• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

कम्युनिस्टको रणनीति र कार्यनीति


  •   आइतबार, पुष १५, २०८० मा प्रकाशित
  • दुर्गानाथ खरेल ##

    Advertisement

    रणनीति कार्यक्रमको न्यूनतम भागको लागि र कार्यक्रमको अधिकतम भागको लागि पनि बनाइन्छ । कार्यक्रमको न्यूनतम भागको लागि योजना गरिएको रणनीति अधिकतम भागको लागि योजना गरिएको रणनीतिबाट भिन्न रहन्छ । यो स्वाभाविक हो कि रणनीति पनि ठोस अवस्थाको ठोस विश्लेषणको आधारमा तयार गरिएको हुनुपर्छ । माक्र्सवादी सिद्धान्तमा आधारित भएको रणनीतिले निर्धारित गरेका क्रियाकलापलाई आन्दोलनमा समावेश गर्दा आन्दोलनको उद्देश्यबाट निर्देशित भएको हुनुपर्छ । त्यसले जनताको राजनैतिक चेतना उच्च बनाउन योगदान गरेको हुनुपर्छ । रणनीतिका क्रियाहरू कार्यक्रमबाट निर्देशित रहे मात्र त्यो रणनीतिलाई साँचो अर्थमा माक्र्सवादी भन्न सकिन्छ ।

    क्रान्तिकारीको उद्देश्य जनताको राजनैतिक चेतनास्तर उच्च बनाएर उनीहरूलाई आफैँ राम्रो र नराम्रो राजनैतिक पार्टी छुट्याउन योग्य बनाउने हो । कुन राजनैतिक पार्टी सही छ र कुन राजनैतिक पार्टी गलत छ ? जनता आफैले छुट्याउन सक्ने बनाउन पार्टीको रणनीतिक नाराका न्यूनतम भागको लागि आन्दोलित गराएर नेतृत्व गर्नु पनि पार्टीको जिम्मेवारी हो ।

    रणनीतिको सबैभन्दा महत्त्वपूर्ण काम मजदुरवर्गीय आन्दोलनले लिनुपर्ने दिशालाई निर्धारित गर्नु हो । आन्दोलन सबै थोक हो र अन्तिम उद्देश्य केही पनि होइन भन्ने संशोधनवादी भनाइका विरुद्ध रणनैतिक उद्देश्यसहित आन्दोलन उठाउनु माक्र्सवादीको जिम्मेवारी हो । अधिकतम परिणाम प्राप्त गर्न सम्भव भएको दिशामा निर्णायक प्रहारको सङ्गठन गर्ने रणनीतिक योजना हो । रणनीतिले अन्तिम उद्देश्यको सेवा गर्छ ।

    रणनीतिको काम युद्धको सम्पूर्ण अवधिभर गरिने कारबाहीको पहिले नै निर्णय गर्नु हो । त्यसकारण यो उद्देश्यसँग सम्बन्धित हुन्छ ।

    राजनीतिक रणनीतिको काम माक्र्सवादको सिद्धान्त र कार्यक्रमद्धारा प्रदत्त तथ्याङ्कको आधारमा मजदुरको क्रान्तिकारी सङ्घर्षका अनुभवलाई ध्यान दिनुपर्छ । त्यसो गर्दा खास ऐतिहासिक अवधिमा खास मुलुकको क्रान्तिकारी आन्दोलनको मुख्य दिशालाई सही रूपमा निर्धारित गर्नुपर्छ ।

    एकातिर बढीभन्दा बढी श्रमजीवीलाई समेट्नुपर्ने, अर्कोतिर अन्तिम उद्देश्यलाई छाड्न नहुने—दुवै काम योजनाबद्ध हिसाबले अघि बढाउन आन्दोलनमा खारिएको नेतृत्व आवश्यक पर्दछ । विगतको इतिहासबाट अगाडि बढेर वर्तमान अवस्थाको आन्दोलन तय गर्न नसक्ने हो भने ती दुवैलाई समेटेर अघि बढ्ने रूपरेखा भविष्यको लागि तयार गर्न सकिन्न र मिल्दैन पनि । त्यसकारण निश्चित देशको निश्चित आन्दोलनको अवस्था केलाएर मात्र आन्दोलनका कार्यक्रम निश्चित गर्नुपर्छ ।

