गणेश अधिकारी, पोखरा ।
अखिल नेपाल महिला सङ्घ कास्कीको पाँचौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
केन्द्रीय अध्यक्ष मीना पुनको प्रमुख आतिथ्यमा २०८० पुस २८ गते उक्त सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलनलाई राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश अध्यक्ष शङ्कर बराल, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका महासचिव ढाकाराम पौडेल, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य नामबहादुर बाठामगर, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का गण्डकी प्रदेश अध्यक्ष चन्द्रबहादुर जिसी, नेकपा (मसाल) का चन्द्रबहादुर केसी, राजमो कास्कीका अध्यक्ष रविमोहन ढकाल, राजमो नगर अध्यक्ष विष्णु पुरीलगायतको आतिथ्य रहेको थियो ।
जमुना खत्रीको अध्यक्षता तथा लक्ष्मी कुँवरको सञ्चालनमा अघि बढेको सम्मेलनको बन्दशत्रमा शान्ति गुरुङले स्वागत गर्नुभएको थियो ।
सम्मेलनले जमुना खत्री अध्यक्ष रहनुभएको महिला सङ्घको कास्की जिल्ला समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा शान्ति गुरुङ, सचिवमा लक्ष्मी कुँवर, सहसचिवमा यमादेवी पौडेल र कोषाध्यक्षमा सुशीला विक चयन हुनुभएको छ ।
त्यस्तै, सरिता श्रेष्ठ, रिता घर्तिमिरे विक, शान्ति बोहोरा, सावित्री केसी, गङ्गा पाठक र देविकलालाई सम्मेलनले सदस्यमा चयन गरेको छ ।
एवम् प्रकारले सम्मेलनबाट वैकल्पिक सदस्यमा सावित्री जिसी, विष्णु नेपाली, गौरी भुजेल, सुन्दरी राना, शुष्मा थापा, सिर्जना रोका र पार्वती ढकाललाई चयन गरेको छ ।
सम्मेलनले आशा गुरुङ, अनिता नेपाली, शोभा रोका, सीता शर्मा, रमा नेपाली, कृष्णा श्रेष्ठ, चिनुमाया राना र उनिसा थापालाई सल्लाहकारमा चयन गरेको छ ।
नवनिर्वाचित समितिलाई रक्तिम सांस्कृतिक अभियानका गण्डकी प्रदेश अध्यक्ष तमबहादुर रोकाले बधाई दिनुभएको थियो ।
