काठमाडौँ । कवि देवब्रतको शब्दमा नयाँ गीत “नरो ए कर्णाली” सार्वजनिक भएको छ ।
Advertisement
२०८० पुस १७ गते मङ्गलबार गायक तथा सङ्गीतकार सजल न्यौपानेको युट्युब च्यानलबाट सार्वजनिक भएको गीतले कर्नालीको दु:ख र सम्भावनाको कथा भन्छ ।
गीतमा गायक सजलले नै सङ्गीत र स्वर दिएका छन् ।
गीतको भिडिओमा कपिल अन्जानले बटुलेका सुन्दर मोन्टाज प्रयोग गरिएको छ ।
भिडिओको सम्पादन तथा कलरिङ पनि सलिल न्यौपानेले गरेका छन् ।