    पार्टीको रणनीति कुनै अलग चिज होइन । इतिहासमा हुने मोडअनुसार र ऐतिहासिक परिवर्तनअनुसार यो फेरिन्छ । सात दसकसम गणतन्त्रका लागि सङ्घर्ष गर्नुपरेको हाम्रो देशमा त्यसलाई जोगाउन वा जोगाएर अघि बढ्न पनि उत्तिकै आवश्यक छ । त्यस क्रममा इतिहासमा हुने मोडसँग मिल्दो छुट्टै रणनीतिक योजना बनाइन्छ ।

    कम्युनिस्ट पार्टीले आफ्नो जनाधार निर्माण र परिचालनमा पनि ध्यान पुर्‍याउन आवश्यक पर्छ । धेरै जनता समेट्नका लागि आफ्नो अन्तिम उद्देश्य र निश्चित कालखण्डको रणनीतिक योजनाको ख्याल नगर्ने कुरा त आउन्न तर पनि इतिहासमा हुने मोडसँग मिल्दो छुट्टै रणनीतिक योजना बनाउने काम गरिन्छ । त्यो योजना त्यो मोडबाट अर्को मोडसम्म सम्पूर्ण अवधिको लागि प्रभावकारी कार्यक्रम हुनुपर्छ ।

    इतिहासमा हुने फरक मोडसँगै त्यो मोडसित मिल्दो हुने गरी छुट्टै रणनीति योजना बनाइन्छ । मजदुर वर्गको ऐतिहासिक रूपको समेत ख्याल गरेर आन्दोलनको रणनीतिक योजना निश्चित गर्नुपर्छ । जहाँसम्म व्यवस्थामा आमूल परिवर्तनको प्रश्न हो, त्यही व्यवस्था अघि बढ्ने सम्भावना भएसम्म, ठाउँ भएसम्म यो रहन सक्छ, कसैको इच्छा, चाहनाभन्दा पनि उत्पादक शक्तिको विश्वदृष्टिकोण र सङ्गठित आन्दोलनमा भर पर्छ ।

    प्रशिक्षणमा प्रशिक्षकको योग्यताभन्दा प्रशिक्षार्थीको योग्यतालाई ध्यान दिएर त्योसँग मिल्दो हुने गरी प्रशिक्षण दिनुपर्ने खाँचो भए जस्तो राजनीतिमा पनि नेताले कार्यकर्ताको र नेताकार्यकर्ता दुवैले श्रमजीवी जनताको योग्यता, क्षमता र दक्षताको ख्याल अवश्य पनि गर्नुपर्छ । आन्दोलनले सहभागीको उत्साह बढाउनुपर्छ । त्यसैका लागि क्रान्तिकारीले आन्दोलन उठाउन र आन्दोलनपछि पनि सहभागीको उत्साह घट्न नदिन भेटघाट र कुराकानी गर्नैपर्छ ।

    आन्दोलनको कार्यक्रम एउटा मोडबाट अर्को मोडसम्म सम्पूर्ण अवधिको लागि प्रभावकारी रहन्छ । त्यस्तो रणनीतिक योजनाले क्रान्तिकारी शक्तिद्वारा गरिने मुख्य प्रहारको दिशा र सामाजिक मोर्चामा विशाल जनसमुदायको विनियोजनलाई परिभाषित गर्दछ ।

    देशका विभिन्न भागमा क्रान्तिकारी कार्यकर्तालाई पठाएर जनताको राजनैतिक चेतना, विश्वदृष्टिकोण र आन्दोलनमा सहभागिता बढाउन जरुरी हुन्छ ।

