• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

द्वन्द्वात्मक भौतिकवादको सम्बन्धमा केही कुरा


  •   बुधबार, माघ १०, २०८० मा प्रकाशित
  • दुर्गानाथ खरेल ##

    Advertisement

    द्वन्द्ववाद ग्रीस भाषाको डियालेगोबाट बनेको डाइलेग र त्यसबाट बनेको डाइलेक्टिस शब्दको नेपाली अनुवाद हो । डाइलगको अर्थ बहस र वादविवाद गर्नु वा पक्ष वा विपक्षमा विचार राख्नु हो । द्वन्द्व भनेको दुई पक्षमा हुने लडाइँ हो ।

    द्वन्द्ववादले पदार्थ उदय र अन्तको आधारमा विकास भई पुरानो गुणात्मक अवस्थाबाट नयाँ गुणात्मक अवस्थामा सङ्क्रमण भइरहने सिलसिला हो भन्ने मान्दछ । विकासको मुख्य कारण आन्तरिक अन्तरविरोध भएकाले अन्तरविरोधको अध्ययनमा जोड दिन्छ । हरेक वस्तुको अस्तित्व उसको आफ्नै आधारमा होइन, त्यसको विरोधी पक्षको अस्तित्वसँग निर्भर रहेको, संलग्न भएको र त्यसैद्वारा निर्धारित भएको मानिन्छ ।

    विश्व तयारी वस्तुको समष्टि होइन, प्रक्रिया, सम्बन्ध तथा सम्पर्कको समष्टि हो । निरन्तर नयाँ नयाँ अवस्था र नयाँ नयाँ स्थितिमा रूपान्तरण भइरहेको अवस्थामा हरेक वस्तु र हरेक घटना गइरहेका हुन्छन् भन्ने मान्यता द्वन्द्वात्मक भौतिकवादको हो ।

    द्वन्द्वात्मक दृष्टिकोण सधैँ परिस्थितिसापेक्ष हुन्छ । कुनै पनि घटना अथवा पदार्थको अवस्थाको बयान गर्न र व्याख्या गर्न बितेका र आउने दुवै अवस्थाको विचार गरिनुपर्छ । त्यो पहिल्यै घटिसकेको घटनाको परिणाम र पछि घट्ने घटनाको कारण पनि हो । यो व्यवहारको दर्शन हो ।

    समाजवादका लागि हुने सङ्घर्ष व्यवहारसित अभिन्न रूपले सम्बन्धित छ । समाजवादको लागि गरिने व्यवहार सिद्धान्तअनुसार प्रयोग गरिएको हुनुपर्छ । द्वन्द्वात्मक भौतिकवादले पुँजीवादी समाजलाई समाप्त पारेर समाजवादी समाज निर्माण गर्ने नयाँ समाजवादी चेतना निर्माण गर्न बाटो देखाउँछ ।

    परस्पर विरोधी पक्षबिचको अन्तरविरोधले परिवर्तन हुनुपर्ने आवश्यक परिस्थिति उपलब्ध गराउँछ । सामाजिक प्रकिया पुनरावृत्तिको प्रक्रिया होइन, त्यहाँ नयाँ नयाँ परिस्थिति, नयाँ नयाँ अवस्था र नयाँ नयाँ परिवर्तन भइरहन्छन् ।

    अन्तरविरोध विपरीत तत्त्वको एकताबाट सुरु भएर सङ्घर्षबाट समाधान हुन्छ । द्वन्द्ववाद संसार र मानवीय विचार दुवैको गतिको सामान्य नियमको विज्ञान हो । द्वन्द्वात्मक दर्शन तल्लो स्तरबाट माथिल्लो स्तरमा अनन्त रूपले उकालो लाग्दै अस्तित्वमा आउने र बिलाएर जाने प्रक्रियाको मानव मष्तिष्कमा पर्ने प्रतिबिम्ब मात्र हो ।

