• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

प्रादेशिक संरचनामा प्रहारको केन्द्र राष्ट्रिय दल


  •   शनिबार, माघ १३, २०८० मा प्रकाशित
  • विद्यानाथ अधिकारी

    Advertisement

    १२ वैशाख २०७८ मा गण्डकी प्रदेश सभामा विपक्षी गठबन्धन सरकार बनाउन बहुमत जुटाउने तयारीमा थियो । गण्डकी प्रदेशमा सरकार गठन गर्न गठबन्धनलाई बहुमत थियो । राष्ट्रिय जनमोर्चा पनि पाँचदलीय गठबन्धनमा सामेल भएका कारण गण्डकीमा कांग्रेसका नेता कृष्णचन्द्र नेपालीलाई समर्थन गर्ने निर्णय गरेको थियो ।

    तर, पार्टीको निर्णयविपरित राष्ट्रिय जनमोर्चा संसदीय दलका नेता कृष्ण थापा तटस्थ बसिदिए । थापाका कारण गठबन्धनलाई बहुमत पुगेन र सरकार बनाउन असफल भयो ।

    कृष्ण थापालाई राजमोले पहिले संसदीय दलको नेताबाट, त्यसपछि सांसद र पार्टीबाटै कारबाही गर्नुपर्ने अवस्था आयो । पछि जनमोर्चाका दुई जना सांसदसहितको समर्थनमा जेठ २९ गते पोखरेल मुख्यमन्त्री बने ।

    २०७४ सालको निर्वाचनमा राजमोले बागलुङका दुईवटा प्रदेश क्षेत्रबाट गण्डकी प्रदेश सभामा निर्वाचन जितेको थियो । एउटा समानुपातिक सिट पनि राजमोले प्राप्त गरेको थियो । प्रदेश सभामा तीन जना सांसद भएको जनमोर्चा निर्णायक शक्ति थियो ।

    तत्कालीन नेकपा (नेकपा) भित्रको शक्ति संघर्षका कारण त्यो पार्टीका अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक २०७७ पुस ५ गते संसद विघटन गरेका थिए । त्यसविरुद्ध राष्ट्रिय जनमोर्चासहित विभिन्न दलले संसद पुनस्र्थापनाको माग गरेर संघर्ष अगाडि बढाइरहेका बेला गण्डकी प्रकरण भएको थियो । सर्वोच्च अदालतले गरेको संसद पुनस्र्थापनाको आदेशविपरित फेरि ओलीले दोस्रो पटक २०७८ जेठ ८ गते संसद विघटन गरे । ओलीको प्रतिगामी कदमविरुद्ध बनेको पाँचदलीय गठबन्धन आज पर्यन्त विभिन्न स्वरुपमा कायम छ ।

    गण्डकी प्रकरणमा गठबन्धनको पक्षमा गरेको निर्णयका कारण संघीयताविरूद्ध संघर्षरत दलमाथि भित्रैबाट प्रहार भयो । प्रदेश संरचनामा राजनीतिक दलमाथिको पहिलो प्रहारको शिकार राजमो बन्यो । पार्टीले संसदीय दलको नेता बनाएका कृष्ण थापा पार्टीकै निर्णयविरुद्ध किन उभिए, त्यो समयक्रममा खुल्दै जाला ।

    यो त भयो अलि पूरानो कुरा । अब हालसालैका केही घटना हेरौँ ।

    राष्ट्रिय सभा निर्वाचन
    यही माघ ११ गते राष्ट्रिय सभा निर्वाचन सम्पन्न भयो । राष्ट्रिय सभामा रिक्त हुन लागेका २० मध्ये १९ सिटका लागि हालको सत्ता गठबन्धनले सहमतिका आधारमा उम्मेदवार उठायो । सातवटै प्रदेशमा गठबन्धनले सहजै जित निकाल्ने अवस्था थियो । किनभने प्रदेश सांसद र स्थानीय तहका प्रमुख उपप्रमुखले मतदान गर्ने राष्ट्रिय सभामा मतदाताको टाउको गणना गरेरै कसको मतभार कति भन्ने स्पष्ट हुन सकिन्छ ।

