• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

विश्व स्वास्थ्य संगठनको प्रोटकललाई सबैले कार्यान्वयन गरौं


  •   बुधबार, चैत १९, २०७६ मा प्रकाशित
  • मनोज भट्ट

    Advertisement

    विश्व समुदाय कारोना भाइरसको महामारीबाट आक्रान्त छ । त्यसका विरुद्द जुधिरहेको छ । यही पुस १५ गते चीनमा देखा परेको कोरोना भाइरस तीन महिनाको दौरानमा विश्वका दुई सय देशलाई रोगको चपेटामा तानेको छ । यो लेख तयार पार्दासम्म मृत्यु हुनेको संख्या ४२ हजार १सय७ पुगेको छ भने लाखौं व्यक्तिहरु यो रोगबाट संक्रमित छन् । अझ डर लाग्दो कुरा अमेरिकी प्रशासनले यो रोगबाट दुई लाख व्यक्तिहरु अमेरिकामा मृत्यु हुन सक्ने चिन्ता जाहेर गरेका छन् । यसप्रकारले यो रोग संसार भरि तीव्र गतिमा फैलिरहेको छ । यो रोगका विरुद्ध विभिन्न मुलुकहरु आफनो क्षमता र साधन स्रोतका आधारमा लडिरहेका छन् ।

    संयुक्त राष्ट्र संघका महासचिब एन्टोनियो गुटेरेसले “कोभिड १९ संयुक्त राष्ट्रसंघको गठनदेखि अहिले सम्म सामना गर्नु परेको सबै भन्दा ठूलो र दोस्रो विश्व युद्ध पछिको सबै भन्दा ठूलो चुनौती रहेको” कुरा स्वीकार गरेबाट पनि यसको गम्भिरता समेत प्रस्ट छ । यो रोगका विरुद्ध विश्व स्तरमै सामना गर्नु पर्ने आवश्यकता छ । त्यस दिशामा विश्व स्वास्थ्य संगठनले नेतृत्वदायी भूमिका खेलिरहेको छ । यो रोगले पार्न सक्ने प्रभावको गम्भिरतालाई हेरेर विश्व स्वास्थ्य संगठनको आपतकालिन बैठक बसेर माघ १७ गते विश्वभरी स्वास्थ्य संकटकालको घोषणा गरेको थियो । त्यसै गरी फागुन २८ गते कोरोना भाइरसको संक्रमणलाई महामारीको रुपमा घोषणा गरेको छ ।

    त्यो महामारीको सामना गर्नका लागि विश्वका सबै देशले महामारी नियन्त्रण गर्न केही न केही उपाय अपनाउनका लागि विश्व स्वास्थ्य संगठनले आवश्यक प्रोटोकलको व्यवस्था गरेको छ । विश्व स्वास्थ्य संगठनले तयार पारेको प्रोटोकलमा विश्व समुदाय सहमत छन् र त्यसको कार्यन्वयनमा जोड दिई रहेका छन् र दिनु पनि पर्दछ । यो रोग कुनै एउटा देशको मात्र समस्या नभएर विश्वकै समस्या हो । विश्व स्वास्थ्य संगठनले यो महामारीको नियन्त्रणका लागि सामाजिक दुरी कायम गर्नु सबै भन्दा उत्तम उपायको रुपमा अगाडि सारेको छ । यही उपायको आधारमा रोगीबाट अलग बस्ने क्वारेन्टिनको पद्दतीमा जोड दिने गरिएको छ । अर्थात, “जो जहाँ छन् त्यहीँ सुरक्षित राख्ने वा रहन दिने” भन्ने नै हो ।

    नेपालको सन्दर्भमा, रोगबाट बच्न सामाजिक दुरी कायम राख्ने र जो जहां छ त्यही सुरक्षित राख्ने वा रहन दिने नीतिलाई कार्यान्वयन गर्नाका लागि बन्दी अवस्था (लकडाउन) को कार्यक्रम यही चैत्र ११ गतेदेखि लागू गरिएको छ । महामारी नियन्यत्रणका लागि लक डाउनको कार्यक्रम प्रभावकारी देखिएको छ । महामारी नियन्त्रणका लागि लक डाउन गरेको अवस्थामा छिमेकी मुलुकका सिमानाकाहरु खुला रहंदा त्यसले जनताको आवागमन कायम रहने र महामारीले थप संक्रामक रुप लिने भएको हुनाले सिमानाकाहरु प्नि बन्द गर्नु पर्ने आवश्यकता देखियो । त्यसका लागि जनस्तर, राजनैतिक दल तथा संघ संस्थाबाट पनि आवाज उठेको थियो । त्यसैले सिमानाकाहरु बन्द गरिएका छन् । सिमानाका बन्द गर्दा स्वभाविक रुपले जो जहां छ त्यही सुरक्षित राख्ने वा रहने विश्व स्वास्थ्य संगठनको प्रोटोकलको पालनामा सबै मुलुकहरुले ध्यान दिनु पर्दछ र त्यसको पालना गर्नु पर्दछ ।

