• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

शहरमा दुधको मूल्य १०० पुग्यो, गाउँका किसान फाल्दै


  •   बिहिबार, चैत २०, २०७६ मा प्रकाशित
  • फाइल फोटो

    Advertisement

    काठमाडौं । लकडाउनको एक साता नवित्दै दुधको मूल्यमा भारी वृद्धि भएको छ । दैनिक उपभोग हुने दुधको मूल्य व्यापारीले प्रतिलिटर एक सय रुपैयाँ लिन थालेका छन् ।

    यसअघिसम्म डेरीबाट प्रतिलिटर ९० रुपैयामा पाइने दुधको मूल्य एकाएक बढाएर एक सय रुपैयाँ पुर्याइएको छ । यस्तै, प्याकेटको दुधको मूल्य ८० रुपैयाँ प्रति लिटर पुगेको छ । यसअघि प्याकेटको दुध प्रतिलिटर ७६ रुपैयाँ थियो ।

    गत भदौमा दुग्ध विकास संस्थानले दुधको मूल्य प्रतिलिटर ७६ रुपैयाँ तोकेको थियो । डेरीहरुले प्याकेटको दुध तोकिएकै मूल्यमा विक्रि गरे पनि खुला दुध भने ९० रुपैयाँमा बेच्ने गरेका थिए । लकडाउन लगत्तै दुध अभाव भएको भन्दै प्रतिलिटर १० रुपैयाँ बढाइएको हो ।

    तर, गाउँका किसान भने दुध बिक्री नभएको भन्दै सडकमा पोख्न थालेका छन् । दुग्ध उत्पादक सहकारी संस्थाहरुले दुध लिन छोडेपछि किसानले दुध नष्ट गर्न थालेका हुन् ।

    लकडाउन पछि दुधको खपत ८० प्रतिशत घटेको डेरी एसोसिएसनले जनाएको छ । लकडाउनका कारण देशभर प्रशोधित दूध र दुग्धजन्य पदार्थ (दही, घिउ, पनिर, बटर, चिजलगायत) को खपत ८० प्रतिशतले घटेको बताइन्छ । माग घटेपछि व्यवसायीले उत्पादनमा समेत कटौती गर्दै लगेको डेरी एसोसिएसनले जनाएको छ ।

    एसोसिएसनका अनुसार सामान्य अवस्थामा दैनिक ७ लाख लिटर दूध बिक्री हुने गरेको थियो । त्यसमध्ये साढे ५ लाख लिटर काठमाडौं उपत्यकामा मात्र खपत हुने गथ्र्यो । अहिले खपत घटेर २ लाख लिटरमा झरेको छ ।

    लकडाउन पछि देशभर गरी करिब ५० हजार लिटर दुध नष्ट गर्नुपरेको एसोसिएसनको दाबी छ । काठमाडौंमा चितवन, रुपन्देही, नवलपरासी, काभ्रेलगायतका जिल्लाबाट दूध आपूर्ति हुँदै आएको छ ।

    सरकारल लकडाउनको अवधिमा कुनै पनि सामानको मूल्य नबढेको भनिरहँदा उपभोक्ताले भने प्रत्येक सामानमा १० देखि १५ प्रतिशत भन्दा बढी मूल्य तिर्न बाध्य छन् ।

    बिहिबार, चैत २०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.