• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. बिपतराम चौधरीप्रति मसालको श्रद्धाञ्जली

  • २. विपत्तिकाे सामना

  • ३. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ४. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ५. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ६. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ७. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ८. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ९. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • १०. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

ढोंगी संस्कृतिविरुद्धको सशक्त प्रहार ‘बाबा म त पढ्दिन बोर्डिङ…’


  •   शनिबार, चैत १५, २०७६ मा प्रकाशित
  • हेमराज आश्रम एक प्रगतिवादी गायक हुन् । उनको परिचय यत्तिमा मात्र सीमित गर्न मिल्दैन, उनी एक सङ्गीतकार, सङ्गीत प्रशिक्षक, सङ्गीतका विद्यार्थी र निर्देशक पनि हुन । सङ्गीत नै उनको बाँच्ने पेशा हो ।

    Advertisement

    आफ्नो पेशामा कतै गाली त कतै ताली आउनु नौलो कुरो होइन । आम कलाकार सधैँ तालीका भोका हुन्छन् तर हेमराज आलोचनालाई पनि उत्तिकै मनन् गर्छन् ।

    यतिबेला उनको ब्यानरमा एउटा गीत आएको छ । ‘बाबा म त पढ्दिनँ बोर्डिङ’ बोलको गीत इज्जत राख्न बोर्डिङ स्कुलमा पढाउनेजस्तो ढोँगी संस्कृति विरुद्ध रचना गरिएको छ । यो गीत समय सान्दर्भिक नै छ ।

    यसमा अहिले केही आलोचना पनि आएका छन् । ती आलोचना पूर्वाग्रहको हो । किनकि हेम पूरै सिस्टमको विरुद्धमा गीत गाउने कलाकार हो । उसलाई जतिबेला पनि जेलनेल वा राज्यले जे पनि गर्न सक्छ । तसर्थ यो गीत बोर्डिङ स्कुलको विरुद्धमा लेखिएको गीत मात्र होइन ।

    बोर्डिङ स्कुलमा बच्चाको भविष्य हेरेर भर्ना गरिएका र समाजमा प्रतिष्ठा राख्न भर्ना गरिएका बच्चा बिचमा केही फरक उहाँहरूजस्ता स्कुलका सञ्चालकले पनि पाउनुपर्ने हो । बोर्डिङ स्कुलको शिक्षण सिकाइमा पनि यो संस्कारले असर गरेको छ । बच्चा आफूले पनि मिहिनेत गरे पढाइ राम्रो हुन्छ । त्यसमा असल शिक्षकको निगरानीमा बालबालिकाको पढाइ हुनु राम्रो हो ।

    तर ‘यति धेरै फी तिरेर पनि मेरो बच्चाको पढाइ किन राम्रो भएन ?’ भन्ने प्रश्न गर्ने अभिभावक पनि नभएका होइनन् । स्कुलले वा फिसले पढिदिने होइन, स्कुलले पढाउने हो । असल शिक्षकको बन्दोबस्त र उनीहरूले पढाए/नपढाएको हेर्न हो । बच्चाको भविष्यलाई हेरेर युग अनुरूप शिक्षकको क्षमता वृद्धि गर्दै लैजाने हो । पढ्ने त आफ्नै बच्चाले हो । आफ्नो पढाइ राम्रो बनाउन बच्चाले मिहिनेत गर्नैपर्छ । महङ्गो स्कुल होइन, राम्रो नतिजा दिनेखाले रोज्नुपर्छ ।

    शिक्षामा व्यापार त तिनीहरूले गरेकै हुन्, जसले फीअनुसार नतिजा दिन सकेका छैनन् । अर्काे कुरो, हेमले एउटा गीत रेकर्ड गर्दैमा पुरै बोर्डिङ स्कुल बन्द हुन्छन् भन्ने पनि होइन । बोर्डिङ स्कुलको विरुद्धमा गाइएको गीतको भिडियो बनाउन पनि बोर्डिङ स्कुलले नै सहयोग गरेको छ । त्यो स्कुल साँच्चैको फराकिलो हृदय भएको स्कुल हो ।

    त्यसो त नेपालको सरकारी स्कुलले गुणस्तर दिन नसक्ने धेरै कारण छन् । त्यस्तै सबै बोर्डिङ स्कुलले पनि राम्रो नतिजा दिन सकेका छैनन् । त्यसको पनि आफ्नै कारण छन् । साँच्चै सरकारी स्कुलले नतिजा राम्रो दिन नसक्दा नै चर्काे फी नभनेर बच्चालाई बोर्डिङमा भर्ना गर्नुपर्ने बाध्यता छ ।