    तर, कोसी प्रदेशमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार कृष्ण सिटौलाले जित्दा माओवादीकी चम्पादेवी कार्कीले चुनाव हारिन् । त्यो सिटमा अप्रत्याशित रुपमा एमालेकी रुक्मिणी कोइराला विजयी बनिन् । अर्थात् गठबन्धनभित्रको दल नेपाली कांग्रेसका नेताहरूले भोट क्रस गरे । पार्टीको निर्णय र निर्देशन विपरित गठबन्धन दलका उम्मेदवारलाई भोट नहालेर विपक्षी उम्मेदवारलाई जिताइदिए ।

    यो कुरा खाली कांग्रेसमा मात्र होइन, केही हदसम्म एमालेमा पनि लागू भएको छ । राष्ट्रिय सभामा निर्वाचित कांग्रेस नेता कृष्ण सिटौलाको पक्षमा एमालेको पनि भोट आएको परिणामले देखाएको छ ।

    सामान्यतया निर्वाचनमा उम्मेदवारको जित–हार स्वभाविक हो । मतदाताले कुन उम्मेदवार छनौट गर्ने भन्नेकुरा स्वविवेकमा भर पर्छ । तर, राष्ट्रिय सभा निर्वाचनका मतदाताको हकमा त्यो नियम लागू हुँदैन । उनीहरूले पार्टीको निर्देशन र ह्विप मान्नुपर्छ । किनभने पार्टीको टिकटबाट जनप्रतिनिधि बनेका व्यक्तिहरु पर्टीप्रति जवाफदेही बन्नैपर्छ । अन्यथा त्यसले सम्बन्धित दललाई कमजोर मात्रै बनाउँदैन, अराजकता पनि निम्त्याउँछ ।

    राष्ट्रिय सभा निर्वाचनमा भएको ‘फ्लोर क्रस’ त्यही अराजकताको परिणाम हो । यसले गठबन्धन दलहरूभित्र पनि अविश्वासको वातावरण बनेको छ । त्यसको परिणाम राष्ट्रिय राजनीतिमा ढिलो–छिटो प्रकट हुने निश्चित छ । प्रादेशिक संरचनाका कारण कांग्रेसभित्र देखिँदै आएको कचिंगलको परिणाम थियो, कोसीको निर्वाचन ।

    केन्द्रको निर्णयविपरित मुख्यमन्त्री, सभामुख
    केसी प्रदेशमा यतिबेला मुख्यमन्त्री छन् कांग्रेस नेता केदार कार्की । असोज २८, २०८० मा प्रदेश प्रमुखले कार्कीलाई प्रदेश सभाको यो कार्यकालको पाचौँ मुख्यमन्त्रीको रुपमा नियुक्त गरेका थिए । नौ महिनामै पाँचवटा मुख्यमन्त्री फेरिनु आफैमा विकृत अवस्था त हो नै, त्यसमा अझ केदार कार्की पार्टी निर्णयविपरित विपक्षी दलसँगको साँठगाँठका आधारमा मुख्यमन्त्री बनेका हुन् ।

    सत्ता गठबन्धनले कोसीको मुख्यमन्त्रीको रुपमा माओवादीका इन्द्र आङ्बोलाई अगाडि सारेको थियो । तर, ९३ सदस्यीय प्रदेश सभामा कांग्रेसबाट विद्रोह गरेका ८ र एमालेका ३९ गरी ४७ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री बने । यसरी गठबन्धन र कांग्रेसको निर्णय कोसीमा लागू भएन । पार्टी केन्द्रसँग विद्रोह गरेर बनेको सरकारले केन्द्रको निर्देशन मान्छ नै भन्ने पनि छैन । यसप्रकार कोसी प्रदेशमा गठबन्धन र कांग्रेसले पकड गुमाएको देखिन्छ, जसको प्रभाव पछिल्लो राष्ट्रिय सभा निर्वाचनको परिणाम पनि हो ।