    एउटा अवधिको लागि सुहाउँदो एउटा रणनीतिक योजना अर्को अवधिको लागि सुहाउँदो हुन सक्दैन किनभने एउटा मोडबाट अर्को मोडमा पुग्दा आन्दोलन र जनचेतनामा पनि परिवर्तन भइसकेको हुन्छ । इतिहासमा हुने प्रत्येक मोडका लागि मिल्दो रणनीतिक योजना आवश्यक हुन्छ । योजनाअनुसारको कार्यक्रमले धेरै जनता समेट्छ र त्यो योजना त्यसका कार्यभारको अनुकूल रहन्छ ।

    कार्यनीति रणनीतिको एउटा हिस्सा हो । त्यो रणनीतिको अधिनस्त रहन्छ र रणनीतिको सेवा गर्छ । कार्यनीतिले समग्र युद्धसित चासो राख्दैन बरु त्यसको चासो वैयक्तिक प्रकरणसँग र सङ्ग्राम तथा मुठभेडसँग रहन्छ । कार्यनीतिक सफलताले रणनीतिक उद्देश्यको प्राप्तिलाई सुगम बनाउँछ । रणनीतिक योजना गरिएको ठाउँसम्म पुग्ने बाटो छोटो बनाउँछ । त्यसैले रणनीतिका उद्देश्य र सम्भावनाअनुसार कार्यनीतिको तर्जुमा गरिनुपर्छ ।

    क्रान्तिकारीको उद्देश्य समाजमा आमूल परिवर्तन गरेर एउटा दिशातिर फर्केर हिँडिरहेको समाजलाई त्यसको विपरीत दिशातिर फर्काएर अगाडि बढाउने भएकाले त्यही आमूल परिवर्तनको रणनीतिक योजनाअनुसार र सबै मुलुकका मजदुरको क्रान्तिकारी सङ्घर्षको अनुभवलाई ध्यानमा राखेर उपयुक्त सङ्घर्षका रूप र तरिकालाई निर्धारित गर्नु कार्यनीतिको प्राथमिक काम हो ।

    तत्काल गरिने आन्दोलनको कामले आफ्नो भविष्यमा गर्नुपर्ने र गरिने आन्दोलनलाई सहयोग पुर्‍याएको हुनुपर्दछ । राजनीतिक क्षेत्रमा सङ्घर्षका रूप युद्धका रूपभन्दा बढी विविध किसिमका हुन्छन् । त्यस्तो हुनुको कारण जनताको राजनैतिक चेतनास्तर विभिन्न स्तरको प्रतिक्रियावादी शक्तिलाई सहयोग पुर्‍याउने किसिमको हुन्छ । ती सङ्घर्षका रूपहरू आर्थिक जीवन, संस्कृतिको विकासअनुसार वर्गको स्थिति, जुधिरहेका शक्तिको सम्बन्ध, सरकारको किसिम र अन्तर्राष्ट्रिय सम्बन्धका साथै मजदुर प्रदर्शन आदिअनुसार फेरिन्छन् ।

    सङ्घर्षका सबै रूपमा पोख्त बन्नु, रणक्षेत्रमा तिनीहरू सबैलाई बुद्धिमत्तापूर्वक एकजुट पार्नु र खास परिस्थितिमा विशेष रूपले सुहाउँदा रूपमा दक्षतापूर्व सङ्घर्षलाई तीव्रतर पार्नु कम्युनिस्ट पार्टीको कार्यभार हो ।

    सैनिक हतियारले सुसज्जित हुन्छन् र लडाइँ गर्न तालिमप्राप्त हुन्छन् । जनता परम्परागत संस्कृतिले दीक्षित भएर भ्रममा परेका हुन्छन् र आफ्ना निम्नतम आवश्यकता पूर्ति हुन नसकेको अवस्थामा अवसरवादी राजनीतिको सिकार भएका हुन्छन् ।