    प्रकृति र मानव जीवनको विकासमा मन्द गतिको क्रमश: र क्रमबद्ध विकास भइरहने र त्यसको साथसाथै छिटो छिटो क्रमहीन किसिमको फड्को (निरन्तरतामा तोड्न) अथवा क्रमभ·ता जस्ता भिन्नाभिन्नै प्रवृत्ति समावेश छन् । मात्रात्मक परिवर्तन र गुणात्मक फड्को एकार्काका परिपूरकको रूपमा गतिशील भइरहन्छन् । मात्रात्मक परिवर्तन नभइकन गुणात्मक परिवर्तन हुन्न । गुणात्मक परिवर्तन नभइकन नयाँ हुन्न । त्यसकारण दुवै परिवर्तन एकार्काको परिूरकको रूपमा गतिशील भइरहन्छन् ।

    विकासको स्रोत प्रकृतिमा नै रहेको छ । प्रकृतिले द्वन्द्वात्मक तरिकाबाट आफ्नो काम अगाडि बढाइरहेको हुन्छ । संसारका सबै वस्तु व प्रकृयाभित्र परस्पर विरोधी पक्ष रहेका हुन्छन । कुनै पनि वस्तु वा घटना वा चिन्तनको एकतालाई विभाजन गरेर परस्पर विरोधी पक्षको जानकारी लिने र अन्तरविरोधको अवस्था बुझेर त्यसको गतिको जानकारी लिने नगर्दासम्म हामीले त्यो वस्तु वा घटनाबारे ज्ञान प्राप्त गर्न सक्दैनौँ । विरोधी पक्षको सङ्घर्ष नै विकासको मूल कारण हो । प्रकृति र मानव समाजको विकासमा निषेध र जन्मको प्रकृया निरन्तर र अन्तहीन रूपमा चल्दछ ।

    निषेधको अर्थ पुरानोको ठाउँमा नयाँको स्थापना हो । पुरानामा भएको नकारात्मक पक्षको अस्वीकृति र सकारात्मक पक्षको संरक्षण हो । द्वन्द्ववादको उद्देश्य प्रकृति र समाजमा भइरहेका वास्तविक परिवर्तन र अन्तरसम्बन्धलाई पत्ता लगाउनुका साथै वस्तुका गति र अन्तरसम्बन्धलाई तिनीहरूको जन्म र मरणलाई समेत ख्याल गरेर सोच्नु हो । द्वन्द्ववादको विकासलाई अगाडि र माथितिरको गतिको रूपमा पुरानो गुणात्मक अवस्थाबाट नयाँ गुणात्मक अवस्थामा सङ्क्रमणको रूपमा सरलबाट जटिलतातिर निम्नस्तरबाट उच्च स्तरतिर सङ्क्रमणको रूपमा बुझ्दछ ।

    उदित र विकसित भइरहेको नयाँप्रति हामीले सधैँ ध्यान दिनुपर्छ । पलविशेषमा अस्तित्ववान्लाई भन्दा अस्तित्वमा आइरहेकोलाई ध्यान दिने सिद्धान्त मात्रै क्रान्तिकारी व्यवहारका लागि सर्वोपरी महत्त्वको हुन्छ ।

    पदार्थ र प्रक्रियामा परिवर्तन भइसकेको हुन्छ । चिन्तनमा पुरानो छाप रहिरहेको हुन्छ । त्यसैले वस्तुगत अवस्था र तर्कशास्त्रीबिच द्वन्द्व चलिरहन्छ ।

    द्वन्द्ववादको सारतत्व वस्तु जुन रूपमा छ, त्यही रूपमा अध्ययन गर्ने हो । त्यसैलाई लेनिनले ठोस अवस्थाको ठोस विश्लेषण गर्नुपर्ने बताउनुभएको छ । क्रान्तिकारी व्यक्तिमा छुट्टाछुटै परिस्थितिको विश्लेषण गर्ने बौद्धिक क्षमता हुनैपर्छ । सर्वोपरी महत्त्वको कुरा वस्तुमा भएको अन्तरविरोधको कुरा ठोस रूपमा बुझ्न सक्नु हो । त्यसपछि मात्रै सङ्घर्षको तरिका र समस्या समाधानको उपाय निक्र्यौल गर्न सकिन्छ । वस्तु वा घटनाका निर्णायक महत्त्वका र सार्वभौम चरित्रका नियमलाई मूल नियम भनिन्छ । यिनीहरू प्रकृति जीवन, समाज र चिन्तन सबै क्षेत्रका लागि हुन्छन् । त्यसकारण यिनीहरूको महत्त्व बढी हुन्छ ।

