• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

पुँजीवादमाथि विजय श्रमजीवी वर्गले पाउन सक्छ


  •   बुधबार, पुष ११, २०८० मा प्रकाशित
  • भीष्म जोशी ##

    Advertisement

    अवसरवादी र कम्युनिस्ट विरोधीको बिचमा नजिकको सम्बन्ध रहेको हुन्छ । अवसरवादीहरू कम्युनिस्ट विरोधीबाट प्रभावित हुने हुँदा तिनीहरूले अवसरवादलाई पनि आफ्नो नियन्त्रणमा राख्ने गर्दछन् । यसैले सबै अवसरवादीहरू वैज्ञानिक समाजवादको विरोध गर्छन् किनभने अवसरवादीको आधारभूत लाइन नै यथास्थितिवाद हो ।

    लेनिनले अवसरवाद विरुद्ध बहस चलाउनुभयो । अवसरवादद्वारा गरिने काम “सर्वहारा वर्गको दीर्घकालीन र स्थायी हितको बलिदान, चम्किलो र अस्थायी स्वार्थका लागि गरिन्छ ।” भनिन्छ कि “अति सम्भव हुँदैन” वा “हातको एउटा चरा झाडीमा भएका दुईओटा चरा बराबर हुन्छ” भने झैँ सुधारवादी ट्रेड युनियन नेताहरूले अवसरवादको प्रयोग गरेर वा पुँजीवादी राजनीतिज्ञले कामदारलाई आफ्नो खराब सम्झौतामा बेच्न सफल भएका छन् । अहिले पनि अवसरवादले व्यापक जनसमुदाय र मजदुर वर्गको बिचमा अझै पनि बलियो प्रभाव पारेको छ ।

    अहिलेको समाजको बहावलाई हेर्ने हो भने अवसरवादलाई प्रस्ट बुझ्न सकिन्छ । यी धेरै सांसारिक चिज हुन् । उदाहरणका लागि अहिले मानिसले हरेक सनकी र चटकेलाई पछ्याइरहेका छन् किनभने तिनीहरू केही टिभी वा सङ्गीत सेलिब्रेटीको अनुकरण गर्न चाहन्छन् वा भनौँ, वास्तविक जीवनका सङ्घर्षशील मानिसलाई भन्दा चलचित्र वा टिभी सिरियलका कमेडियन वा ट्रेडेजियनलाई आफ्नो जीवनको आदर्श मान्ने गर्दछन् ।

    अर्को चिज भनेको भाषाको क्रुरता हो, जसले प्राय: जातीय र लै्ङगिक विभेद गर्न रुचाउँछन् र यस्तो पुँजीवादी र क्षुद्र पुँजीवादी संस्कृतिले विशेष गरी युवामाझ बढी प्रभाव पारिरहेको देखिन्छ । केटीहरूका लागि यो असामान्य छ । उनीहरूलाई “चरित्रहीन वा अलच्छिन” भनेर बदनाम गरिन्छ, जिस्क्याइन्छ । साधारण मानिसलाई “फोहोरी, पाखे, भिखारी” भनेर हेला गरेका हुन्छन् । राजनीतिक रूपमा सक्रिय व्यक्तिको अक्सर निन्दा गरिन्छ र उनीहरूलाई “सामाजिक मनोरञ्जनकारी” वा “अव्यावहारिक र झोले” को रूपमा लिने गरेको पाइन्छ यद्यपि अवसरवादका वैचारिक आधार कस्ता छन् ।

    आज हामीले अवसरवादी धाराको सम्पूर्ण दायरासँग व्यवहार गर्नु परिरहेको छ । अवसरवादी धाराको समाजमा बलियो प्रभाव छ ।

    तिनीहरू अपवादबाहेक स्पष्ट र प्रकट रूपले सङ्कटमा छन् किनभने तिनीहरू वास्तविकताको विपरीत छन् र मजदुर वर्गको हितको विरुद्ध छन् तैपनि तिनीहरूको नकारात्मक प्रभाव स्वत: हट्दैन । यसका यस्ता नया नयाँ भेरियन्ट निरन्तर देखा परिरहन्छन ।

