• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

जनताबिचका अन्तरविरोधको बारेमा


  •   शुक्रबार, माघ १९, २०८० मा प्रकाशित
  • दुर्गानाथ खरेल ##

    Advertisement

    इतिहासका निर्माता जनता हुन् । जनताले देवता मान्छन् । स्वर्गनर्क मान्छन् । राजा मान्छन् । नेता मान्छन् । समग्रमा परम्परागत रूपमा चल्दै आएको वर्तमान व्यवस्थालाई मान्छन्; आदर्शवादी दर्शन मान्छन् र आफ्नो मुक्ति आफूले होइन, अरूले गरिदिने मानेर अलौकिक वस्तुको प्रतीक्षा गर्छन् ।

    क्रान्तिकारी कार्यकर्ताले दुई खालका अन्तरविरोधको सामना गर्नुपर्छ : पहिलो– हामी र हाम्रा शत्रुबिचको अन्तरविरोध र दोस्रो– जनताबिचका अन्तरविरोध ।

    पहिलो अन्तरविरोध प्रतिस्पर्धाबाट आफू विजयी हुने, शत्रुलाई हराउन जनतामाथि भरोसा गर्ने, जनताको बिचमा आफू सेनासहितको सेनापति बन्ने शत्रुलाई सेनाबिनाको सेनापति बनाइदिने । त्यसपछि शत्रुमाथि अधिनायकत्व कायम राख्ने गर्नुपर्छ । जनताबिच रहने अन्तरविरोधहरूमा श्रमजीवी वर्गभित्रका अन्तरविरोध, किसान वर्गभित्रका अन्तरविरोध, बुद्धिजीवीबिचका अन्तरविरोध, मजदुर र किसान वर्गबिचका अन्तरविरोध एकातिर, मजदुर किसान अर्कोतिर बुद्धिजीवीबिच रहने अन्तरविरोध अन्तरविरोध एकातिर, मजदुर वर्ग र अरू श्रमिक जनताका श्रेणीहरू अर्कोतिर, राष्ट्रिय पुँजीपति वर्गकै बिच रहने अन्तरविरोध आदि हुन् । व्यक्तिगत हित र सामूहिक हितबिच रहने अन्तरविरोध, जनवाद र केन्द्रियताबिच रहने अन्तरविरोध, नेतृत्व वर्ग र कार्यकर्ताबिच रहने अन्तरविरोध आदि सबै जनताका बिच रहने अन्तरविरोध हुन् ।

    जनताबिचका अन्तरविरोधभित्र जनताका हितको आधारभूत एकता रहेको हुन्छ । मजदुर र राष्ट्रिय पुँजीपति वर्गका बिच रहेको अन्तरविरोध जनताभित्रकै अन्तरविरोध हो । यिनीहरूबिच हुने वर्गसङ्घर्ष जनताका श्रेणीभित्र हुने अन्तरविरोध हो । राष्ट्रिय पुँजीपति वर्गको दोधारे नीतिले गर्दा त्यस्तो भएको हो । तिनीहरूमा एउटा क्रान्तिकारी पक्ष हुन्छ । तिनीहरू साम्राज्यवादीबाट थिचोमिचोमा परेका हुन्छन् । तिनीहरूको पुँजी फस्टाउन सकेको हुन्न । त्यसकारण तिनीहरूले क्रान्तिकारीलाई सहयोग र साथ दिन्छन् । अर्को, उनीहरू पनि पुँजीपति नै भएकाले मजदुरलाई शोषण गरेर नाफा कमाउने र हाम्रा सत्रुसँग सम्झौता गर्ने प्रवृत्ति पनि रहन्छ । त्यसकारण हाम्रो प्रयत्नले तिनीहरूसँग हुने अन्तरविरोधलाई मैत्रीपूर्ण रूप दिएर समाधान गर्ने प्रयत्न गर्नुपर्छ । उनीहरूमा समाजवादी रूपान्तरणलाई सहयोग गर्ने सकारात्मक पक्ष पनि रहन्छ ।

    विदेशी पुँजीपतिले हाम्रो देशबाट नाफा गरेर आफ्नो देशमा लैजाने भए पनि राष्ट्रिय पुँजीपति वर्गले देशको औद्योगिकीकरणमा पनि सहयोग गर्ने र हाम्रो देशभित्र नै पुँजी परिचालन गर्ने हुनाले पनि अन्तरविरोधलाई मैत्रीपूर्ण रूप दिने प्रयत्न गर्नुपर्छ । आफ्नो देशको ठोस वस्तुस्थितिमाथि ध्यान दिएर शत्रुतापूर्ण अन्तरविरोधलाई पनि राम्ररी सञ्चालन गरेको खण्डमा त्यसलाई मैत्रीपूर्ण रूपमा बदल्न सकिन्छ ।