    सबै रूपका पदार्थमा परस्पर विरोधी पक्ष हुन्छन् । विरोधी पक्ष एकै ठाउँमा मिलेर बसेका हुन्छन् । विरोधी पक्षबिच एकताको अस्तित्व भएपछि सङ्घर्ष सुरु हुन्छ । हरेक वस्तुमा रहेको अन्तरविरोधी पक्षबिचको सङ्घर्ष नै विकासको मूल प्रेरक शक्ति हो ।

    गति स्वयम् अन्तरविरोध हो भन्ने हेगेलको भनाइ हो । दर्शनको क्षेत्रमा द्वन्द्ववाद हेगेलको र भौतिकवाद फायरवाखको व्याख्या भए पनि अलग अलग अस्तित्वलाई एकीकृत रूप दिएर माक्र्स र एङ्गेल्सबाट आधुनिक दर्शन द्वन्द्वात्मक भौतिकवाद सुरु भएको हो । हेगेलले संसारका हरेक चिज उत्पत्ति, परिवर्तन, विकास र विनाशको स्थितिबाट गुज्रन्छन्; जुनसुकै घटना प्रवाहबाट आफैले, आफूभित्रैबाट आफूलाई निधेष गर्ने शक्ति पैदा गर्छ पनि भने । फायरवाखले “मानिस प्रकृतिको सर्वोच्च सृष्टि भएकाले र प्रकृतिबाट अभिन्न प्राणी भएकाले दर्शनको केन्द्र मानिस नै बन्नुपर्छ† चेतना बाहिरी भौतिक संसारको केन्द्रीय प्रतिबिम्बसित घनिष्ट रूपले जोडिएको छ” भनेका थिए ।

    एङ्गेल्सका अनुसार गतिका रूपहरू यान्त्रिक, भौतिक, रासायनिक, जैविक र सामाजिक हुन् । प्रकृति, जीवन, समाज, घटना र सम्पूर्ण संसारमा गतिबिनाको पदार्थ छैन र पदार्थबिनाको गति पनि हुन सक्दैन । गति पदार्थको सार्वभौम रूप हो । गतिले नै वस्तुको गुण, संरचना र अस्तित्वको स्वरूप निर्धारण गर्छ । संसारमा सबै घटना र प्रकृया आन्तरिक रूपले नै विरोधाभाषपूर्ण हुन्छन् ।

    विकास भनेको पुरानोको पतन र नयाँको प्रादुर्भावको अनन्त प्रक्रिया हो । प्रगतिशील आफै नयाँ भएकाले पुरानोको ठाउँ लिदै जान्छ । द्वन्द्ववादको सारतत्त्व विरोधी पक्षको सङ्घर्ष हो । प्रतिपक्षको अन्तरविरोध बढ्दै जान्छ र त्यसैका कारण अन्तरविरोधमा परिणत हुन्छ ।

    अन्तरविरोध बढ्दै गएर सङ्घर्ष चर्किन्छ । विकासको गतिले समाधान र निकास खोज्न थाल्छ । मित्र पक्षबिच सम्झौतामा र शत्रु पक्ष भए एउटाद्वारा अर्को निषेध भई त्यति बेलाको अन्तरविरोध टुङ्गिन्छ । अर्को झन् उच्च स्तरको अन्तरविरोध सुरु हुन्छ । यो क्रम चलिरहन्छ । वर्गीय अन्तरविरोध वर्ग रहेसम्म र प्रकृति विरोधको अन्तरविरोध अस्तित्व रहेसम्म चलिरहन्छ ।

    समाजमा रहेको अन्तरविरोध सम्पन्न वर्ग र विपन्न वर्गबिचको अन्तरविरोध सबैभन्दा प्रमुख अन्तरविरोध हो । राज्यसत्ता र व्यवस्था सम्पन्न वर्गले विपन्न वर्गलाई काम गराउन र विद्रोह दबाउनका लागि हुन् । वर्गसचेत मजदुर किसानको विद्रोह दबाउन नसकेपछि मात्र आमूल परिवर्तन हुने हो । त्यो पनि आफ्नो वर्गले विरोधी वर्गलाई शासित बनाउन सक्ने वर्गीय चेतना, वर्गीय सङ्गठन, वर्गीय आन्दोलनका कारण हार भएपछिको प्रतिरोध दबाउन सक्ने अवस्थामा मात्रै आफ्नो वर्गीय शासन कायम रहन सक्छ । यही हो– सांस्कृतिक गतिविधि चल्ने द्वन्द्ववादी तरिका ।