    चीन र नेपालका बीचको आवागमन भौगोलिक विकटताले सहज छैन । त्यसैले यो महामारीमा चीनसंग हाम्रो आवागमनले समस्या पैदा हुने अवस्था छैन । यद्यपि सिमानाका पनि बन्द गरिएको छ । भारतसंग नेपालको १८८० किलोमिटर खुल्ला सीमा जोडिएको छ । दुईटै देशका नागरिक एक अर्काको देशमा सजिलै आवतजावत गर्न सकने भएकोले समस्या आउने गरेका छन् । तर दुईटै मुलुकले यो महामारीलाई नियन्त्रण गर्नका लागि विश्व स्वास्थ्य संगठनको प्रोटोकललाई पालना गर्ने हो भने कुनै समस्या हुंदैन । जो जहां छ त्यहां सुरक्षित रहने । एक अर्का मुलुकमा भएका नागरिकको हेरचाह, औषधि उपचार र खानपिनको व्यवस्था सम्बन्धित मुलुकले गर्नुपर्ने दायित्व पुरा गर्नु पर्ने हुन्छ ।

    कोरोना भाइरसको संक्रमित रोगीले करिब १५ मीनेट भित्र झण्डै ३२०० ब्यक्तिमा भाइरस सार्न सक्ने खतरा हुने भएकोले भारत र नेपालले लकडाउन गरी सिमानाका बन्द गरेको छ । त्यस्तो अवस्थामा मान्छेहरुको आवतजावतमा नियन्त्रण नगरी रोगमाथि नियन्त्रण गर्न सकिंदैन । अर्थात भारत र नेपालले समान उद्देश्यकालागि नै लक डाउन गरेको छ । तर लक डाउन गरिसके पछि जानकारी नभएको हुनाले थुप्रै नेपाली सिमानाकामा आइपुगे । सुदूरपश्चिमका विभिन्न नाकामा मात्र १ लाख ४३ हजार ३ सय ४७ जना नेपाली आइपुगेका थिए । तिनीहरुलाई नेपाल प्रवेशको मौका दिइयो । बन्दी अवस्थामा डंडेल्धुरा जिल्ला मामात्र ६ हजार नेपाली भित्रिएका थिए । तिनीहरुलाई जानकारी नभएको हुनाले तात्कालिन अवस्थामा मानवीय हिसाबले प्रवेश गराउनु न्यायोचित नै थियो । तर त्यससंगै रोग पनि भित्रिने गम्भीर जोखिम नेपालले उठायो ।

    भारतका विभिन्न ठाउंबाट आएका ९०० जना नेपालीहरु सुदूरपश्चिमका विभिन्न क्वारेन्टिनमा राखिएका छन्, कतिपय सम्पर्कमा आउन मानेका छैनन् । यद्यपि त्यस बेलासम्म भारतमा कोरोना भाइरसको समस्या यति बृद्दि भइसकेको थिएन ।
    भारतले नेपालीहरुलाई नेपाल आउन उत्प्रेरित गरि रहेको छ । भारतमा लक डाउनको अवस्थामा नेपालका विभिन्न नाकामा यति ठूलो संख्यामा नेपालीहरु भारतका विभिन्न ठाउंबाट आईपुग्नुलाई सामान्य रुपमा लिन सकिदैन । अहिले पश्चिमको दार्चुला जिल्लासँग जोडिएको भारतीय नाकाबाट नेपालीहरु नेपाल आउन खोजेको तर नेपालले आउन नदिएकोमा त्यो घटना राष्ट्रिय चर्चाको विषय बनेको छ । यो विषयले धेरै ठूलो तर∙ पैदा गरेको छ । सामाजिक सञ्जालमा सरकारको चौतर्फी विरोध भैरहेको छ । त्यो बिरोधलाई भारतीय सञ्चारमाध्यमहरुले पनि उक्साई राखेका छन् । आज (चैत १९ गते) मात्रै प्रकाशित भएका भारतीय पत्रपत्रिकाहरुले , “नेपालने मुह मोडा, डीएम ने खाना परोसा” शिर्षकमा समाचार प्रकाशन गरेका छन् ।

