचित हुन्न । इमान्दारिता र निष्क्रिय भए समर्थक हुनुपर्छ ।

    केन्द्रीय समिति आफू महाधिवेशनको निर्णयको मातहतमा रहेपछि मात्र त्यसको निर्देशन सबै तल्ला समितिले पालन गर्नुपर्छ । बहसको स्वतन्त्रता र कार्यको एकताको लागु गर्दा अल्पमतको अधिकारलाई बहुमतले ग्यारेन्टी दिनुपर्छ । त्यसका लागि आलोचनाको अधिकारलाई अनुशासित गर्नुपर्छ । केन्द्रीयताको साथै जनवाद, अनुशासनका साथै स्वतन्त्रता र एकीकृत एकताका साथै व्यक्तिगत सकृयताको राजनीतिक स्थिति सृजना गर्न आवश्यक हुन्छ ।

    सर्वहारा विश्वदृष्टिकोणले नै सङ्गठन र अनुशासनसम्बन्धी माक्र्सवादी–लेनिनवादी र अराजकतावादी दृष्टिकोणको फैसला गर्छ । सचेत मजदुरले माथिल्लो तहका नेताकार्यकर्ताले पनि पार्टीसदस्यको कर्तव्य पूरा गर्नुपर्ने माग गर्न सिक्नुपर्छ । पार्टीसित कार्यकर्ताको निकटताको स्तर पनि छुट्टाउन सक्नुपर्छ । केन्द्रीयताले आफ्नो अधिकार जनवादबाट नै पूरा गर्छ ।

    सर्वहारा क्रान्तिको उद्देश्य शोषणप्रधान व्यवस्थाको सम्पूर्ण रूपमा अन्त्य हो । मध्यपन्थीको राजनीतिक चरित्रमा कुरा माक्र्सवादप्रति आस्था, व्यवहारमा अवसरवादको सेवा गरी दुवै मिश्रण हुन जान्छ । यो बिचको सङ्क्रमणकालीन रूप हो । छिटै सुधार गरिएन भने विकास भई दक्षिणपन्थी अवसरवादमा पतन हुन्छ ।

    माक्र्स–एङ्गेल्सको पालामा व्यवस्थित सङ्गठन थिएन । सङ्गठन र सदस्यतासम्बन्धी नियममा लेनिनले बढी जोड दिए । व्यक्ति बिग्रेर जादा कम क्षति हुन्छ तर अनुशासन बिग्रेर जाँदा पार्टी सीमित हुन्छ । महत्त्वका हिसाबले सिद्धान्त र राजनीतिपछि सङ्गठन भए पनि पार्टीका कार्यकर्ता मुख्य कडी हुन् । पूर्णकालीन कार्यकर्ता थोरै हुने र समाजको असर पार्टीमा पनि पर्ने हुनाले कम्युनिस्ट बन्ने कुरा सङ्गठनात्मक अनुशासनले निश्चित गर्छ । जनताको बिचमा काम गर्दा किसानको काम व्यक्तिवादी प्रकृतिको र मजदुरको काम सामूहिक प्रकृतिको हुन्छ ।

    अन्य पार्टीले यही व्यवस्थाभित्रै आफ्नो स्थान सुरक्षित पार्ने हुन् । हामीले आमूल परिवर्तन गर्नुपर्ने हुनाले उदीयमान वर्गको भूमिका निर्वाह गर्नु पर्ने हुन्छ । त्यसैले कडा अनुशासन चाहिन्छ ।

    आन्दोलनमा धेरै जनता सहभागी नहुने कारण राजनैतिक चेतनास्तर कम भएकाले हो । सचेत र सङ्गठित बनाउनुपर्छ । जनताले राजनीति व्यवहारबाट सिक्छन् । मजदुर वर्गको मुक्तिको अर्थ वर्गका विशेष अधिकार तथा दलालीका लागि होइन बरु समान अधिकार र कर्तव्य तथा समस्या वर्गशासनको उन्मूलनका लागि सङ्घर्ष गर्न हो ।

    कम्युनिज्मको उद्देश्य व्यक्तिगत सम्पत्तिको उन्मूलन गर्न सामूहिक सम्पत्तिको रक्षा र विकास गर्न हो । पुँजी सामूहिक उपज हो । सामूहिक हुँदा सम्पत्तिको वर्गचरित्र नष्ट हुन्छ । आम जनताको बिचमा, खासगरी श्रमजीवीका बिचमा जीवन्त सम्बन्ध कायम राख्ने र विकास गर्ने काम पार्टीका र व्यक्तिगत रूपमा पार्टी सदस्यका पनि आवश्यक पूर्वशर्त हुन् ।

    बुधबार, माघ २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.