• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

अमेरिकी महादेशमा व्यक्तिहत्याको शृङ्खला चलाउँदै भारत


  •   शनिबार, मङि्सर १६, २०८० मा प्रकाशित
  • काठमाडौँ । भारतले अमेरिकी महादेशमा व्यक्तिहत्याको शृङ्खला चलाइरहेको तथ्य सार्वजनिक भएको छ ।

    Advertisement

    बिबिसीका अनुसार पृथक् पन्जाब आन्दोलन (खालिस्तान) को नाममा भारतले यस्तो क्रियाकलाप गरेको पाइएको हो ।

    गत जुन १८, २०२३ का दिन क्यानडाको ब्रिटिस कोलम्बियामा ४५ वर्षीय हरदीप सिंह निज्जरको हत्या भएको थियो । सोही शृङ्खलामा थप तीन जना सिख नेताको हत्याप्रयासको क्रममा गुर्पवन्तसिंह पन्नुनको हत्या असफल भएपछि यो प्रकरण बाहिर आएको छ ।

    यस सिलसिलामा अमेरिकाको न्याय मन्त्रालयले नोभेम्बर २९, २०२३ का दिन एक जना भारतीय व्यक्ति निखिल गुप्ताका विरुद्ध १५ पृष्ठ लामो अभियोगपत्र अदालतमा दर्ता गराएको छ ।

    अभियोगपत्रमा गुप्ताले निज्जरको हत्यापछि पन्नुनको हत्या गर्न एक लाख अमेरिकी डलर अमेरिकी नागरिकलाई दिएको उल्लेख छ तर ती अमेरिकी नागरिकले भने गुप्तालाई पक्राउ गर्नका लागि पन्नुनको हत्याप्रयासको अभिनय गरेको थाहा लागेको छ । त्यससँगै गुप्ताका विरुद्ध अभियोगपत्र दर्ता भएको हो ।

    पन्नुन क्यानडा र अमेरिकाका दोहोरो नागरिक थिए । अमेरिकी नागरिक भएकाले उनीसम्बन्धी मामिला अमेरिकी अदालत चलेको हो ।
    गुप्ताले निज्जरको हत्याको भिडियो ती अमेरिकी नागरिकलाई पठाउँदै पन्नुनको हत्या गर्न भनेको र त्यसपछि अरू दुई जनाका हत्या गर्नुपर्ने बताएको अभियोगपत्रमा उल्लेख छ ।

    अभियोगपत्रमा एक जना भारतीय सरकारी कर्मचारीको आदेशअनुसार गुप्ताले अमेरिकामा काम गरिरहेको आरोप लगाइएको छ ।

    त्यस्तै, अभियोगपत्रमा गुप्तामाथि हत्या गरेको आरोप त लगाइएको छैन तर हत्याप्रयासलाई सम्पन्न गर्न आवश्यक व्यवस्थापन र जासुसी गरेको भने दाबी गरिएको छ । त्यति मात्रै होइन, गुप्ता आफै सिख नेताको हत्यामा संलग्न हुन चाहेको प्रमाणसमेत उक्त अभियोगपत्रमा संलग्न गरिएको छ ।

    गुप्ताले जुन महिनाभित्रैमा अरू तीन जना सिख नेताको हत्या गर्न चाहेको अभियोगपत्रमा उल्लेख छ । थप दुई जना को हुन् ? त्यसबारे भने गुप्ताले अझैसम्म खुलाएका छैनन् ।

    यता, यस प्रकरणमा भारत सरकार उच्चाधिकारीसँग ह्वाइट हाउसले छलफल गरिसकेको सञ्चारमाध्यमले जनाएका छन् ।

    यता, गुप्तामाथि अन्तर्राष्ट्रिय लागुऔषध र हतियार तस्करीमा संलग्न रहेको आरोप लागेको छ ।

    हत्याप्रयास भएका पन्नुन सिख फर जस्टिसका सल्लाहकार तथा निज्जरका सहयोगी मानिन्थे ।

    निज्जर प्रकरणमा तनाव
    जुन १८ का दिन निज्जरको हत्या भएपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले त्यसमा भारतको हात रहेको बताएका थिए । त्यसपछि भारत र क्यानडाको माझमा तनावको स्थिति उत्पन्न भएको थियो । त्यस क्रममा भिसा दिन नै रोक लगाउनुपर्ने स्थिति निर्माण भएको थियो ।