    भौतिक उत्पादन कार्यको विशेषता भएको मानव समाजको गति सामाजिक गति हो । आर्थिक, सामाजिक, वैचारिक र राजनीतिकलगायत सामाजिक जीवनका हरेक क्षेत्रमा नयाँ र पुराना तत्त्वबिचको सङ्घर्षबाट समाज विकासको गति अगाडि बढ्छ । द्वन्द्वात्मक भौतिकवादले विश्वलाई स्थिर र अपरिवर्तनशील नभई विकास र परिवर्तन भइरहने अवस्थामा छ भन्ने विश्लेषण गर्दछ ।

    क्रमिक विकासको सिलसिला चल्दै गर्दा क्रमभङ्ग भई क्रमबद्धता टुट्नाले गुणात्मक फड्कोबाट आमूल परिवर्तन भएर नयाँको अस्तित्व सुरु हुने गरी विकास हुने मान्दछ । प्रकृतिका प्रकृयामा सधैँ नयाँ नयाँ पक्ष अगाडि आइरहन्छन् । त्यसलाई अन्तिम अङ्कसम्म पुर्‍याउन सकिन्न । सधैँ नयाँ पुराना उदीयमान मरणशील, क्रान्तिकारी प्रतिक्रान्तिकारी तत्त्व सामेल हुन्छन् ।

    द्वन्द्वात्मक भौतिकवादका मुख्य नियम तीनओटा छन् :

    (१) परस्पर विरोधी पक्षबिच एकता र सङ्घर्षको नियम

    यो नियमलाई लेनिनले द्वन्द्ववादको सार र गुदी भनेका छन् भने माओले आधारभूत नियम भनेका छन् । विरोधी पक्षको एकता विरोधीको रूपमा हुन्छ । परस्पर विरोधी पक्षमा आकर्षण हुन्छ । चुम्बकमा उत्तरी र दक्षिणी दुई विरोधी ध्रुब बिच आकर्षण हुन्छ । महिला र पुरुष परस्पर विरोधी लिङ्गका मान्छेबिच आकर्षण र एकता भई वैवाहिक सम्बन्धमा बाँधिन्छन् । त्यस्तै किसिमले परस्पर विरोधी पक्षबिच एकता भएको हुन्छ । एकताको सूत्रमा एक भए पनि परस्पर विरोधी भएको हुनाले एकताको अस्तित्वमा सङ्घर्ष भएर गतिशील हुन्छन् ।

    विरोधी पक्षको एकत्व विरोधीको रूपमा हुन्छ । एकार्कोमा आश्रित र सम्बन्धित हुन्छन् । विरोधी पक्षको अस्तित्व भएपछि सङ्घर्ष सुरु हुन्छ । त्यसैले सङ्घर्ष पदार्थ तथा चेतनाको विकासको मूल श्रोत हो । विरोधीको रूपमा सङ्घर्ष भएपछि एउटाको अधिनायकत्व हुन्छ भने अर्कोले दासत्व स्वीकार्नुपर्छ । सङ्घर्षको सिलसिलामा विरोधी पक्षमध्ये स्थिति फेरिएर अधिनायकत्व लागु गरेको शासितको अवस्थामा गएर दासत्व स्वीकार गर्नुपर्छ भने दासत्व स्वीकार गरेको पक्ष शासकमा परिवर्तन भई अधिनायकत्व लागु गर्छ । यसरी परिवर्तन र विकासको सिलसिला अगाडि बढिरहन्छ ।

    सङ्घर्षको सिलसिलामा नयाँ नयाँ स्थितिको सामना गरिरहनुपर्दछ । नयाँ स्थितिमा नयाँ एकता कायम गर्दै जानुपर्छ । आफू शासक भएको हुँदाको स्थिति र शासित हुँदाको स्थिति दुवैमा सङ्घर्ष भने चलिरहेको र एकताको अस्तित्व रहिरहेको हुन्छ । नयाँ र पुरानो, शासक र शासित, उदीयमान र मरणासन्न हुँदै आमूल परिवर्तन हुने हो । सङ्घर्ष पदार्थ तथा चेतनाको विकासको मूल श्रोत हो । एकताको विभाजन र त्यसको विरोधी तत्त्वको ज्ञान नै द्वन्द्ववादको सार हो । मित्रशक्तिबिच एकता प्रधान र सङ्घर्ष गौण भए पनि अस्तित्वको लागि सङ्घर्ष प्रधान पक्ष हुन्छ ।