    सबै कुरा छोडेर कलाकारले कलाकै कुरो गर्ने हो । गीत उत्कृष्ट कविता हो । “बाबा म त पढ्दिनँ बोर्डिङ“ गीत पनि राम्रो छ । सबै कुरो गीतले भन्नुपर्ने सबै कुरो भनेको छ । हेमले आफूले सङ्गीत प्रशिक्षण दिएका छन् । उमेरअनुसार बच्चाको गायकी र स्वर पनि राम्रो छ । भिडियोमा भूमिका निभाउनेले पनि राम्रो गरेको देखिन्छ ।

    पहिलेका उनका गीतमा भोकललाई सङ्गीतले च्यापेका हुन्थे अथवा उनका पहिलेका गीतमा सङ्गीत कत्तिको श्रुतिमधुर छ सुनेर आफै विचार गर्न सकिन्छ । यस गीतमा भने श्रुतिमधुर सङ्गीत रहेको छ । यो सङ्गीत संयोजनको एक सफलता हो ।
    कतै कतै गायकीमा अस्वाभाविक तान्नुपर्ने ठाउँ रहनु पनि गीत सम्पादनको कमजोरी हो । गीत तयार भएपछि त्यसलाई सङ्गीत दिएर केही साथीलाई सुनाउने र उनीहरूबाट सुझाव लिने गरेको भए गीत अझ राम्रो हुन्थ्यो ।

    गीतलाई त्यसको भिडियोले पनि अझ उत्कृष्ट पार्छ । भिडियो निर्माण गर्दाको गीतको थिमभित्र रहेर निर्माण गरिन्छ । तर यस गीतको भिडियो नाटक हेरे झैँ भयो । गीत नै यति राम्रो भएपछि अझ त्यसमा संवाद र अन्य भाषण आवश्यक थिएन । यसमा पाठकले त केही बुझ्दैनन् भन्ने लाग्छ भने भाषण गर्दा हुन्छ तर गीत नबुझ्ने पाठक नेपालमा शायदै कतै नहोला ।
    गीत लेख्ने, भिडियो निर्देशन गर्ने, भिडियो सम्पादन गर्ने, सङ्गीत संयोजन र वाद्यवाधन र प्राविधिकमा समेत आफै भएपछि कम्तीमा अधिकारसहितको सम्पादक र सहसम्पादक अरू कसैलाई राख्नुपथ्यो ।

    यो सरकारी स्कुलमा पढ्ने विद्यार्थीहरू नाच्ने गीत हो । पहिले नै यसबारे पनि सोच्नुपथ्र्यो । त्यहीअनुसार म्युजिक बनेर त्यसैमा भिडियो गरेको भए धेरै राम्रो हुन्थ्यो । नाच्नै म्युजिक भनेर अर्काे छुट्टै म्युजिक खोज्नुपर्दा हुने समस्याले अन्नतः हेमजीलाई नै घाटा हुन्छ ।

    कला व्यञ्जना हो । कला अतिरञ्जना हो । कलाको सिर्जना गर्ने क्षमता सबैमा हुँदैन तर कलाको आस्वाद नगर्ने कोही हुँदैन । तर पाठकले आफ्नै हिसाबले धारणा बनाउने स्थान दिनसक्ने कला सिर्जना गर्नु कलाकारको ठुलो सफलता हो । आगामी सिर्जनामा अहिलेका कमजोरी नदोहोरियोस् ।
    (लेखक प्रगतिशील लेखक सङ्घका केन्द्रीय सदस्य हुन्)

    • min
    शनिबार, चैत १५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘कुशअमबसिया’ पर्व मनाउँदै मैथिल
    मोतीराम भट्टको एक सय एकसट्ठिऔँ जन्मजयन्ती मनाइँदै
    रोमन अधिकारीको ‘अमेरिका सपना’ : अमेरिका पुगेका नेपालीलाई बुझ्ने प्रयास
    बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन
    उपत्यकामा सबै कम्पनीको ग्यास सिलिन्डर साट्न सरकारको निर्देशन
    लाइनमा छु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      बिपतराम चौधरीप्रति मसालको श्रद्धाञ्जली

    • २.
      विपत्तिकाे सामना

    • ३.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ४.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ५.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ६.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.