    अर्थात नेपाल जिम्मेवारीबाट पन्छियो तर भारतीय जिल्ला अधिकारीले नेपालीहरुलाई खाना खुवाए भनेर भारतलाई उदार र नेपाललाई कुरुप रुपमा प्रस्तुत गर्ने प्रयत्न गरिएको छ । के भारतीय अधिकारी र त्यहांका पत्रपत्रिकाहरुलाई भारत र नेपालमा लक डाउन रहेको र दुईटै देशका सिमानाकालाई रोग फैलिन नदिनका लागि बन्द गरिएको कुरा थाहा छैन ? त्यति मात्र नभएर रोगलाई फैलिन नदिनका लागि,“जो जहां छ त्यहां सुरक्षित रहनु” भनेर भारतीय प्रधानमन्त्रीले लगातार जोड दिंदै आएका छन् । भारतीय प्रशासनको यो कार्य आफ्नै प्रधानमन्त्रीको प्रतिबद्धता विरुद्ध रहेको छ । भारतमा भएका नेपालीहरुको सुरक्षा, औषधिउपचार र खानाको व्यवस्थाको जिम्मा भारत सरकारको हुन्छ भने नेपालमा भएका भारतीयहरुको जिम्मा नेपालको हुन्छ ।

    कैलालीको धनगढीमा ४० जना भारतीयहरुलाई सशस्त्र प्रहरीको क्वारेन्टिनमा राखिएको छ । ति भारतीय मजदुरहरु सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लामा कार्यरत थिए । भागेर भारततर्फ जान खोज्दा नेपाल तर्फको सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर भारत जान नदिएर क्वारेन्टिनमा राखिएको छ । त्यसै गरी काठमाडौं लगाएतका विभिन्न ठाउंमा काम गर्ने ३५२ जना भारतीय मजदुर वीरगञ्ज नाका काटेर भारत जान खोज्दा नेपाल प्रहरीले नियन्त्रणमा लिएर विभिन्न क्वारेन्टिनमा राख्ने प्रबन्ध मिलाएको छ । तर विभिन्न ठाउंमा बसिरहेका नेपालीहरुलाई भारतमै रोक्नुको सट्टा नेपाल जान प्रेरित गरेर विश्व स्वास्थ्य संगठनको प्रोटोकलको समेत भारतले उल्लंघन गरेको छ ।

    यस्तो संवेदनशील विषयमा नेपाल आउन चाहने व्यक्तिहरुको पवित्र र सोझो भावनालाई नेपालका केही नेताहरुले समेत सरकारको विरोध गर्ने कलाबाजिको रुपमा प्रयोग गरेको देख्दा उनीहरु कोभिड १९को महामारीको नियन्त्रणको लागि गम्भीर नभएको देखाउंछ । दार्चुला घटना सम्बन्धमा सामाजिक सञ्जालमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले, “आफ्ना नागरिक लैजान नसक्ने हुतिहारा सरकार” भनेर लेखेका छन् । त्यसै गरी पूर्व प्रधानमन्त्री शेर बहादुर देउबाले बिज्ञप्ति जारी गर्दै “भारतका विभिन्न ठाउंमा रहेका नेपाली महाकाली पारी सयौंको संख्यामा पुगेर दार्चुला प्रवेश गर्न चाहंदा उत्पन्न जटिलताको ब्यवहारिक हल खोज्न म सरकारलाई आग्रह गर्दछु ।” भनेर सुझाब दिएका छन् ।

    यहांनिर प्रश्न उठ्छ यस्तो विपदको घडीमा भावनात्मक प्रकारले सोच्दा झन् परिस्थिति जटिल बन्ने छ । हामीले भावनात्मक प्रकारले सोच्ने हो भने न त लक डाउनको पालना हुन सक्दछ । न त समाजिक दूरी कायम राख्न सक्दछौं । न त भारत र चीनसँग नाकालाई बन्द गरेर मान्छेहरुको आवतजावतलाई नियन्त्रण गर्न सक्दछौं । त्यसको अन्तिम परिणाम यो हुने छ कि, कोरोना भाइरसबाट देशले ठूलो क्षति ब्यहोर्नु पर्नेछ । इटालीभन्दा गम्भीर अवस्थामा देश पुग्नेछ ।
    अहिलेको अवस्थामा आफन्त होस् वा अरु कोही सबै संग सामाजिक दुरी कायम गर्नु, जो जहाँ छ त्यहीं सुरक्षित साथ रहनु वा राख्नु लगायतका विश्व स्वास्थ्य संगठनका उपाय र प्रोटोकललाई पालना गरेर अगाडि बढ्नु पर्दछ ।

    बुधबार, चैत १९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.