    हरेक राजनीतिक सोच भएका राज्यको जिम्मेवारीको रूपमा अभिनय गरिरहेका व्यक्तिले आफैलाई सोध्नुपर्छ कि आज तिनीहरू कहाँ उभिएका छन् ? तिनीहरूले के विचार बोकेका छन् ? के सोच्छन् र देश र जनताका लागि के गरिरहेका छन् ? अहिले विश्वभर फैलिएको पुँजीवादी व्यवस्था कस्तो रूपमा छ ? पुँजीवादले बेतुकको धनसँगै यसले लाखौँका लागि दु:ख उत्पन्न गरिरहेको छ र मानव जीवनको आधारलाई नै जोखिममा राखेको छ ।

    समाजवादले संशोधनवादी विश्वासघातका कारण सोभियत सङ्घमा वा चीनमा अस्थायी पराजय स्वीकार गर्नुपरेका कारणले पुँजीवाद ब्वाँसा झैँ चिच्याइरहेको छ । हामीले समाजको मुक्ति, भलाइ र समाजको सुन्दर सपनाका लागि पँुजीवादलाई चिहानमा गाड्न जरुरी छ । यसका लागि हामीले वैज्ञानिक ज्ञान हासिल गर्न आवश्यक छ र व्यावहारिक उपलब्धिमा सामेल हुनुपर्दछ । आवश्यक सामाजिक उत्पादनमा सामेल भएर मात्रै एक विशाल प्रगति र समाजको क्रान्तिकारी रूपान्तरण गर्न सकिन्छ, तब मात्रै अवसरवादलाई भत्काउन सक्छौँ ।

    अहिले पुँजीवाद र अवसरवाद कसरी सङ्कटमा छ भन्ने विषयमा हामीले फ्रान्सिस फुकुयामाको सिद्धान्त “इतिहासको अन्त्य” को दयनीय असफलता लाई हेरौँ ।

    यस सिद्धान्तका अनुसार सन् १९९१ मा सोभियत सङ्घको पतनसँगै समाजवाद स्थायी रूपमा गाडिएको हुनुपर्ने थियो र पुँजीवाद विजयी भएको हुनुपर्ने थियो तर सङ्कट प्रवणतालाई ध्यानमा राख्दै साम्राज्यवादी विश्वप्रणाली र साम्राज्यवादी सरकारको सामान्य विकासमा देखिएको असफलताका कारण यसबिचमा फुकुयामाले आफ्नो यो सिद्धान्तलाई फेरि अस्वीकार गर्नुभयो । यस्ता अल्पायु भएका नयाँ पुँजीवादी सिद्धान्त लुकाउनु पनि पुँजीवादी विचारधारामा आएको सङ्कटका कारणले नै हो ।

    त्यसैगरी नवउदारवादले सन् १९९० को दसकपछि सिर्जना गरेका धुन कस्ता छन् र यसले कस्तो उत्पादन प्रणालीको सिर्जना गरिरहेको छ ? नवउदारवादको आर्थिक आधार भनेको सरकारी–निजी साझेदारी हो । सरकारी–निजी साझेदारीमा गठित भएका ती संस्था र निगमले आफ्नो लगानीलाई एकाधिकार पुँजीवादमा परिणत गरेका छन् । राजनीतिमा नवउदारवाद भनेको साम्राज्यवादी देशले आफ्नो शक्ति र बल बढाउने प्रयत्न गरिरहनु मात्रै हो र आफ्नो शक्तिको बलमा नवऔपनिवेशिक देशलाई झन् आश्रित बनाइरहनु मात्रै हो ।

    नयाँ रूपले सङ्गठित भइरहेको पुँजी उत्पादनले झन् अप्ठ्यारा परिस्थितिको सिर्जना गरिरहेको छ । यसले पुराना पुँजीपति सिद्धान्तलाई नाकाम बनाएको छ भने नयाँ नयाँ पुँजीवादी सिद्धान्त जन्मिरहेका छन् । यस्ता नयाँ जन्मिरहेका र अल्पायुमै मरिरहेका सिद्धान्तको बाढीले साम्राज्यवादी विश्व व्यवस्थालाई पतनोन्मुख हुनबाट कसरी जोगाउने भनेर प्रयत्न भइरहेका छन् । यस्ता विभिन्न सिद्धान्तमध्ये “राज्यको लोकतान्त्रीकरण” को सिद्धान्तको भ्रम एउटा मुख्य हो । यसले राज्यमा सुव्यवस्था कायम गराउन असफल हुनु, नियमकानुनको अपूर्णता, करप्रणालीको अपूर्णता जस्ता कुराले यसको पर्दाफास गरिरहेको छ ।

