• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

सुरुङमा १७ दिन फसेका कामदार भन्छन्, प्रत्येक समय मृत्यु अगाडि उभिरहेको थियो


  •   बुधबार, मङि्सर १३, २०८० मा प्रकाशित
  • नयाँदिल्ली । आफूहरूले निर्माण गरिरहेको सुरुङ भत्किएर सुरुङभित्रै १७ दिनसम्म फसेपछि जीवितै उद्धार गरिएका भारतीय कामदारले कठिन परीक्षाको त्रास, आशाले उनीहरूलाई बलियो बनाएको बताएका छन् ।

    Advertisement

    ‘हामी साँच्चै डराएका थियौँ, प्रत्येक समय मृत्यु अगाडि उभिरहेको महसुस हुन्थ्यो’, सुरुङबाट जीवित उद्धार गरिएका कर्मचारी दीपक कुमारले बुधबार भन्नुभयो, ‘बाँच्छौ वा बाँच्दैनौँ भन्ने हामीलाई थाहा थिएन ।’

    म्याराथुन इन्जिनियरिङ अभियानबाट मङ्गलबार राति विशेषरूपले पाङ्ग्राले सुसज्जित स्ट्रेचरमा ५७ मिटर (एक सय ८७ फिट लामो स्टिल पाइपको माध्यमबाट तानिएपछि यी कामदारलाई नायकका रूपमा स्वागत गरिएको थियो । सुन्तला रङको सयपत्रीको माला लगाएर उनीहरूलाई जयजयकार गर्दै स्वागत गरिएको थियो ।

    ‘हाम्रा लागि संसार फेरि सुन्दर छ”, जीवित कर्मचारी सबा अहमदले भन्नुभयो । उहाँले सुरुङमा फसेका बेला आफ्नी श्रीमतीको ‘चिन्तित र निराश’ आवाज सुन्दाको दु:ख वर्णन गर्नुभयो । भारतको सबैभन्दा गरिब राज्यमध्येको एक बिहारका अहमदले भन्नुभयो, ‘मलाई थाहा छ, भित्रका मानिसका लागि एउटा कठिन क्षण थियो र बाहिर परिवारहरूका लागि पनि अझ कठिन थियो तर अन्तत: हामी बाहिर आएका छौँ र यो नै महत्त्वपूर्ण कुरा हो ।’

    ‘म कति खुशी छु भनेर बताउनका लागि कुनै शब्द नै छैन’, बिहारबाट उहाँकी श्रीमती मुसर्रत जहाँले टेलिफोनबाट भन्नुभयो, ’मेरा श्रीमान्ले मात्र होइन हामीले पनि नयाँ जीवन पायौँ, हामी यसलाई कहिल्यै बिर्सने छैनौँ ।’

    आफूहरूसँग पुग्ने पछिल्ला अपेक्षाबीच बारम्बार भग्नावशेष खस्दा र थुप्रै ड्रिलिङ मेसिन बिग्रिँदा आफ्नो आत्मालाई जोगाउन कति कठिन भएको थियो भनेर उनीहरूले बताएका छन् । ‘यो सजिलो थिएन’, कुमारले भन्नुभयो, ‘तीन वा चार दिनपछि र उद्धार टोली हामीसँग पुग्न असफल भएपछि हाम्रो आत्मविश्वास घटेको थियो ।’

    सुरुङभित्र फसेका अधिकांश मानिस आप्रवासी कामदार हुन् । उनीहरू रोजगारीका खोजीमा आफ्नो घर छाडेर उत्तरी राज्य उत्तराखण्डको सिल्कयारा सुरुङमा काम गरिरहेका थिए । उक्त सुरुङ निर्माणस्थल उनीहरूको घरदेखि सयौँ किलोमिटर टाढा अत्यन्त चिसो हिमालयको फेदमा छ ।

    पछि घटनास्थलबाट टाढाका परिवारहरूसँग सम्पर्क गर्न उद्धार टोलीले एउटा टेलिफोन एक्सचेन्ज स्थापना गरेको थियो । ‘मैले परिवारसँग भनेँ– म ठीक र स्वस्थ छु, चिन्ता नलिनू, सबै ठिक हुनेछ, हामी चाँडै बाहिर आउने छौँ’, कुमारले भन्नुभयो, ‘मैले उनलाई यी शब्दहरू भनिरहँदा मलाई कहिलेकाहीँ मैले अब कहिल्यै आफ्ना बुबाआमालाई देख्न पाउने छैन भन्ने महसुस हुन्थ्यो ।

