• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

प्रतिगमनलाई निस्तेज पार्न एकताबद्ध हुनुपर्दछ


  •   बिहिबार, पुष १२, २०८० मा प्रकाशित
  • गौरिश्वर पाण्डे ##

    Advertisement

    कुनै पनि देशमा पुरानो शासन व्यवस्था अन्त्य भएर नयाँ शासन व्यवस्थाको स्थापना भइसकेपछि पनि दुई प्रकारका समस्या रहिरहने गर्दछन् । प्रथम– पुरानो अन्त्य भएको शासनव्यवस्थाका पूर्वसञ्चालक वा अवशेष रहेकाले आफ्नो गुमेको सत्ता पुन:प्राप्तिका लागि लगातार र नियोजित प्रकारले कोसिस गर्दै जनमतलाई आफ्नो पक्षमा पारी नयाँ शासन व्यवस्थाको अन्त्य गरी पुन: सत्तासिन हुने खतरा बढाउँदै लगेका हुन्छन् भने दोस्रो– जुन शक्तिले पुरानो व्यवस्था खतम गरी त्यसको ठाउँमा नयाँ र तुलनात्मक प्रकारले प्रगतिशील व्यवस्था स्थापना गरी सत्ता सञ्चालन गरिरहेका हुन्छन्, उनीहरूले पनि सकेसम्म त्यो व्यवस्थालाई मजबुत पार्ने कोसिस गरिरहेका हुन्छन् र गर्नु पनि पर्दछ ।

    कुनै पनि वस्तुको जरो जति गहिरो गएको हुन्छ, फेद पनि सोहीअनुसारले बढ्दै र फैलिने गर्दछ वा जसको जरा बलियो र झाङ्गिएर जमिनमा रहन्छ, त्यस्तो खालको बोट पनि राम्रोसँग बढेको हुन्छ । व्यवस्था पनि त्यस्तै प्रकारले अडेको हुन्छ । जुन व्यवस्थाका शासक जनताप्रति उत्तरदायी भएर जनताका आधारभूत आवश्यकतालाई ध्यानमा राखेर सत्ता सञ्चालन गरेका हुन्छन् वा हरेक कार्य जनताका लागि, हरेक शासक जनतासँग भन्ने हेतुले काम गर्ने शासक जनताको बिचमा लोकप्रिय वा स्थापित भएर रहन सक्छन् । त्यस्तो शासनव्यवस्था जनताका बिचमा लामो समय टिक्न सक्छ । जुन शासक स्वयम् आफ्ना लागि मात्र उत्तरदायी भएर हरेक काम आफ्ना लागि र हरेक जनता आफ्नो स्वार्थपूरा गर्नका लागि भन्ने सोचेर शासन गर्दछ, त्यस्तो व्यवस्था जनताका बिचमा लामो समय टिकिरहन सक्दैन । त्यस खालको व्यवस्था जनताबाट दिनप्रतिदिन टाढिँदै जान्छ । त्यसता शासकलाई जनताको साथ समर्थन प्राप्त हुन सक्दैन र हरेक काम दिनप्रतिदिन जनताको विरुद्धमा अगाडि बढेको हुन्छ ।

    रुस, चीन, जर्मन जस्ता देशमा पुराना शासक जार, च्याङकाइसेक र हिटलरले गलत प्रकारले शासन चलाउँदा उनीहरू जनताको साथसमर्थन प्राप्त गर्न नसकी इतिहासमा सीमित हुन पुगे । जनताले त्यस्ता शासकलाई छोडेर जनताको आवश्यकताअनुकूलको व्यवस्था स्थापना गर्ने कार्यमा अगाडि बढे ।