    आफ्नो सतर्कता पुगेन भनेर शान्तिपूर्ण रूपमा समाधान गर्न सकिने अन्तरविरोध पनि सजिलै समाधान हुन नसक्ने अवस्थामा पुग्छ ।

    पुँजीपति र मजदुरको बिचको अन्तरविरोध हाम्रो र शत्रुको जस्तै शत्रुतापूर्ण अन्तरविरोधमा फेरिन पनि सक्छ । जे जसरी भए पनि अन्तरविरोधको समाधान त हामीले नै गर्ने हो ।

    जनवादी अधिनायकत्वको पहिलो काम देशभित्र हामी र हाम्रा शत्रुबिच भिन्नताको स्पष्ट रेखा खिच्ने काम हो । दोस्रो ठिक र बेठिक छुट्याउने कुरा हो । जनताका बिच ठिक र बेठिक छुट्याउने प्रकृतिभन्दा यो फरक छ । देशभित्रका प्रतिक्रियावादी वर्ग र तत्त्व तथा समाजवादी क्रान्तिको विरोधमा शोषकलाई जनवादी अधिनायकत्व प्रयोग गरेर दमन गर्नुपर्छ । यो काम देशभित्र हामी र हाम्रा शत्रुबिचको समस्या समाधान गर्ने अधिनायकत्वको तरिका हो । समाजमा भएका अरू बेथिति गर्ने उपद्रयाहाबिच पनि अधिनायकत्व नै लागु गर्नुपर्छ । राज्यसत्ता जनताको पक्षमा भएपछि समाजमा शान्तिसुव्यवस्था कायम गर्न पनि जनताको साथसहयोगमा नै त्यसले आफ्नो जिम्मेवारी पूरा गर्छ । धेरै पुस्तादेखि समाजमा सम्पन्न वर्गका व्यक्तिको अधिनायकत्व खेप्दै आएका श्रमजीवी वर्गको मनोबल उच्च बनाएर आफूहरूले अधिनायकत्व लागु गर्न सक्ने अवस्थासम्म पुर्‍याउन पनि राज्यसत्ताको साथसहयोग रहन्छ ।

    अधिनायकत्वको दोस्रो रूप हाम्रो देशमा बाहिरी दुस्मनबाट हुने सम्भावित हमला र तोडफोडका कारबाहीबाट बचाउने हो । देश र जनताको रक्षा गर्न पनि अधिनायकत्वको प्रयोग नै गर्नुपर्छ । जनताले आफैमाथि अधिनायकत्व प्रयोग गर्न र जनताका एक खण्डले अर्को खण्डमाथि अधिनायकत्व लागु गर्न पनि सक्दैनन् । ऐनकानुन तोड्नेलाई कानुनमुताबिक नै दण्ड दिइनुपर्छ । जनतामाथि लागु गरिने कुरा जनवादी केन्द्रीयता हो । त्यसो गर्दा जनतामाथि भर पर्नुपर्छ । जनतन्त्र केन्द्रीय निर्देशनको मातहतमा रहेको जनतन्त्र हो ।

    अराजकता होइन, नियमन गर्ने जनतन्त्र हो ।

    दुईदलीय व्यवस्था पुँजीपति वर्गको अधिनायकत्व कायम गरिराख्ने एक साधन मात्र हो । त्यसले कुनै हालतमा पनि श्रमजीवी जनताको स्वतन्त्रताको सुरक्षा गर्न सक्दैन । स्वतन्त्रता र प्रजातन्त्रको अस्तित्व कल्पनामा मात्र होइन, यथार्थ रूपमा मात्र हुन्छ । प्रजातन्त्र र स्वतन्त्रता दुवै सापेक्ष हुन् र विशेष ऐतिहासिक परिस्थितिमा जन्मिन्छन् र हुर्किन्छन् । जनताको श्रेणीभित्र जनवाद केन्द्रियतासित सम्बन्धित रहन्छ र स्वतन्त्रता अनुशासनसित सम्बन्धित रहन्छ ।

    हाम्रो जनवादी केन्द्रीयताको अर्थ नै जनवाद र केन्द्रीयताको एकता र स्वतन्त्रता र अनुशासनको पनि एकता हो । हामी नेतृत्वसहितको स्वतन्त्रता र केन्द्रीय निर्देशन मातहतको जनवादको पक्षमा छौँ । हामीले विवादास्पद विषयको समाधान गर्ने काममा छलफल गर्ने, आलोचना गर्ने, चित्त बुझ्ने गरी आफ्ना भनाइ राख्ने र शिक्षित पार्ने गरी जनवादी प्रणाली मात्र प्रयोग गर्न सक्छौँ । बलप्रयोगको तरिका लागु गर्न सक्दैनौँ । धेरैजसो कुरामा प्रशासकीय आदेशले मात्र काम चल्न सक्दैन ।