    उद्धार गरिएका कामदार सुशील कुमारकी श्रीमती गुडियादेवीले भन्नुभयो, “परिवार डरलाग्दो समयबाट गुज्रिएको थियो र कहिलेकाहीँ हामीले आशा गुमाएका थियौँ ।”

    झारखण्ड राज्यका ३२ वर्षीय चमरा उराउँले नोभेम्बर १२ मा पहाडी सुरुङ मार्गभित्रको गहिराइमा गडगडाहटको आवाज सुन्दा, भग्नावशेष खस्दा र ढुङ्गा झरेर बाहिर निस्कने एकमात्र मार्ग बन्द हुँदा आफूलाई कति डर लागेको थियो भनी वर्णन गर्नुभएको छ ।

    “म आफ्नो ज्यान बचाउन भागेँ तर गलततिर फसेँ, हामी लामो समयसम्म त्यहाँ रहने छौँ भन्ने स्पष्ट भयो, हामी बेचैन भयौँ र भोकायौँ तर हामीले सहयोगका लागि चुपचाप प्रार्थना गर्यौँ”, उहाँले इन्डियन एक्सप्रेस अखबारलाई भन्नुभयो ।

    सुरुङमा पहिलो २४ घन्टा कसरी सबैभन्दा खराब थियो भन्नेबारे सुबोधकुमार बर्माले बताउनुभयो । त्यहाँ पहिला हावा सकिएन भने भोकले मर्ने उहाँलाई डर लागेको थियो । “हामीले त्यहाँ २४ घन्टा खाना र हावासँग सम्बन्धित समस्याहरूको सामना गर्नुपर्यो”, उहाँले भन्नुभयो ।

    अक्सिजन लैजानका लागि उद्धार टोली एउटा सानो पाइप जोड्न सफल भएपछि मनोबल बढेको उहाँले बताउनुभयो । सुरुमा मुरै र बीजहरूको सानो प्याकेट पठाइएको थियो । केही दिनपछि दाल र भातको उचित खाना पठाउन ट्युबलाई चौडा बनाइयो र प्लास्टिकको बोतलमा प्याक गरेर तल पठाइयो ।

    पाइपमार्फत खाद्य सामग्री पठाइएपछि अवस्था सहज भयो, बर्माले भन्नुभयो । “जब हामीले पहिलो गाँस मुखमा हाल्यौँ, कुनै भगवान् हामीसँग आउनुभएको छ जस्तो लाग्यो”, उराउँले एक्सप्रेसलाई भन्नुभयो ।

    यद्यपि उद्धारको प्रतीक्षामा व्यस्त रहन कठिन थियो । कामदारहरू आफ्नो मोबाइल फोनमा खेल खेलिरहन्थे । मोबाइल फोन चार्ज गर्न त्यहाँ बिजुली उपलब्ध थियो । “हामीले मोबाइलमा आफैँलाई लुडोमा व्यस्त राख्यौँ, हामीले आपसमा कुराकानी गर्यौँ र एकापसका बारेमा बुझ्यौँ”, उराउँले भन्नुभयो ।

    सुरुङमा फसे पनि कामदारहरूलाई पर्याप्त स्थान थियो । भित्रको क्षेत्र आठ दशमलव पाँच मिटर उचाइ थियो र लम्बाइ करिब दुई किलोमिटरसम्म फैलिएको थियो ।

    इन्जिनियरहरूलाई सल्लाह दिइरहने इन्टरनेसनल टनलिङ एन्ड अन्डरग्राउन्ड स्पेस एसोसिएसनका अध्यक्ष आर्नोल्ड डिक्सले भन्नुभयो, उद्धारको प्रतीक्षामा कामदारहरू क्रिकेट खेल्न व्यस्त थिए भन्ने मैले सुनेको छु ।

    अन्तत: त्यो समय मङ्गलबार आयो । भग्नावशेषमा गाडिएको धातुको स्तम्भको बोरिङ ड्रिल भाँच्चिएपछि उद्धार टोलीले सानो ट्युबभित्र प्रविधिको प्रयोगमार्फत हातैले अन्तिम खण्ड खन्यो ।

    भारतीय मिडियाले खन्ने व्यक्तिलाई ‘रक स्टार’ भनेका छन् । टाइम्स अफ इन्डियाले उनीहरूलाई ‘नाइट्स इन माइनिङ आर्मर’ र ‘सुरतको एक्का’ भनेको छ ।

    बुधबार, मङि्सर १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ३.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ४.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ५.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ६.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ७.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ८.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.