    यता, भारतले भने त्यो आरोपलाई ‘निरर्थक’ र ‘चिन्तायुक्त’ बताएको थियो ।

    यस प्रकरणमा पहिला क्यानडाले एक जना भारतीय कूटनीतिज्ञ पवनकुमार रायलाई निष्काशन गरेको थियो भने त्यसको प्रत्युत्तरमा भारतले पनि एक जना क्यानडेली कूटनीतिज्ञलाई निष्काशन गरेको थियो ।

    यसै क्रममा निज्जर हत्याको विरुद्ध क्यानडाको टोरन्टोस्थित भारतीय वाणिज्य दूतावासबाहिर तथा क्यानडाबाहिर लन्डन, मेलबर्न र सानफ्रान्सिस्कोमा प्रदर्शन भएका थिए ।

    त्यस्तै, भारतको पक्षमा पनि क्यानडाको टोरन्टोमा नै प्रदर्शन भएको थियो ।

    यो प्रकरणले क्रमश: अन्तर्राष्ट्रिय रूप लिन पुग्यो । त्यस क्रममा भारतमा सम्पन्न जि–२० शिखर सम्मेलन अमेरिकी राष्ट्रपति जो बाइडेनले मोदीसँग भेटेरै चिन्ता व्यक्त गरेका थिए ।

    भारत चोखो छैन
    निज्जर हत्यामा भारतीय संलग्नतालाई भारतले अस्वीकार गरे पछि तथ्यले भने भारतको संलग्नतालाई नै पुष्टि गर्दछ ।

    सञ्चारमाध्यममा प्रकाशित जानकारीअनुसार गत वर्ष जुलाई २२, २०२२ मा भारतको राष्ट्रिय अनुसन्धान निकायले निज्जरबारे सूचना दिनेलाई नगद पुरस्कारको घोषणा गरेको थियो ।

    सोही क्रममा जुलाई १८ का दिन मास्क लगाएका दुई जना सशस्त्र व्यक्तिले क्यानडामा निज्जरलाई गोली हानी हत्या गरेका थिए । यसै आधारमा क्यानडेली प्रधानमन्त्री ट्रुडोले भारतप्रति शङ्का व्यक्त गरेका थिए ।

    बाँकी छ पृथक खालिस्तानको प्रभाव
    भारतमा कुल जनसङ्ख्यामध्ये दुई प्रतिशत सिख धर्मावलम्बी छन् । उता, क्यानडामा १८ लाखको हाराहारीमा भारतीय सिख रहेको बताइएको छ ।

    भारतमा खालिस्तानको नाममा सन् १९८० को दसकवरिपरि पृथक् सिख आन्दोलन उठेको थियो । त्यस आन्दोलनलाई दमन गर्न सिख धर्मावलम्बीको प्रसिद्ध र पवित्र धार्मिकस्थल मानिने अमृतसरको स्वर्णमन्दिरभित्रै गोली चलाइएपछि सिख धर्मालम्बी अरू आक्रोशित बनेका थिए । सुरक्षाकर्मीलाई उक्त आदेश तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले दिएपछि उनकै सिख अङ्गरक्षक बेअन्त सिंहले गान्धीको गोली हानी हत्या गरेको भारतीय पर्यवेक्षकहरू बताउँछन् ।

    त्यति बेलादेखि भारतीय सुरक्षाकर्मी परिचालन गरिरहँदा पृथक् सिख आन्दालन त सुस्ताएको छ तर त्यसको समर्थनमा विदेशमा रहेका सिखको अभियान यथावत् छ । त्यही आवाज क्यानडा, अमेरिका, बेलायत, अस्टेलियालगायत अन्यत्र पनि बेला बेलामा उठ्ने गरेको छ ।

    क्यानडामा पृथक् खालिस्तान सङ्गठन सक्रिय रहेको भारतको दाबी रहँदै आएको छ तर क्यानडाले भने त्यस आरोपलाई अस्वीकार गर्दै आएको छ । (एजेन्सीको सहयोगमा)

    शनिबार, मङि्सर १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.