    सैनिक क्षेत्रमा झैँ राजनीतिक क्षेत्रमा पनि सङ्गठनका रूपलाई सङ्घर्षका रूपको अनुकूल पारिन्छ । सङ्गठनका उपयुक्त सबै रूपमा पोख्त हुन, तिनलाई परिपूर्ण बनाउनु र हरेक खास क्षणमा तिनका कारबाहीलाई दक्षतापूर्वक एकजुट पार्नु पार्टीको कार्यभार हो ।

    पार्टी मजदुर वर्गको अगुवा दस्ता हो । सर्वहारा वर्गको नेतृत्वदायी समूहद्वारा कम्युनिस्ट पार्टीमा गरिने र कम्युनिस्ट पार्टीद्वारा गरिने सङ्घर्षका निकटतम समयमा र टाढाको समयमा गरिने फरक फरक उद्देश्यको चुस्त तथा स्पष्ट सूत्रबद्धकरण नारा हो ।

    नारा सङ्घर्षका फरक फरक उद्देश्यअनुसार फरक फरक हुन्छन् । अझै तत्कालका नारा र सुदूर भविष्यका नारासमेत सूत्रबद्ध गरिएका हुन्छन् । तत्कालका नारा कार्यनीतिअन्तर्गत पर्छन् र सुदूर भविष्यका नारा रणनीतिअन्तर्गत पर्दछन् । तत्कालको आन्दोलन कार्यनीतिक नाराको आधारमा उठान गरिन्छ र त्यसले रणनीतिको परिचयसमेत दिन्छ ।

    फरक फरक उद्देश्यले या त सम्पूर्ण ऐतिहासिक अवधिलाई या खास ऐतिहासिक अवधिका वैयक्तिक चरण तथा प्रकरणलाई ओगटेका हुन्छन् । निश्चित समयमा निश्चित स्थानमा कारबाहीका लागि पार्टीको प्रत्यक्ष आह्वान निर्देशन हो । त्यसलाई पार्टीका सबै सदस्यले मान्नपर्ने हुन्छ । यदि त्यो आह्वानले आम जनताका मागलाई सही र उचित ढङ्गले सूत्रबद्ध गरेको छ भने र त्यसका लागि समय साँच्चिकै परिपक्व भएको छ भने व्यापक श्रमिक जनताले ग्रहण गर्दछन् ।

    नारालाई निर्देशनसित गोलमटोल पार्नु हुन्न, न त आन्दोलन नारालाई कार्यनारासित गोलमोटल पार्नु हुन्छ । नारा र निर्देशन अथवा आन्दोलन र नारलाई कार्यनारासँग गोलमटोल पार्नु अपरिपक्व राजनीति हो । त्यसबाट उद्देश्यपूर्ति हुन्न बरु आफै कारबाहीका भागिदार बन्न पुगिन्छ । त्यसकारण अपरिपक्व वा ढिलो कारबाही अत्यन्तै खतरनाक हुन्छ । त्यसबाट ठोस अवस्थाको ठोस विश्लेषण हुन नसकेकोमा केटाकेटी राजनीति हुन्छ ।

    “लिने काम, दिने काम र गर्ने काम ठिक ठिक समयमा गर्न नसक्ने हो भने समयले फाइदा उठाउँछ, आफूले धोका व्यहोर्नुपर्छ” यो तथ्य बुढापाका मान्छेले उठाउँदै आएका हुन् । त्यसकारण परिस्थिति परिपक्व नहुँदैको कारबाही र परिस्थिति परिपक्व भएर पनि नगरी ढिलो गरिएको कारबाही अत्यन्तै खतरनाक हुन्छ । यस्तो काम बढी घातक पनि हुन सक्छ । सर्वहारा वर्गको तर्फबाट गरिने अपरिपक्व कार्बाहीको परिणाम त्यसका शक्तिको पराजय हुन सक्छ । कम्युनिस्ट पार्टीमा परिपक्व नेतृत्व चाहिने कारण यस्तै समय आउन सक्छन् र परिपक्व निर्णय गर्नु सक्नुपर्छ भनेर हो ।