    प्रचलित व्यवस्थाको नेतालाई जनताले आफ्नो नेता मान्ने गरेका हुन्छन् । वादविवाद र छलफलको तरिकाले उनीहरूलाई शिक्षित पारेर सही र गलत आफै छुट्याउन सक्ने गरी स्तरोन्नति गराउनुपर्छ । त्यसो भन्नुको अर्थ जनताको योग्यता बढाउनुपर्छ भनेको हो । साधारण परिस्थितिमा जनताका बिचमा हुने अन्तरविरोध शत्रुतापूर्ण हुँदैनन् । उनीहरू छलफल गरेर बहुमतको आधारमा अन्तरविरोध समाधान गर्ने विषयमा अभ्यस्त भएका हुन्नन् । हामीले आफ्नो सतर्कतालाई खुकुलो पार्‍यौँ र आफ्नो चनाखोपनलाई कमजोर पार्‍यो भने जनताले आफै समाधान गर्न सक्ने अवस्था आउन्न । त्यो अन्तरविरोध शत्रुतापूर्ण स्थितिमा जान सक्छ ।

    सर्वहारा वर्ग सबैभन्दा बढी शोषित र उत्पीडित वर्ग हो । ऊसँग उत्पादनका साधन हुन्नन् । आफ्नो श्रम बेच्नेबाहेक उसका आवश्यकता पूरा गर्ने थप उपाय केही पनि हुन्नन् । त्यस्तो वर्गको विश्वदृष्टिकोण सर्वहारावर्गीय भएन भने र ऊ लम्पट सर्वहारा वर्गको स्थितिमा पुर्‍याउनुपर्छ । सर्वहारा वर्गको उद्देश्यलाई व्यापक जनतामा भर परेर मात्र पूरा गर्न सकिन्छ ।

    सर्वहारावर्गीय मुक्तिको लागि वर्गमा लगन, अनुशासन, सङ्गठन र दृढताको विकास हुनु पहिलो आवश्यक शर्त हो । त्यसपछिको दोस्रो आवश्यक शर्त भनेको श्रमजीवी जनताको व्यापक समूहभित्र सर्वहारा वर्गको भर पर्ने र विश्वास गर्ने शर्त पूरा हुनुपर्छ । उपर्युक्त दुवै शर्तका कारणले अन्तरविरोधको ठिकसित सामना गर्ने र समाधान गर्ने निरन्तर प्रणालीबाट नै समाजवादी समाज झन् झन् खँदिलो र दरिलो हुँदै जाने हो । हाम्रो जनता र आफ्ना कार्यकर्तालाई समाजवादी समाजका अन्तरविरोधलाई बुझ्ने र त्यस्ता अन्तरविरोधको सही तरिकाबाट सामना गर्ने बुझाई सिकाइदिनु आवश्यक छ ।

    क्रान्तिकारी नेताकार्यकर्ताको अगाडि अन्तरविरोधको समाधान गर्नैपर्ने हुन्छ । अर्को छुट्टै सङ्घसंस्था र व्यक्ति, समुदाय त्यसको विकल्प छैन । पुँजीवादी समाजका अन्तरविरोधको समाधान त्यो व्यवस्था आफैले गर्न सक्दैन, समाजवादी क्रान्तिले समाधान गरिदिन्छ तर समाजवादी समाजका अन्तरविरोध शत्रुतापूर्ण हुँदैनन् र समाजवादी व्यवस्था आफैले एक एक गरी समाधान गर्न सक्छ । अन्तरविरोध उत्पन्न भइरहने तिनीहरूको समाधान पनि भइरहने विकासको द्वन्द्वात्मक नियम हो ।

    दक्षिणपन्थी विचार राख्नेले हामी र हाम्रा शत्रुबिच कुनै भेद देख्दैनन् भने वामपन्थी विचार भएकाले हामी र हाम्रो शत्रुबिच रहेका केही अन्तरविरोधलाई पनि हाम्रा शत्रुसँग रहेका अन्तरविरोधको रूपमा ठान्दछन् । त्यस्ता विचारले त्यसबाट प्राप्त हुने नतिजाको ठिकसित मूल्याङ्कन गर्नमा हामीलाई सहयोग पुग्दैन ।