    भारतीय जनताले अङ्ग्रेजी साम्राज्यवादको विरुद्ध सङ्घर्ष गरी भारतलाई स्वतन्त्र बनाउन सफल भए । नेपालमा पनि १०४ वर्षको राणाको अत्याचारी शासनको अन्त्य गरी २००७ सालमा प्रजातन्त्र प्राप्त भयो । यसरी प्राप्त गरेको सफलतालाई सही तरिकाले जनताका लागि सामूहिक निर्णय व्यक्तिगत उत्तरदायित्वको आधारमा सत्ता सञ्चालन गर्नुभन्दा पनि व्यक्तिगत महत्त्वाकाङ्क्षापूर्ति गर्नका लागि आफूभित्रै विभिन्न गलत र पिछडिएको सोच, गुटउपगुट, जसरी भए पनि सत्तामा टिक्न खोज्ने एकलकाँटे प्रवृत्तिका कारण नेपालमा भएका विभिन्न प्रजातान्त्रिक आन्दोलनबाट प्राप्त भएका व्यवस्था जनताको हितअनुकूल सञ्चालन हुन सकेका छैनन् । यसको मुख्य कारण नेपाली जनताको पिछडिएको चेतना नै हो किनभने जनु देशका नागरिकको चेतना वा दृष्टिकोण उच्च प्रकारको हुन्छ, त्यस देशका शासक पनि सचेत हुन्छन् र नागरिकको चेतनास्तरअनुसार राष्ट्रको विकास हुनुका साथै व्यवस्था सञ्चालन गर्नेहरू पनि होसियार र सचेत हुन्छन् किनकि कुनै पनि स्वतन्त्र सार्वभौमसत्तासम्पन्न राष्ट्रका शासक त्यही देशका नागरिकको बिचबाट अगाडि बढ्ने भएका कारण नागरिकको चेतनास्तरले शासन सञ्चालन गर्न नेतृत्वमा आएका शासकमा पनि महत्त्वपूर्ण असर पार्दछ ।

    नेपालमा नेपाली जनताले पटक पटक प्रजातन्त्र वा लोकतन्त्रप्राप्तिको आन्दोलनमा सहभागी भई आन्दोलनद्वारा लोकतन्त्र प्राप्त गर्ने गरेका छन् तर त्यसरी प्राप्त गरेको लोकतन्त्रलाई स्थायित्व र संस्थागत गर्न नसकी पुन: प्रतिगमनकारी शक्तिको हातमा पुगेको उदारण हाम्रा अगाडि प्रशस्त छन् । यसको मुख्य कारण जो सत्तामा पुग्दछ, उसले आफू र आफ्नो दलगत स्वार्थभन्दा माथि उठ्न नसक्नु हो ।

    यसका साथै विश्वका अन्य प्रजातान्त्रिक मुलुकमा लोकतन्त्र तथा प्रजातन्त्र प्राप्त भइसकेपछि तुलनात्मक हिसाबले बढी स्थायित्व र संस्थागत देखिन्छ तर नेपालमा त्यस्तो देखिंँदैन किनभने नेपालका राजनीतिक पार्टीहरूले राजनीतिक संस्कारको विकास, आफ्ना कार्यकर्तालाई नियमित प्रशिक्षण, उत्तदायी, जिम्मेवारी र अनुशासनसम्बन्धी क्लास सञ्चालन गरेको पाइँदैन बरु विभिन्न गलत तिगडम गरेर कसरी आफू सत्तामा पुग्ने र कसरी सत्ताको दुरूपयोग गरी आफू, आफ्ना नाताकुटुम्ब र आफ्ना दलका कार्यकर्ताको अनुकूलतामा सत्तामा रहिरहने भन्नेमा मात्र ध्यान दिएको देखिन्छ ।

    यो विशेषता सुरुदेखि नै सबैभन्दा बढी सत्तामा रहेको नेपाली काङ्ग्रेस पार्टीमा देखिन्छ । उनीहरूले आफ्ना दलका कार्यकर्तालाई कहिल्यै पनि देश र जनताप्रति उत्तरदायी भएर सत्ता सञ्चालन र सङ्गठन निर्माण गर्ने कुरामा ध्यान पुर्‍याएनन् । त्यसको तुलनामा कम्युनिस्टले सुरुका दिनमा आफ्नो पार्टीको तर्फबाट आफ्ना कार्यकर्तालाई अलि व्यवस्थित प्रकारले क्लास दिने, अनुशासित बनाउने, राष्ट्र र जनताप्रति उत्तरदायी बन्न सिकाउने जस्ता कार्य गरेको देखिन्छ तर पछिल्लो समयमा आफूलाई कम्युनिस्ट पार्टी भन्नेले पनि आफ्ना पार्टीका कार्यकर्तालाई अनुशासनको दायराभित्र नियन्त्रण गर्ने, प्रशिक्षण तथा क्लास गरी जिम्मेवारिपूर्ण तरिकाले प्रस्तुत हुनुभन्दा पनि जरुरी भए पनि आफू सत्तामा पुगेर आफू, आफ्ना नातागोता र पार्टीका झोलेको मात्र उद्धार गर्ने, भरणपोषण गर्ने काममा माहिर भएका कारण नेपालको लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षतामाथि गम्भीर खतरा बढेर गएको छ । यो कुरा २००७ सालदेखि नै हुँदै आएको छ ।