    नवउदारवादमा पुँजीको अस्वाभाविक फैलावटले अविच्छिन्न शोषण मात्रै पैदा गरिरहेको छ र राज्य एकाधिकार पुँजीको संरक्षण गर्ने साधन मात्र बनिरहेको छ । त्यसैले अहिलेको पँुजीवादी राज्यप्रणालीसँग समाज परिवर्तन गर्न सक्ने कुनै आवश्यकीय विषयवस्तु नै बाँकी छैनन् । यसैका कारण समग्रमा भन्ने हो भने अहिलेको विश्वमा आर्थिक, मौद्रिक सङ्कट सृजना भएको छ । युक्रेन सङ्कट, कोभिड महामारीबाट सृजित सङ्कटले गर्दा साम्राज्यवादी देशले थप आवश्यक उत्पादन गर्न सकिरहेको छैन । त्यसले तिनीहरूबिचको आपसी अन्तरनिर्भरतालाई कमजोर बनाइरहेको छ । अहिले ऊर्जाको अभाव हुनु, कच्चा पदार्थको आपूर्तिमा भएको अभावका कारण राज्यले गर्ने सेवाप्रवाहमा समेत कठिनाइ उत्पन्न भइरहेको छ । यी कारणले गर्दा नवउदारवाद सङ्कटग्रस्त छ ।

    अर्कोतिर, बौद्धिक कृबिमता (आर्टिफिसियल इन्टेलजेन्स) को हाउगुजीको व्यापक प्रचार प्रसार भइरहेको छ । प्रविधिमा आएको परिवर्तनले पक्कै पनि मानवलाई ज्ञान, उत्पादन र जीवन पद्धतिमा सहजता ल्याएको छ तर पुँजीवादीले भने झैँ यसले सम्पूर्ण समाज परिवर्तनको लागि र सामाजिक समस्या निमिट्यान्न पार्ने भन्ने गलत प्रचार पनि गरिरहेको छ ।

    अहिले मजदुर आन्दोलनमा सबैभन्दा बढी खतरा पुँजीवादबाट परिचालित संसोधनवादीबाट नै हो । संशोधनवाद पुँजीवादकै सिद्धान्त हो तर यसले माक्र्सवाद–लेनिनवादलाई अपनाए जस्तो गर्दछ र माक्र्सवाद–लेनिनवादलाई गलत तरिकाले प्रयोग गरी यसलाई झुटो सावित गर्ने प्रयत्न पनि सँगसँगै गरिरहेको छ ।

    सोभियत सङ्घमा सन् १९९१ मा नोकरशाही पुँजीवादको अन्त्य भएसँगै ख्रुस्चेभको आधुनिक संशोधनवादको पनि अन्त्य भयो र नवसंशोधनवादको जन्म भयो । अहिले नवसंशोधनवादले विश्वभरि नै कम्युनिस्ट आन्दोलनमा क्षति पुर्‍याइरहेको छ । संसोधनवादले ठोस सैद्धान्तिक आधारबिना नै नवसंशोधनवादकै माध्यमबाट समाजवाद ल्याउने कुरा गर्छन् । यिनीहरूले राजनीति र विचारलाई अलग अलग गरेर हेर्ने गर्छन् । यही राजनीति र विचारको अलगाव नै नवसंशोधनवादको मुख्य विशेषता हो ।

    निम्नपुँजीवादीले पनि यही विचार बोक्ने गर्दछन् । यिनीहरू सबैले आफूलाई प्रगतिशील र वामपन्थी नै भन्न रुचाउँछन् । यिनीहरूले आफ्नो बोली, बैठक, भेलामा माक्र्सवादी विचारधाराको बारेमा छलफलसमेत गर्छन तर व्यवहारमा पुँजीवादी सिद्धान्तलाई नै अपनाइरहेका हुन्छन् किनकि माक्र्सवादलाई व्यवहारमा उतार्न कठिन हुने हुनाले यिनीहरूले त्यो बाटो अपनाउनन सक्दैनन् ।