    हाम्रो प्रबन्ध वस्तुगत यथार्थतासित मेल नखाने हुँदा अन्तरविरोध उत्पन्न हुन्छन् । सन्तुलन बिग्रन्छ । त्यो स्थितिलाई भुल गर्नु भनिन्छ । हाम्रो निर्देशक सिद्धान्त हो– सर्वाङ्गीण योजना, सर्वाङ्गीण दृष्टि र सही प्रबन्ध । त्यसकारण सबै देशभक्तको संयुक्तमोर्चा हुनु पनि आवश्यक शर्त हो ।

    वर्गीय समस्या वर्गले समाधान गर्ने हो तर राष्ट्रिय समस्या त सबै देशभक्त एक भएर समाधान गर्नु आवश्यक शर्त नै देशभक्त एक भएर समाधान गर्नु आवश्यक शर्त नै हो । सामाजिक सङ्गठन र व्यापक जनसमूह आफैले जनता र आफ्ना कामकाजसम्बन्धी कुराको बन्दोबस्त मिलाउनका लागि सही उपाय निकाल्न सक्छन् । सयौँ फूललाई फुल्न दिने र सयौँ खालका विचारधारामा प्रतियोगिता हुन दिने नीतिको उद्देश्य विज्ञानको प्रगति तथा कलाको समृद्धि हो । माक्र्सवादी दर्शन विज्ञान हो । त्यसमा कलाको पनि आवश्यकता पर्दछ । यही नीतिमार्फत् देशमा समाजवादी संस्कृतिलाई फलाउन, फक्राउन दिनु हो । वैचारिक सङ्घर्षमा धैर्य र परिश्रमसित तर्कवितर्कको पद्धतिबाहेक अरू क्रुर र ठाडो खस्रो पद्धति लिनु हुन्न । माक्र्सवादको सत्य वैज्ञानिक सत्य भएकाले यो आलोचनादेखि डाउन्न ।

    वैचारिक आलोचना बुद्धिवादी सिद्धान्तको आधारमा मात्र गरिनुहुन्न, द्वन्द्वात्मक तरिका प्रयोग गरिनुपर्छ ।

    हामीसित सही विश्लेषण र राम्ररी चित्त बुझाउने तर्क हुनुपर्छ । विषालु झारपात र सुगन्धित फूललाई चनाखो भएर छुट्याउनुपर्छ । यो काम व्यापक जनसमूहसित मिलेर सिक्नुपर्छ । जनतालाई सचेत र सङ्गठित बनाउन हामीले पार्टीको पत्रिका पढाउने, भाषण सुनाउने, प्रशिक्षण दिने आदि काम जनताको बिचमा गर्दै जान्छौँ । सांस्कृतिक कार्यक्रम जनताका बिच लगेर हामीले जनतालाई सचेत, सङ्गठित र अनुशासित बनाउने काम पनि गर्दै जान्छौँ । यी सबै कामबाट जनताका राजनैतिक चेतनास्तर उच्च हुन्छ । बहुसङ्ख्यक जनताको हातमा स्पष्ट कसी भए भने आलोचनालाई सही बाटोबाट लैजान सकिन्छ ।

    जनताको कसीको प्रयोगबाट मानिसका वचन र कार्य सुगन्धित फूल हुन् या विषालु झारपात हुन् भन्ने कुराको निधो गर्न सकिन्छ । हाम्रा अरू गल्तीकमजोरीको आलोचना गरे झैँ आवश्यकता पूरा गर्दा निर्वाहमुखी योजना गर्न र खेर नफाल्ने बानीको पनि विकास गर्नुपर्छ ।

    यो काम हामीले प्रत्येक दिन मुख धुने काम गरे जस्तै हो । लामो समयसम्म कठिन परिश्रम गर्न तम्सिनुपर्छ । कठोर परिश्रम गर्ने र जोगाउने नीति त्यही फारोतिनो गर्ने बानी र खेर नफाल्ने बानी बसाल्नुपर्छ । त्यही नीति लिएर देश निर्माण गर्नुपर्छ । वस्तुगत नियमबारे अलि बढी ज्ञान हुने र त्यसको कम ज्ञान हुनेको बिच हुने यो अन्तरविरोध पनि जनतामध्येकै अन्तरविरोध हो ।

    हरेक अन्तरविरोध वस्तुगत तथ्य हो । सकेसम्मको सही तरिकाले यसलाई बुझ्नु र समाधान गर्नु हाम्रो उत्तरदायित्व हो । हामीले आफै परिश्रम गरेर हाम्रो देशलाई सुहाउने र काम लाग्नेजति सबै कुरा अँगाल्नुपर्छ । यो हाम्रो सही दृष्टिकोण हो । हामीले कुनै देश र इलाकाबाट तथ्यहीन धारणा लिनुहुँदैन ।

    शुक्रबार, माघ १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ३.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ४.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ५.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ६.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ७.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ८.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.