• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

खाम भाषाबाट बनेका रुकुमका केही स्थानको नामबारे


  •   शुक्रबार, मङि्सर २९, २०८० मा प्रकाशित
  • सत्यनारायण श्रेष्ठ ##

    Advertisement

    मध्यमाञ्चलदेखि सुदूरपश्चिमबाट पनि केही पश्चिमसम्मका चार जात र छत्तिस वर्ण, सबै जातका हाम्रा पुर्खाले खाम बोलेका रहेछन् भन्ने ज्वलन्त नमुना हाम्रा गाउँबस्ती, वनपाखा, हिमाल, पहाड, तराई, नदिनाला र दहका नामले पनि प्राकृतिक र भौतिक प्रमाणका रूपमा पुष्टि गरिरहेका छन् भन्ने केही प्रमाणको जानकारी यहाँ दिइएको छ ।

    १) खाममा : र्‍ही + गुम + दह – खाम शब्द विकास भई रुगुम दह भयो । रुगुमबाट पनि विकास भएर २०१८ सालदेखि तत्कालको नयाँ संरचनाको ७५ जिल्लामध्येको साविक रुकुम जिल्ला नामाकरण गरिएको हो ।

    खास कुरामा : खानेपानी + उच्च + दह – उच्च खानेपानी दह भनेको हो । त्यहाँका मान्छेलगायतका घरपालुवा जनावरसमेतले त्यहीँ दहको पानी २०६५ सालसम्म खाने गर्थे ।

    २) खाममा : चाउ + बाङ – हाल चाउ शब्द विकास भएर चौबाङ भनियो ।

    खास कुरामा : राम्रो + चौर – राम्रोचौर भनेको हो ।

    नोट : वि.सं. १९९६ सालमा तत्कालीन राणा सरकारले जनताबाट कर उठाउने नीति बनाउने क्रममा जनताका नाममा जग्गा दर्ता गराउँदा स्थानीय तालुकदार, बिर्तावाल र सल्यान गौँडाका प्रतिनिधिले कुनै आधार नभएको चौकाबाङ गाउँ नामकरण गरेका थिए । चौकाबाङ भएकोमा फेरि पनि विकास भई चौखाबाङ हुँदै छ ।

    ३) खाममा : साँ + क + दह – साँकदह विकास भएर साँखदह हुँदै छ ।

    खास कुरामा : छायाँ + नजिक + दह – छायाँ (ऐना) नजिक दह भनेको हो ।

    नोट : पहिला ऐना पत्ता नलाग्दै यही दहमा हातमुख धुएर ऐनाको रूपमा आप्mना छाया हेर्ने गर्थे । त्यसकारण यस दहको नाम पनि साँकदह रहन गएको हो भन्ने हालसम्मको ठहर छ ।

    ४) खाममा : म्होसिउ + कोई – हाल म्होसिउ शब्द विकास भई मुसिकोट भनिन्छ ।

    खास कुरामा : लुकेको + डाँडो – लुकेको थुम्को वा डाँडो भनेको हो ।

    ५) खाम : नौ + दोहा – नौदोहा हो । हाल नौ दोहो शब्द विकास भई नदुवा र लदुवा भनिन्छ ।

    खास कुरामा : नौ + बाटो – नौओटा बाटो भेट भएको चोक भनेको हो ।

    ६) खाममा : आठ + बिस + कोट – हालसम्म पनि आठबिसकोट नै भनिन्छ ।

    खास कुरामा : ८ + २० + डाँडो – एक सय साठी जनसङ्ख्या भएको तालुक वा डाँडो भनेको हो ।

    नोट : राजतन्त्रको शासन र राणा सरकारको समयमा राज्यले जनतालाई बिसभन्दा माथि जानकारी दिने नीति थिएन । त्यसैले १६० जनसङ्ख्या भएको तालुकको नाम जनसङ्ख्याको आधारमा आठबिस राखियो । पन्चायतकालमा नामकरण गर्दा उच्च डाँडोलाई पनि थपेर अहिलेसम्म पनि आठबिसकोट नगरपालिकाले परिचित छ ।

    ७) खाममा : झुल् + खे – हाल खे शब्द विकास भई झुलिखेत भनिन्छ ।

    खास कुरामा : सुइरोे + खेत – सुइरो जस्तो तिखो डाँडोको काखमा धान खेती गर्ने जग्गा भनेको हो ।

    ८) खाममा : बाँकी + कोई – विकास भएर बाँफीकोट भनिन्छ ।

    खास कुरामा : अछट्टै/अलक्कै + डाँडो/थुम्को – छुट्टै/अलक्कै डाँडो वा ठुम्को भनेको हो ।

    ९) खाममा : स्या + र्‍ही + गाउँ – खाम विकास भएर सेरीगाउँ भयो ।

    खास कुरामा : मृग + पानी + बस्ती – मृग पानी बस्ती हो ।

    १०) खाममा : स्या + बाङ – अहिलेसम्म पनि स्याबाङ नै भनिन्छ ।

    खास कुरामा : मृग + चौर – मृगचौर भनेको हो ।

    ११) खाममा : ट््या + खोला – विकास भई टेवाखोला भनिन्छ ।

    खास कुरामा : भ्यागटो + नदी – भ्यागुटो पाइने नदी भनेको हो ।

    १२) खाममा : हो + ल – विकास भई हिल भन्ने गरिन्छ ।

    खास कुरामा : त्यहाँ + छ – त्यहाँ छ भनेको हो ।

    १३) खाममा : होल + तरा – अहिलेसम्म पनि होलतरा नै भन्ने गरिन्छ ।

    खास कुरामा : उतै + तिर – त्यहाँ वा उतैतिर भनेको हो ।

    १४) खाममा : ला + छि + कोट – हाल लाछि शब्द विकास भई राजकोट भएको हो ।

    खास कुरामा : बाघ + घाँस + डाँडो – बाघ र घाँस हुने थुम्को वा डाँडो भनेको हो ।

    १५) खाममा : छि + बाङ् – हालसम्म छिबाङ गाउँ नामले परिचित छ ।

    खास कुरामा : घाँस + चौर – घाँसचौर भनेको हो ।

    १६) खाममा : खार + नेटा – हाल खार शब्द विकास भई खारा नेटा हुँदै छ ।

    खास कुरामा : बिच + डाँडो – बिच डाँडो वा अन्तरको डाँडो भनेको हो ।

    १७) खाममा : भ्या + र्‍ही + खोला – हाल खोला शब्द विकास भई भेरी नदी भएको छ ।

    खास कुरामा : धेरै + पानी + नदी – धेरै पानी वा धेरै पानी जम्मा भएको नदी भनेको हो ।

    १६) खाम : बसेकोलाई चुँव : भन्छन् चुँव विकास भएर हाल चुन भएको हो ।

    शुक्रबार, मङि्सर २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.