    यिनीहरूका क्रियाकलाप बढिजसो यिनका कार्यक्रम, स्वतन्त्र सङ्घर्ष र सङ्गठनमा देख्न सकिन्छ, जसले स्वयम् तिनीहरूलाई सङ्कटतर्फ धकेलिरहेको हुन्छ ।

    अर्को, अहिलेको उत्तरआधुनिकतावादलाई अन्तर्राष्ट्रिय रूपमा विघटनकारी विशेषता मानिन्छ । “उत्तर”, जसको अर्थ उत्तरपुँजीवादी हो र माक्सवादपछिको समय हो यो । उत्तरआधुनिकतावादको केन्द्रीय भ्रम नै अन्तर्राष्ट्रिय श्रमिक वर्गको क्रान्तिकारी भूमिकालाई अस्वीकार गर्नु हो तर आजको साम्राज्यवादी संसारको मानिसको आधाभन्दा बढी वर्गीय यथार्थता मजदुर वर्गसँग सम्बन्धित छ । यो वर्ग उत्तरआधुनिकतावादीका लागि कम उपयोगी हुने छ । यसको आदर्श ‘एकलताको समाज’ हो । यसमा ‘एकलता’ का लागि ठाउँ छैन ।

    सामूहिक वाहकको रूपमा सामूहिक उत्पादन नै उत्पादनको सबैभन्दा उन्नत मोड हो । यसले आफ्नो शक्ति र उत्पादकता सामूहिक रूपमा मात्र अनुभव गर्दछ ।

    उत्तरआधुनिकताको उपजको अवधारणामा नै ‘सांस्कृतिक रूपमा निर्मित पहिचान’ को अवधारणामा आधारित छ । यसको ‘कल्पनाको उडान’ सम्पूर्ण रूपले आदर्शवादमा आधारित छ । पुरुष वा महिलाको रूपमा पहिचान, कालो व्यक्ति वा गोरा व्यक्तिको पहिचान—यस्तो सांस्कृतिक रूपमा मात्र प्राप्त हुन्छ । ‘विचित्र’ सिद्धान्तका अनुसार सामाजिक प्रगति र व्यक्तिगत मुक्ति प्रश्न गरेर प्राप्त हुन्छ भन्छ । अहिले समाजमा हरेक कुरामा प्रश्न गर्नुपर्छ भन्ने नयाँ विचित्रको सिद्धान्त पैदा भएको छ ।

    “क्वियर” सिद्धान्तले प्रत्यक्ष रूपले महिला आन्दोलन र अगाडि बढिरहेको मजदुर वर्गको आन्दोलनमा विभाजन ल्याउने प्रयत्न गरिरहेको छ । मजदुर आन्दोलन र महिला आन्दोलनलाई एकताबद्ध बनाएर अगाडि लैजान सकियो भने ठुलो प्रगति गर्न सकिन्छ तर यसबिचमा खतरा बढेको छ कि विभाजनकारी क्षुद्र पुँजीवादी नारिवादले फेरि सरकारको सहयोगमा महिला आन्दोलनमा प्रमुख भूमिका निर्वाह गरेको जस्तो देखिन्छ । यसले पुरुष र महिलाबिचको विरोधाभासलाई धक्का दिनका लागि एकतर्फी जोड दिन्छ । पुँजीवादको आलोचना, राज्य र परिवार प्रणालीको पृष्ठभूमिमा उत्तरआधुनिकतावादका सिद्धान्तजति सबै बेतुका लाग्नस क्छन् तर अहिलेका युवामा उत्तरआधुनिकतावादको प्रभाव व्यापक रहेको छ । त्यसैले साथीहरूको परिवारमा पनि यो सामान्य छ कि तिनीहरूका छोराछोरीले राम्रो माध्यमिक विद्यालयमा पढ्नुपर्छ वा राम्रो विश्वविद्यालयमा अध्ययन गर्नुपर्छ जसले गर्दा “मेरो बच्चाले एक दिन राम्रो जीवन पाओस्” भन्ने नाराका साथ शारीरिक श्रमलाई निम्नस्तरको मानिन्छ, बौद्धिक कामलाई उच्च रूपमा लिने गरिन्छ ।