    जुन दल सत्तामा पुग्दछ, उसले आफ्नै मनोमानी गर्ने गर्दछ । गलत प्रकारका नजिर स्थापना गर्न खोज्छ । आफू सत्तामा रहन जस्तोसुकै गलत प्रकारका काममा समेत सामेल हुन पछि पर्दैन । देशका प्राकृतिक साधनस्रोतको सही प्रकारको पहिचान र उचित व्यवस्थापन गरी देशको आयश्रोत बढाउने, खर्चमा मितव्ययिता अपनाउने, राज्य सञ्चालकले अनावश्यक सेवासुविधामा कटौति गर्ने, आवश्यक साधनश्रोतको पहिचान गरी ठाउँमा विभिन्न प्रकारका उद्योगधन्दा सञ्चालन गरी रोजगारयुक्त काम गर्ने, निर्यात बढाउने, आयात कम गर्ने, देशलाई आत्मनिर्भरतातिर लग्ने योजना बनाउने, कृषिक्रान्तिमा ध्यान दिने, हरेक जनता र पार्टीका कार्यकर्तालाई उचित पहिचान गरी उनीहरूलाई योग्यताअनुसारको जिम्मेवारी दिने, देशका हरेक नागरिकलाई सचेत र सङ्गठित प्रकारले देशविकासमा सहभागी बन्न प्रोत्साहन गर्ने जस्ता कार्यमा ध्यान नपुराउने हो भने यो सीमित प्रकारको लोकतान्त्रिक व्यवस्थामाथिको खतरा दिनप्रतिदिन बढ्दै जाने छ र अहिले गइरहेको पनि छ ।

    राज्य सञ्चालकले सही प्रकारको नीतिनिर्माणमा ध्यान नदिएका कारण पनि प्रतिगमनकारी शक्तिले मुन्टो उठाउने अवसर पाएका छन् ।

    देशका सांसदले देश र जनताका आवश्यकता र अवस्था हेरेर नीतिनिर्माण गर्नेतिर भन्दा पनि आफू सत्तामा टिकिरहन विदेशी प्रभुको अनुकूलतामा नीतिनिर्माण गर्दै गएपछि अर्को गल्ती गर्दै गएको कारण पनि वर्तमान व्यवस्थामाथि खतरा बढेर गएको हो ।

    हुन त वर्तमान व्यवस्थाले जनताका आधारभूत समस्या समाधान गर्न सक्दैन । यसमा हामी सबै स्पष्ट हुनुपर्दछ । यो बुर्जुवाको व्यवस्था हो । हामी यो व्यवस्थाप्रति विश्वस्त हुनुहँुदैन । यसको ठाउँमा नयाँ जनवादी व्यवस्था स्थापना गर्दै समाजवादी व्यवस्था निर्माणको दिशामा अगाडि बढ्नुपर्दछ तर वर्तमान अवस्थामा देशको आत्मगत र वस्तुगत अवस्था तयार नभएका कारण कम्तीमा तुलनात्मक हिसाबले राजतन्त्रभन्दा गणतन्त्र प्रगतिशील व्यवस्था हो । हामीले यसलाई बिसौनी मानेर यसको ठाउँमा योभन्दा प्रगतिशील सार बोकेको किसान, मजदुर र सर्वहारा वर्गको पक्षमा नयाँ जनवादी व्यवस्था हुँदै वैज्ञानिक समाजवादी व्यवस्था निर्माणतर्फ जाने वातावरण निर्माणमा ध्यान दिनु पर्दछ ।

    लामो र कठोर सङ्घर्षद्वारा प्राप्त यही बुुर्जुवा प्रकारको गणतन्त्रलाई पनि समाप्त गरी पुन: हिन्दु धर्म र राजतन्त्रको पुनस्र्थापनातिर फर्कने कुरा नेपाल र नेपालीका लागि घातक हुने छ । प्रतिगमनलाई निस्तेज पार्नको लागि वर्तमान व्यवस्थाका सञ्चालक र सबै नेपाली जनता एकताबद्ध र सचेत प्रकारले अगाडि बढ्न सके मात्र सम्भव रहन्छ । नभए प्रतिगमनको खतरा अझै बढेर जाने सम्भावनालाई हामी नकार्न सकिदैन ।

    बिहिबार, पुष १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.