    आफ्नो शक्तिमा, आफ्नो उद्देश्यमा र आफ्नो वर्तमा नोक्सान नपर्ने गरी बेलाबखत कम्युनिस्ट आन्दोलनका नेतृत्व गणले सम्झौता पनि गर्नुपर्ने हुन्छ । पार्टीले निश्चित नाराका लागि समय परिपक्व भएको मूल्याङ्कन गरेर स्वीकृत नारा र निर्देशनलाई छोटै समयमा रद्द गर्ने वा फेर्ने आवश्यकताको सामना गर्नुपर्ने हुन्छ । त्यसको उद्देश्य शत्रुले थापेको खोरको विरुद्ध आफ्ना पङ्क्तिको रक्षा गर्नु हुन्छ ।

    आन्दोलनको क्रममा अगाडि बढ्नुपर्ने मात्र नभई पछाडि हट्नुपर्ने परिस्थिति पनि आउन सक्छ । अझ धेरै अनुकूल समयसम्म निर्देशनको कार्यान्वयनलाई स्थगित गर्नुपर्ने आवश्यकता पनि आन्दोलनको उचारचढावको अवस्थाले गर्दा नै हुन सक्ने कारण हो ।

    राजनीति सिधा र सरल रेखामा अघि बढ्दैन । यो बाङ्गोटिङ्गो भई बर्तुलाकार वृत्तमा अगाडि बढ्छ ।

    पेरिस कम्युनमा ठुलो हताहती भई मजदुर वर्गको क्षति बढी भएकाले भविष्यमा क्षति कम गर्नकै लागि लेनिनले खुला राजनीति र भूमिगत सङ्गठनात्मक संरचना बनाउने नीति अख्तियार गर्नुपरेको हो । कम्युनिस्ट पार्टीको नेतृत्व पङ्क्ति आन्दोलनबाट खारिएर अघि बढ्ने अवसर नपाएकाले चीनमा दस वर्षसम्म महान् सर्वहारा सांस्कृतिक क्रान्ति सञ्चालन गर्नुपरेको हो । त्यसैले देश, काल र परिस्थितिअनुसार सबै देशमा एकै किसिमले आन्दोलनको उठान नहुन सक्छ ।

    फरक र नयाँ परिस्थितिको सामना गर्नुपरे पनि कम्युनिस्ट आन्दोलनमा श्रमजीवी वर्ग, शोषित उत्पीडित जनसमुदाय र आन्दोलनकै बलले राज्यसत्तामा आमूल परिवर्तनका लागि राजनैतिक चेतनासहितको आन्दोलन उठाउनैपर्ने एकातिर र शत्रु पक्षको विरोधको सामना गर्नैपर्ने अर्कोतिर कम्युनिस्ट आन्दोलनका शर्त हुन् । आन्दोलनको नारालाई कार्यनारामा रूपान्तरण गर्न पनि कहिले कहिलेको परिस्थितिको माग हुन्छ । कार्यनारालाई निश्चित तथा ठोस निर्देशनमा रूपान्तरण गर्नु पनि परिस्थितिको मागले गर्दा नै हो । उपर्युक्त दुवै शर्त समायोचित ढङ्गले परिवर्तन गर्नमा पनि परिस्थितिको मागले नै निश्चित गर्छ ।

    परिस्थितिले माग गरेको खण्डमा लोकप्रिय नारा हुँदाहुँदै पनि कार्यान्वयन गर्न पार्टीले ध्यान नदिनु पनि पर्छ । लोकप्रिय नारा भएको र त्यसका लागि समय परिपक्व नभएको भए पनि त्यो नाराको कार्यान्वयनलाई ठिक समयमा पार्टीले रद्द गर्न सक्छ र त्यसो गर्नु पनि पर्छ ।

    त्यसैले पार्टीले आवश्यक लचकिलोपन र दृढताको प्रदर्शन पनि गर्नुपर्ने हुन्छ । अवस्थाअनुसारको काम गर्नु पार्टीको कर्तव्य हो ।

    आइतबार, पुष १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.