    हामी यसलाई फरक रूपमा हेर्छौं । सबैभन्दा पहिले युवाहरूले सिक्नुपर्छ कि आफूलाई मात्र होइन कि सबै शोषित र उत्पीडितले पनि राम्रो जीवन बाँच्न पाउनुपर्छ । त्यो लक्ष्यका साथ लड्न जरुरी छ्र । दोस्रो– हामीले श्रमिक वर्गभित्र उनीहरूलाई आफ्नो सिप प्रयोग गर्न, आफै दक्ष कामदार बन्न र सङ्घर्षको मुख्य लाइनमा सामेल हुन उनीहरूलाई बुझाउने प्रयास गर्छौं । ठुला औद्योगिक उद्यममा निर्णायक बहुमत लिएर जित्नका लागि अन्तर्राष्ट्रिय औद्योगिक सर्वहारा वर्ग र अन्तर्राष्ट्रिय समाजवादी क्रान्तिको विजय लागि हामीले मजदुर वर्गलाई प्रशिक्षित गर्न जरुरी छ ।

    जनताको आत्मविश्वासलाई घटाउनका लागि विद्यमान अवस्थामा प्रतिक्रियावादी प्रक्रिया हो– फासिवादी विचारधाराको पुनर्जागरण । यसको अवसरवादसँग कस्तो सम्बन्ध छ ? यो बुझ्न जरुरी छ ।

    आवश्यक स्पष्टताबिना फासिवाद विरुद्ध लड्न सकिँदैन । फासिवाद आज अवसरवादमा निर्भर रहेको छ । प्रतिक्रियावादीको सलबलाहट देख्दा उनीहरू अहिले ढुक्कले जनतामाझ गइरहेको देखिन्छ । अवसरवादको सहारामा यसले कसरी अवसरवादको सहारा लिइरहेको छ ? हामीले यिनीहरूप्रतिको स्पष्ट विचार नअपनाउने हो भने अहिले फासिवादका विरुद्ध लड्न कठिन हुन जान्छ ।

    हामीले देखे जस्तै फासिवाद कम्ब्याट, बुट र स्वस्तिक चिह्न बोकेर आउँदैन । उनीहरू अहिले न वामपन्थी, न दक्षिणपन्थीको रूपमा रहेका छन् । फासिवादले जनताको असन्तुष्टिमा खेलेर जनतालाई प्रभावित पारिरहेको छ । यथार्थतामा अहिले फासिवादीले वामपन्थीले उठाउनुपर्ने एजेन्डा उठाएर जनताको भावनामा खेलवाड गरिरहेका छन् । तिनीहरू पुँजीवादको आलोचना गरिरहेका जस्ता देखिन्छन् । पुँजीवादीले षड्यन्त्रको सिद्धान्तको नयाँ प्रयोग गरी यसलाई उत्तरफासिवादी सिद्धान्तको रूपमा प्रयोग गरिरहेका छन् । यसैलाई प्रतिक्रियावादीले षड्यन्त्रको सिद्धान्तलाई आध्यात्मिक आदर्शवादको रूपमा लिइरहेका छन् । अहिलेको सामाजिक चेतनाको विकासमा यसको प्रभाव यसरी नै अगाडि बढिरहेको देखिन्छ ।

    समाजमा यसरी नै यिनीहरूको बाहुल्यता हुने हो भने समाजको दुर्दान्त कथानकको सुरुवात हुने छ । यसले वर्गीय यथार्थतालाई तिरस्कार गरिरहेको छ । प्रतिक्रियात्मक षड्यन्त्रहरू धर्म, जातिको एजेन्डा बोकेर समाजलाई भड्काइरहेका छन् । यिनीहरू आदर्शवादी सिद्धान्तमा आधारित छन् । यो व्यक्तिगत मेकअपदेखि सुरु हुन्छ । मनोमानी परिदृश्यको निर्माण गरिरहेको हुन्छ ।