    यस्तै, प्रादेशिक संरचनाकै कारण पार्टीभित्र विवादको बीउ रोपिएको अर्को दल हो, राष्ट्रिय प्रजातन्त्र पार्टी । पार्टीको निर्णय र निर्देशनविपरित पुस २४ गते राप्रपाका अम्बरबहादुर विष्ट सभामुखमा निर्विरोध चयन भए । अहिले कोसीको सभामुखलाई लिएर राप्रपाभित्र कचिंगल मच्चिएको छ ।

    सुदूरपश्चिममा माओवादी भित्रको किचलो
    प्रदेश संरचनाका कारण दलभित्र पर्ने प्रहारको पछिल्लो उदाहरण बन्न पुगेको छ, सत्तारुढ माओवादी केन्द्र । माओवादीको सुदूरपश्चिम प्रदेश सभामा अहिले गाइजात्रा नै देखिएको छ । प्रदेश सभाका बहुमत सदस्यले निर्णय गरेर संसदीय दलको नेता फेरबदल गरिदिएका छन् । जबकी प्रदेश संसदीय दलको नेता केवल त्यो प्रदेश सभाको सदस्य र सदस्यहरूको मात्रै नेता होइन, ऊ पार्टीको पनि नेता हो । त्यसको छनौट प्रक्रियाका हिसावले संसदीय दलभित्र बहुमत प्राप्त सदस्यको रुपमा हुन्छ । तर, अर्को समूहलाई वाइपास गरेर बलात् ढंगले गरिएको छनौट भने स्वभाविक देखिँदैन ।

    यद्यपी संसदीय दलको नेता कसलाई बनाउने वा सरकारमा कसलाई पठाउने त्यो सम्बन्धित दलभित्रको आन्तरिक विषय हो । तर, जब सार्वजनिक पदमा व्यक्ति पुग्छ, ऊ त्यो दलको मात्रै नभएर आम चासोको विषय बन्छ । यस हिसावले अहिले माओवादीको प्रदेश सभामा भइरहेको किचलो र गुटबन्दीले त्यो दलभित्रको अराजकतालाई मात्रै प्रकट गरेको छैन, त्यसले प्रदेश र राष्ट्रिय राजनीतिलाई पनि थोरबहुत असर पार्ने निश्चित छ ।

    केन्द्रको पकडबाहिर मधेश सरकार
    मधेश प्रदेशमा यतिबेला जनता समाजवादी दलको नेतृत्व छ । जसपाका सरोजकुमार यादव मुख्यमन्त्री छन् । मधेशमा कस्तो सरकार बनाउने वा कसलाई अघि सार्ने भन्ने कुरा केन्द्रीय राजनीतिका निर्णायक शक्ति मानिएका कांग्रेस, एमाले र माओवादीको हातमा छैन । जबकी मधेशमा विभिन्न खाले विखण्डनकारी शक्तिहरु हावी छन् ।

    त्यस्तो ठाउँमा केन्द्रको पकड झनै बलियो हुनुपर्ने आवश्यकता थियो । तर, केन्द्रीय पार्टीहरुले मधेशमा पकड गुमाउँदै गएको देखिन्छ । राष्ट्रिय राजनीतिमा निर्णायक दलहरूको नेतृत्वमा प्रदेश सरकार बन्ने अवस्था नहुनु भनेको विखण्डनकारी शक्तिलाई बल पुग्नु हो ।

    खासमा संघीयताको वकालत पूर्वी तराई (हालको मधेश प्रदेश) केन्द्रित दलहरूबाटै भएको हो । मधेशवादी दलहरूले नेपालको २०७२ सालको संविधानलाई अझै स्वीकार गरेका छैनन् । उनीहरू बेला बेलामा नेपालबाटै तराईका २२ जिल्ला टुक्राएर अलग राज्य बनाउने धम्की दिइरहेका हुन्छन् । भारतीय नाकाबन्दीलाई आफैँले गरेको भन्न पुग्छन् । संविधानमा कतिपय राष्ट्रघाती संशोधनको माग गरिरहेका छन्, जुन भारतीय साम्राज्यवादी दबाबसँग मेल खान्छ ।

