• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

सर्लाहीमा प्रहरीकै अगाडि साहुबाट कुटिएपछि मिटरब्याज पीडितले थाले आन्दोलन


  •   शुक्रबार, पुष १३, २०८० मा प्रकाशित
  • काठमाडौं । सर्लाहीका मिटरब्याज पीडितले फेरि आन्दोलन सुरु गरेका छन्। प्रहरी प्रशासन पिडकसँग मिलेको आरोप लगाउँदै उनीहरुले आन्दोलन गरेका हुन् ।

    Advertisement

    बिहीबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउन गएका पीडितमाथि प्रहरीकै सामुन्ने मिटरब्याज साहुले कुटपिट गरेको र प्रहरी प्रशासन मुकदर्शक बनेको उनीहरुको आरोप छ ।

    सीडीओ कार्यालयअगाडि मिटरब्याजी साहु रामस्वरूप राय पक्षले सर्लाहीको हरिपुर नगरपालिका– ५, लक्ष्मीपुरकी अमरुल खातुनलाई कुटपिट गरेका थिए । कुटपिटका क्रममा अमरुलको कपडासमेत च्यातिएको छ ।

    बिहीबार साँझ प्रहरीले प्रदर्शनकारीलाई तितरभितर पार्न केही सेल अश्रुग्यास र हवाई फायरसमेत गरेको छ। त्यसक्रममा केही पीडित घाइते भएका छन्।

    प्रहरीकै अगाडि अमरुल र मविना खातुनलाई लछारपछार गर्दै साहुहरुबाट कुटपिट हुँदा पनि प्रहरी प्रशासन मुकदर्शक बनेको आरोप सरस्वती मिश्रको छ।

    प्रहरी प्रशासन पीडकको पक्षमा लागेको भन्दै मिटरब्याज पीडितले बिहीबारदेखि सदरमुकाम मलंगवामा आन्दोनल सुरु गरेका हुन्।

    गएराति झण्डै दुई सय पीडितले मलंगवाकै सडकमा रात काटेका छन्। आन्दोलनमा अधिकांश महिला छन्। मध्यपुसको यो चिसोमा सडकमै टेन्ट टाँगेर बसेका उनीहरुले सडकमै खाना बनाएर खाएका छन्। शुक्रबार बिहानैबाट पीडितले मलंगवास्थित जिल्ला अदालत अगाडि फेरि प्रदर्शन सुरु गरेका छन्।

    मिटरब्याजी साहुलाई तुरुन्तै पक्राउ गरेर कारबाही नभएसम्म आन्दोलन नरोकिने मिटरव्याज पीडित आन्दोलनकी अगुवा सरस्वती मिश्रले बताइन्।

    जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार सर्लाहीमा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी २ हजार ३१८ वटा उजुरी परेका छन्। जसमध्ये १ हजार ५५७ उजुरीमाथि छलफल भएको छ। त्यसमध्ये ६२३ वटा उजुरी फस्योट भएर मिलापत्रमा टुंगिएका छन्।

    ती उजुरीमा मिटरब्याजी साहुहरुबाट ऋणीसँग ५४ करोड ८ लाख २२ हजार ७३३ रुपैयाँ माग दाबी भएकोमा २३ करोड २१ लाख १९ हजार ९७४ रुपैयाँमा सहमति भएको छ। साहुले हडपेका पीडितका २० बिघा भन्दा धेरै जग्गा ऋणीलाई फिर्ता गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ।

    शुक्रबार, पुष १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.