काठमाडौं । भक्तपुरको नगरकोटमा नेपालकै लामो जिपलाइन सन्चालनमा आएको छ।
Advertisement
चाँगुनारायण नगरपालिकाको ६ र ७ वडामा २्.२५० किलोमिटर लामो जिपलाइन सञ्चालनमा आएको हो । यो एसियाकै दोस्रो लामो जिपलाइन भएको निर्माणटिमको दाबी छ।
४ करोड लगानीमा निर्माण भएको बताइएको छ ।

शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नगरकोट जिपलाइनको उद्घाटन गरे। मन्त्री किराँतीले जिपलाइन खुलेकोमा खुसी व्यक्त गर्दै नेपालको पर्यटन स्थानीय स्वामित्वसहितको हुनुपर्ने बताए ।
जिपलाइनमा प्रतिव्यक्ति ४ हजार ५ सय टिकट रहेको छ।