    यद्यपी नेपालका राजनीतिक दलहरूले भारतीय दबाबसामु झुकेर कैयौं राष्ट्रघाती निर्णयसमेत गरिसकेका छन् । जस्तो कि, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण, अंगीकृतका सन्तानलाई बंशजको नागरिकता त्यस्ता उदाहरण हुन् । अझ संविधानमा संशोधन पूर्ण नभएको उनीहरूको ठहर छ । प्रदेश सरकारलाई संवैधानिक रुपमै स्वायत्त बनाउने र केन्द्रले हस्तक्षेपमुक्त बनाउने उनीहरूको प्रयास खतरनाक छ ।

    यो अवस्थामा राष्ट्रिय राजनीतिक दलको पकडबाहिर प्रदेश सरकार हुनु निश्चय नै देशको भविष्यका लागि सुखद होइन ।

    नयाँ क्षेत्रीय दल उदयको सम्भावना
    पछिल्लो आम निर्वाचन २०७९ ले कतिपय अप्रत्याशित परिणाम ल्याइदिएको छ । परम्परागत राजनीतिक दलहरुको विकल्पमा नयाँ दलहरूको उदय भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय संसदमा चौथो शक्ति बनेको छ भने पूर्वी क्षेत्रमा सिके राउत नेतृत्वको जनमत पार्टी र पश्चिमी क्षेत्रमा रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी बलियो बनेर उदाएको छ । यस्तै, आगामी दिनमा अन्य कतिपय दलहरूसमेत उदाउने संकेत देखा परेको छ ।

    पुराना दलको विकल्पमा नयाँ दल आउनु, पुराना नेताको विकल्पमा नयाँ नेता उदाउनु नराम्रो होइन, तर ती दल वा नेताका एजेण्डा कस्ता छन् भन्ने कुरा महत्वपूर्ण कुरा हो । जातीय, क्षेत्रीय, धार्मिक वा विखण्डनकारी दलको उदय हुनु र प्रदेश तहमा तिनको पकड हुँदै जानु निश्चय नै राम्रो संकेत होइन ।

    निष्कर्ष
    भूराजनीतिक अवस्थाका कारण नेपाल सम्वेदनशील राष्ट्र हो । आन्तरिक रुपमा विभिन्न जाती, भाषा, धर्म, फरक भैगोलिक क्षेत्रको मनोविज्ञान र बाह्य रुपमा ठूला शक्ति राष्ट्रहरूको ‘बफर जोन’ का कारण नेपालले जहिल्यै सचेततापूर्व कदम चाल्नुपर्ने हुन्छ । मुलतः राष्ट्रिय राजनीतिक दलहरूले गर्ने निर्णय परिपक्व र सम्वेदनशील हुन जरुरी छ ।

    नेपालमाथिको विभिन्न खाले बाह्य हस्तक्षेपविरुद्ध जनताले संघर्ष गरेरै देश बचाएका हुन् । पछिल्लो समय जातीय राज्य बनाउन खोज्ने षडयन्त्रविरुद्ध समेत जनताले संघर्ष गर्नुपरिरहेको छ । यस्तो अवस्थामा राष्ट्रिय शक्तिहरू क्षीण बन्दै जानु र जातीय, क्षेत्रीय शक्तिको उदय हुँदै जानु राम्रो संकेत अवश्य होइन ।

    प्रादेशिक संरचनाका कारण राष्ट्रिय राजनीतिक दलहरू आन्तरिक किचलो र विग्रहको बाटोमा अग्रसर भइरहेका देखिन्छन् । यसले भविष्यमा ल्याउने परिणाम भयावह हुन सक्छ ।

    शनिबार, माघ १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.