• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

ग्रिन हाइड्रोजन नीति स्वीकृत गर्ने सरकारको निर्णय (मन्त्रिपरिषदका १६ निर्णयसहित)


  •   बिहिबार, माघ ०४, २०८० मा प्रकाशित
  • काठमाडौं । सरकारले ग्रिन हाइड्रोजन नीति २०८० स्वीकृत गर्ने निर्णय गरेको छ । २०८० माघ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

    Advertisement

    यस्तै, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८० जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

    उनले सरकारले अर्थ मन्त्रालयको प्रश्तावमा नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशक पदमा उदयपुरका पर्वतकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको बताइन् ।

    मन्त्री शर्माका अनुसार यस्ता छन् निर्णयहरु 
    अर्थ मन्त्रालयको प्रश्तावमा नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशक पदमा उदयपुरका पर्वतकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय भएको छ ।

    आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८० जारी गर्न नेपालको संविधानको धारा १२४ को उपधारा (१) बमोजिम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।

    कृषि तथा पशुपंक्षी मन्त्रालयको प्रश्तावमा सुर्खेत जिल्ला वीरेन्द्रनगर वडा नम्बर १३ स्थित करेखोलामा ४ किला तोकी पशुवधशाला स्थापना गर्न स्वीकृत दिने निर्णय भएको छ ।

    गृह मन्त्रालयको प्रश्तावमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय भएको छ ।

    मालपोत नियमावली २०३६ को नियम ४ (क)को उपनियम १ बमोजिम देहाय बमोजिम सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृत दिने निर्णय भएको छ । नेपाल सरकारले मालपोत नियमावली २०३६ नियम ४ (क) को उपनियम १ प्रयोजनको लागि जग्गा नापजाँच ऐन २०१९ बमोजिम नापजाँच भएको जग्गा दर्ता गर्न छुट भएमा यस्तो जग्गा दर्ता गर्न चाहने सम्बन्धित जग्गा वालाले सम्बन्धित मालपोत कार्यालयमा निवेदन दिने म्याद यो सूचना प्रकाशन भएको मितिले दुई वर्ष र कार्यालयमा यसअघि नै फछ्र्यौट हुन बाँकी निवेदनहरु पुनः फछ्र्यौट गर्न सूचना प्रकाशन भएको मितिले दुई वर्ष हुनेगरी तोकिएको छ ।

    नेपाल सरकारको नाममा रहेको विराटनगर महानगरपालिका वडा नम्बर ५ स्थित १३ कट्ठा दुई धुर जग्गा नेपाल खानेपानी संस्थान विराटनगर शाखालाई खानेपानी संरचना निर्माण गर्न भाडामा दिन स्वीकृत दिने

    वन तथा वातावरण मन्त्रालयको प्रश्तावमा २०८० ११ महिना १४ देखि १८ गतेसम्म नैवोरी केन्यामा आयोजना हुने युनाईटेड नेशन्स वातावरण सम्बन्धी गोष्ठिमा नेपाल सरकारलाई आर्थिक दायित्व नपर्नेगरी वन तथा वातावरण मन्त्री डा.वीरेन्द्रप्रसाद महत्वलाई सहभागि हुन स्वीकृत दिने

    बर्दीवास मेडिकल कलेज पूर्वाधार विकास परियोजनालाई शर्तहरु पालना गर्नेगरी महोत्तरी जिल्लाको बर्दीवास नगरपालिका वडा नम्बर ४ मा पर्ने माइस्थान सामुदायिक वन क्षेत्रको ५४.५८४ हेक्टर जग्गा प्रयोग गर्न र सो जग्गामा रहेका विभिन्न प्रजातिमा १९६७ वटा रुख पोल हटाउन स्वीकृत दिने

    सांस्कृतिक संस्थानको रिक्त महाप्रवन्धक पदमा सानीभेरी गाउँपालिका वडा नम्बर ६ रुकुमपश्चिमका श्री किरणबाबु पुनलाई नियुक्त गर्ने ।

    खुर्कोट जग्गा एकीकरणको आयोजनाको लागि करिव ६७७ रोपनी जग्गा प्राप्त गर्न स्वीकृत दिने

    घारीगाउँ चौउरजारी नयाँ शहर एकिकरण आयोजनाको लागि करिव ५८५ रोपनी जग्गा प्राप्त गर्न स्वीकृत दिने

    नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्ष पदमा काठमाडौंका रमेशचन्द्र न्यौपानेलाई मनोनयन गर्ने । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक पदमा म्याग्दीका डा. रवि मल्ललाई नियुक्त गर्ने ।

    रामराजा प्रसाद सिंह विज्ञान प्रतिष्ठान पूर्वाधार विकास समिति गठन आदेश, २०८० स्वीकृत गर्ने ।
    ग्रिन हाइड्रोजन नीति २०८० स्वीकृत गर्ने निर्णय पनि भएको छ ।

    बढुवा सिफारिस बमोजिम विभिन्न सेवा समूह र उपसमूहका राजपत्राङ्कित द्वितिय श्रेणीका अधिकृतहरुलाई सम्बन्धित सेवा र उपसमूह पदमा बढुवा वा नियुक्त गर्ने निर्णय भएको छ ।

    बिहिबार, माघ ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

    • २.
      सुनसरी घटनाको सन्दर्भमा

    • ३.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ४.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ५.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ६.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ७.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ८.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.