    (२) मात्रात्मक र गुणात्मक परिवर्तनको नियम जुन

    स्वभावले कुनै वस्तुलाई अन्य वस्तुबाट अलग्याएको हुन्छ । त्यसैलाई गुण भन्दछन् । प्रत्येक वस्तु निश्चित गुणको साथै परिमाणले पनि युक्त हुन्छन् । परिमाणले विकासको सार वा सघनता, आकार, आयतन आदिबाट चित्रण गरिन्छ । परिणाम र गुणमा एकत्व हुन्छ । गुणमा हुने परिवर्तनले वस्तुमा नै परिवर्तन आई त्यो अर्को वस्तु हुन्छ तर मात्राको परिवर्तनले वस्तुमा स्पष्ट परिवर्तन आउन्न । त्यसले गुणमा नै परिवर्तन गराउँछ, तब मात्रै वस्तुमा आमूल परिवर्तन भई नयाँ वस्तु बन्दछ । मात्रात्मक र गुणात्मक पक्षको निश्चित संयोगको उल्लङ्घनद्वारा वस्तु बदलिएर अर्को वस्तु हुन्छ । दुवै एकार्कामा परिवर्तनका पूरक हुन् । मात्रात्मक परिवर्तन नभइकन गुणात्मक परिवर्तन हुन सक्दैन र गुणात्मक परिवर्तन नभइकन त्यो वस्तु नयाँ वस्तुमा रूपान्तरण हुन सक्दैन । पुरानोबाट नयाँ हुने काम मात्रात्मक परिवर्तनको खुट्किलो पार गरेर मात्र सम्भव हुने भए पनि पुँजीवादबाट समाजवादमा रूपान्तरण हुने कुराको बनिबनाउ सीमा वा खुट्किलो हुन्न ।

    समाजमा राजनैतिक चेतनास्तर उच्च बनाउँदै जाँदा आत्मगत र वस्तुगत, आन्तरिक र बाह्य परिस्थिति, राजनैतिक चेतनास्तर र सङ्घर्षको स्तर, सङ्गठन र अनुशासनको स्तर नेतृत्व र कार्यकर्ताको जनताका बिचको सम्बन्धको अवस्था आदि धेरै कुराको तालमेल आवश्यक पर्छ । यी सबै कुराको विचार गर्दा क्रान्ति र आमूल परिवर्तन दुई वर्षभित्र सम्पन्न हुन पनि वा दुई सय वर्ष लाग्न सक्छ ।

    मात्रात्मक परिवर्तनको चरित्र मन्द र क्रमबद्ध हुन्छ भने गुणात्मक परिवर्तन क्रमहीन र फड्कोको रूपमा सम्पन्न हुन्छ । फड्को भनेको आमूल परिवर्तनको स्तर हो । क्रान्ति नयाँ समाजको प्रशव वेदना हो । साम्यवादमा वर्ग लोप हुने र प्रकृतिसँगको सङ्घर्ष मात्र हुने भएकाले अनन्तकालसम्म विकासको गति अगाडि बढ्ने र बढिरहने छ ।

    (३) निषेधको निषेध नियम

    पुरानोको आधारमा उत्पन्न भएको नयाँले पुरानोलाई विस्थापित गर्नुलाई नै निषेध भनिन्छ । निषेध भनेको आन्तरिक अन्तरविरोधको आधारमा पुरानोको विस्थापन हो । निषेध गर्दा सकारात्मक पक्षको संरक्षण गर्छ । विकासको चरित्र प्रगतिशील र बर्तुलाकार वृत्तमा सम्पन्न हुन्छ । उच्चतम स्तरमा निम्नतम स्तरका केही पक्ष र स्वभावको पुनरावृत्ति हुँदै रहन्छ ।

    बुधबार, माघ १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.