काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका इन्जिनियरिङ कलेजमा एकचौथाइ (२५ प्रतिशत) सिट खाली रहेको पाइएको छ । त्रिविका आङ्गिक क्याम्पसमा कक्षा सुरु भएको एक हप्तापछि एकपटक पुन: भर्ना आह्वान गर्ने संस्थानका सहायक डिन प्राडा सुशील बज्राचार्यले बताए ।
प्रवेश परीक्षा र भर्ना समय सकिएर ढिलो गरी माघ २ गते सोमबारदेखि इन्जिनियरिङको पढाइ सुरु हुँदासम्म यस्तो स्थिति देखा परेको हो ।
त्रिविको इन्जिनियरिङ अध्ययन संस्थान (आई.ओ.ई.) अन्तर्गतका क्याम्पसले सिटअनुसार विद्यार्थी पाउन सकेका छैनन् । पछिल्ला वर्षमा खाली हुने सिट सङ्ख्या पनि बढ्दै गएको संस्थानका अधिकारी बताउँछन् ।
सोमबारसम्म संस्थानले सार्वजनिक गरेको भर्ना विवरणअनुसार कलेजमा रहेको सिट सङ्ख्यामध्ये समग्रमा २५.२० प्रतिशत सिट सङ्ख्या खाली छ ।
कुनै समय भर्नाका लागि निकै प्रतिस्पर्धा गर्नुपर्ने पुल्चोक, थापाथली जस्ता इन्जिनियरिङ क्याम्पसमा समेत सिटअनुसार विद्यार्थी भर्ना भएका छैनन् ।
उनका अनुसार निजी कलेजमा पछिल्ला केही वर्षयता १० प्रतिशत सिट रिक्त देखिए पनि यसपटक केही बढेको छ ।
कलेजमा कति सिट रिक्त