    यिनीहरूलाई कालो हो वा सेतो हो ? कस्तो छ, थाहा हुँदैन तर यिनीहरूले सबै सामाजिक विकासको व्याख्या गर्दछन् र सबैको समाधान गर्न सक्ने आफूहरू मात्रै रहेको भ्रम फिजाइरहेका छन् । यसले वर्गीय यथार्थलाई बेवास्ता गर्छ र हरेक प्रगतिशील पहललाई घृणा गर्छ, विशेष गरी वर्गसङ्घर्षलाई । यसले आफ्ना सबै षड्यन्त्र सिद्धान्तको वैचारिक मूलको रूपमा कुख्यात नकारात्मकता र शङ्कावादलाई समावेश गर्दछ ।

    यसले नकारात्मकता र शङ्कावादको जनतामा व्यापक प्रचार प्रसार गरी फासिस्ट डेमागोजीको प्रभावका लागि एक वैचारिक आधार गठन गरिरहेको छ । जनताको चेतनामा यसले ठुलो नकारात्मक प्रभाव पारिरहेको छ । यो निराशावादले गर्दा जनतामा तर्क गर्ने क्षमतामा ह्रास भइरहेको छ भने जनताको निराशामा टेकेर फासिवादीहरू जनसमर्थन बटुल्ने प्रयत्न गरिरहेका छन् । त्यसैले यसका विरुद्ध जनतामा व्यापक जनचेतना जगाउनु जरुरी छ ।

    यी माथिका सबै वैचारिक विवादका बिच साम्राज्यवादीले अन्तर्राष्ट्रिय रूपले खडा गरेका आर्थिक निरङ्कुशताका विरुद्ध पनि जनतालाई सचेत गराउन जरुरी छ । यसै परिस्थितिको जगमा टेकेर हामीले वैज्ञानिक ज्ञान प्राप्त गर्ने, जनविश्वास आर्जन गर्ने, आफ्नो शक्ति र सङ्गठनलाई मजबुत बनाउँदै यसको विकल्प समाजवाद नै रहेको हँुदा समाजवादी आन्दोलनलाई अगाडि बढाउन वैचारिक परिपक्वता विकास गर्न जरुरी छ ।

    समाजमा भइरहेका क्रियाकलापलाई यसरी हामीले सयौँ टुक्रामा विभाजित गर्नुको कारण सैद्धान्तिक र वैचारिक रूपले साथीहरूलाई प्रस्ट पार्नका लागि हो । हामी प्रत्येकले सैद्धान्तिक, वैचारिक रूपले दक्ष र सक्षम हुनैपर्छ । यदि हामीले चर्चित मात्रै बन्न खोज्ने हो र सैद्धान्तिक, वैचारिक परिपक्वता हासिल नगर्ने हो भने त्यसको केही काम छैन । त्यसले केवल हामीलाई अवसरवादको जटिल सङ्क्रमणभित्र मात्रै फसिरहन्छौँ । अवसरवाद डराउने भनेकै वैज्ञानिक विचारसँग हो । यसैले हामीले साङ्गठनिक र वैचारिक दुवै पाटोलाई सँगसँगै बलियो बनाएर लैजान सक्नुपर्दछ ।

    सर्वहारा आन्दोलनको विजयका लागि सैद्धान्तिक–वैचारिक बहसबिच अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । यो सँगसँगै हामीले पार्टीलाई बलियो माक्र्सवादी–लेनिनवादी र माओ विचारधारामा पोख्त पार्टी बनाउनका लागि पार्टीका भ्रातृ सङ्गठनको निर्माण र उनीहरूको सैद्धान्तिक, वैचारिक दक्षता बढाउन पनि उत्तिकै अपरिहार्य छ । पुँजीवादी विचारधारामाथि श्रमजीवी वर्गले मात्र सफलता हासिल गर्न सक्छ । त्यसैले पुँजीवादी शोषण र उत्पीडनबाट मुक्ति पाउने एक मात्रै उपाय श्रमिक वर्गको आपसी एकता र द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तलाई पक्रेर पँुजीवादलाई समाप्त गरी समाजवादको दिशामा अगाडि बढ्नु नै हो ।

    बुधबार, पुष ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.